Saturday, November 2, 2013

तिहार (भाईटिका)




दिदी तिहार आयो, भाइको बाटो नहेरे है,
सम्झेर भाइलाई, आँशुका ढिक्का नझारे है!
दिदी पराईको ठाम, आउने मन गरेर  के गर्नी
बिदा मिलेन, यस्पाली भाईटीका लगाउन पाएनौ है! !

दिदी सयपत्री र मखमली माला नउने है,
परदेशी भाईले भुल्यो कि मनमा नगुने है!
पोहोर पनि आएन, अर्को पाला पक्का भन्थ्यो,
भाईले हामीलाई यसपाली नी ढाट्यो, नभने है !!

तिम्रो जस्तो मन हामी दाजुभाइको नी रोको छ,
तिम्रा हातका सप्तरंगी टिका निधारमा लाउने धोको छ !
यो पाली येस्तै पर्यो, बाध्यतामा थिचियो मन,
अर्को पाली पक्का आम्ने छु, तिमीले पिर नमान !!

कति थियो मन देउसीभैलिनी संगसंगै गाउने,
झिलिमिली आगन मा फनफनी नाच्न भ्याउने!
संधै लाखापाखा दाजुभाई, दिद्बहिनी एकै घरमा अटाउने
कात्तिक शुक्लपक्ष दुतियाका दिन भाईटिका लाउने!

बर्ष दिनमा जति दुख परेपनि, ति पिडा बुझाउने,
यो पाली कसरि होला, रोएको मनलाई सम्झाउने !
खैर के भो र ? तिमी दिदीबहिनीले देको आशिष लेकोछु,
अर्को तिहारमा भेट्ने आशामा धुजाधुजा मन सिएकोछु !

खेतीमा धान झुल्दा, हरेक पाली सयपत्री ढकमक फुल्दा,
रुन्छ मन परदेशी र दिदीबहिनिको तिहारको रौनक खुल्दा !
लाखौ आशिष दिनु, संधै मनमा खुशी लिनु,
दिदी अर्को पाली आम्छ भाई, मनमा दुक्क हुनु !

दिदी सयपत्री र मखमली माला नऊने है,
तिहारमा आउंछू भन्दै भाईले ढाट्यो नभन है ।
तिहार टाढीएर बित्ने भयो, हामी दिदिभाईको
अर्को साल पक्कै आउनेछू, मन धमिलो नगर है ।


:) :-)


समस्त हिन्दुहरुको महान पर्ब दिपावलीको उपलक्षमा सबैलाई म परदेशी भाई प्रल्हादको तर्फबाट मंगलमय सुभकामना ! हजुर हरुको घरमा लक्ष्मीको सदैब बास रहोस ! Happy Dipawali !

धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

Email :- pearl_nepal@yahoo.com


No comments:

Post a Comment

"Thank you" For your time.