Monday, November 25, 2019

झुटो परिबन्ध

पहिलो भाग !


' अब त बिहे गर्ने होला नी ! गोपाल । '
असामान्य यो प्रश्नसँगै गोपाल झसंग हुनपुगे । फर्कि हेर्दा बाबुको अनुहार देखेर ऊनी रनभुल्ल बने ।
' अब तेरो के भर, न भिषा झरिहाल्छ की! पासपोर्ट म्यानपावरमा बन्दकी राखेर आछस छोरा!  हामी बुढाबुढी लाई  हेरचाह गर्ने नी कोहि नहोला की ! डर लाको छ ।
' अस्ति भर्खर बुझाएको हुँ। डिमान्ड आको छैन, अलि कुर्नुस है। भनेको छ । '
' के भर, न छिटो नै बोलाए भने छोरा, हाम्रो बारे नी अलि बिचार त गर '
ऊ सोच्न थाल्छ र एकछिनमा मागि बिबाह गर्ने मनाशय सहित  बोल्यो ।
' हुन्छ त बुझ्न लाऊनुस, केटि का बारे ।
बाबु त्यहाँबाट गए ।
'गोपाल!  ला मकै भटमास खा । बा- कता गए त ? '
' बा- भर्खर बाहिर जानु भो, ममी ! '
' खाजा खान हात धोएर आइजो लौ । '
हात धोएर आयो । खाजा खाए र त्यो दिन यस्तैमा बित्यो ।
अर्को दिन बिहान सबेर रमेश मामा' परको नाताले मामा मानिने ति ब्यक्ति गोपालको मामाघर तिरका मावली थरका हुन र मामा सम्बोधन गरियो । ऊनिसॅग बुबा नी चिया पिउँदै गरेको गोपालले देखे ।
' गोपाल!  लुगा लगाउ है, आज अर्जुनधारा जानुपर्छ, मामासँगै । '
गोपाल साधारण कपडा लगाएर सालिन, अनि भद्र रूपमा बाबु र मामाको पछि लागेर केटी हेर्न चारआलीबाट बस चढेर हिँडे ।
र केटि केटा देखभेट भएर बिहे यहि मंगसिरमै गर्ने कुराकानी भो । अनि गोपालका बाले बिहेलाई साधारण तवरमा सम्पन्न गर्ने सहमतिमा बिहे ' मंसिर 15 ' गर्ने निधो गरे । मामाले खोजेको केटी बारे बुझ्न जरूरी ठानिएन र गोपाल नी मुण्टो हलाएर बिबाह गर्न राजी बने ।
पञ्चेबाजा घन्किएन, न 4/500 जन्तिको लावालस्कर, न जग्गे नत आँगन पोलेर छोरि अन्माऊने चलनको पालना भो । बाध्यात्मक र मध्यमवर्गीय परिवारमा आर्थिक संकट हुनाले नै बिहे मन्दिरमा गरियो । 50/60 आफन्त र केटि पक्षका 30/40 ऊपस्थिती गरि लगलग 100 मुनिका दुबैपक्ष बिचमा शर्मिला र गोपाल बिच बैबाहिक सम्बन्ध कायम गरियो । घरमा नयाँ दुलही भित्र्याउन तत्पर गोपालका घरमा रत्यौलि भने ऊधुम सँग खोलिएको थियो । झण्डै जन्ति 50 भएकामा यता रत्यौलिमा ऊपस्थित केटाकेटी र महिला गन्दा डेड डेडशय माथि देखिन्थे । सायद! यसैले नै होला, "मर्दा र पर्दा, गाउॅ प्यारो अनि शहर बिरानो " लाग्छ रे ।
यसरि बिहेको माहोल सकियो । गोपाल र शर्मिला खुशि नै थिए । बिहेका मितिले 15 दिन बितेको बिहान एक अपरिचित टेलिफोनबाट फोन आयो ।
' हो ! म गोपाल नै बोल्दछु।'
.....
' हस!  म भोलि नै मेडिकल को लागि आउँछु सरकार । '
....
' म तपाईंलाई ऊता आएसी सम्पर्क गरौला । फोन राखे सर । '
पर बसेर यो सब सुनेकी शर्मिला आधि बार्तालापको अंशबाट अन्यौल मा पर्न गईन ।
' के कुरा हो ।'
' सरि ! तिमीलाई थाहा दिन नै पाको छैन । म बिदेश जाने सिलसिलामा छु । र ठिकै भयो, तिमीलाई भन्न नी सजिलो भो ! सुन न डियर, प्रोसेसिङ्गको सिलसिलामा नै बिहे भयो, अब भोलि मेडिकल लगायत फाईनल कुराकानी हुन्छ । सायद ! मेरो बिदेश यात्रा लगभग पक्का हुन्छ होला । '
यति सुनेर, शर्मिला मा बर्षातको मौसम झै परिवर्तन आयो, कालो बादल छायो। पुर्णिमा सरि सँधै हाँसिरहने, ऊनि एकाएक औशिको रात झै मुहारमा देखिईन, बर्ष 19 की ऊनको जिवनमा भुईंचालो आयो, र धर्ति डगमगायो । शर्मिला डराई निली-काली भई, आँखाभरि आँसु गरि ऊ भाग्दै घरको ढोकाबाट कोठाभित्र गई। यो यस्तो भयानक स्थिती हो, न म शब्द मा ऊतार्न सामर्थ राख्छु, न मलाई अक्सफोर्डको शब्दकोशले नै यो स्थिती बर्णन गर्न मद्दत दियो ।  म आफै निशब्द रहे समय त्यहि रोकियो ।
गोपाल अर्को साँझ घर फर्कियो । ऊ धेरै दुःखका भावनामा डुबेको थियो र पनि मेडिकलमा सबै ठिक भई भिषा लागेको पेपरभिषा को पर्चि हातमा देखाएर आफ्ना आमा-बा र श्रीमती माझ कृतिम खुशिमा रमाएको झै गरि, भन्न थाल्यो ।
' अब 15 दिनमै सबै प्रोसेसिङ्ग सकेर उड्न पर्ने म्यानपावर का डाईरेक्टर ले भन्नुभाछ है । '
रातभर पुरै परिवारमा घर सल्लाह चल्यो । लगभग 2 बजे बुवा-आमा सुत्न गए तर गोपाल र शर्मिला पुरै रात अनिदो भै भबिष्य बर्तमान र बिगतका कुराकानी गरिरहे । एकैछिनमा झ्यालको पर्दाबाट घामले चिहायो । सधैं भाले बासेको आवाजले ऊठ्ने तर आज न गोपाल ले भाले बासेको सुन्यो नत शर्मिला ले नै त्यो आवाज सुन्न भ्याईन । त्यसैले अब हतार हतार घर धन्दा सुरू गरिन र गोपाल नी नित्यकर्म र भगवानको पुजापाठमा लाग्यो  ।
समय आयो, अब कोहि टाढा हुँदैछ । कोहि ले मुटू तोड्नु पर्नेछ र आँशुको धारा बग्नेछ । म त्यही दिनको कुरा गर्दैछु, जुनदिन बिहे गरेको महिनादिन मै गोपाल परिवार र सात जुनि साथ नछोड्ने बाचा गरि अगोमा सातफन्को मारेर भित्राएकी श्रिमती छोडी सात समुन्द्र तर्दैछ। मध्यमवर्गीय लाखौ नेपाली युवा-युवतिमा गोपाल एक प्रतिनिधी मात्र हो । ऊ घर अनि परिवार तथा आफ्नी अर्धाङ्गिनी लाई छिटै भेट्ने बाचा सहित दैनिक नेपाल छोड्ने 1500 कामदार सँगै सपना को महल सजाएर गोपालले पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट बिमानमा बसेर नेपाल देश छोड्यो ।


क्रमश:  ....

No comments:

Post a Comment

"Thank you" For your time.