Saturday, September 7, 2019

मेरो कथा भाग-2

 ओहो!  तिमी पो ।
तिमी अर्थात ऊहि रूकू  (अस्मिता) । जोसँग बिगत केहिदिन देखि परिचय भएकोछ। ऊनिसॅग बेलूका कामबाट फर्किएपछि च्याटमा बोल्छु भन्दै बाई भनि बिदा भयौ।

   अचानक भएको भेटपछि फुर्सद मिल्नासाथ फेसबुकमा 'हेलो रूकु' लेखि पठाए । ऊताबाट 'हाई गौरब दाई' भनि च्याट आयो । केहि मन खिन्न नी भयो र पनि खुशियूक्त ईमोजी पठाए । तपाईलाई थाहा नै छ, केटीलाई दाई होइन बरू 'ओई' भनेको मनपर्छ । ' झम्के गुलेली ' लोकगीत कमली कान्त भेटवालले संकलन गरेर रेडियो नेपालमा बजाए सँगै त्यो गित हरेक नेपालीको मुख मुखमा बास गरेको छ। त्यसपछि ऊनिसॅग यावत कुराकानी  मिडियामा लगातार भयो। ऊनिसॅग बिहानीको सुर्योदय देखि सूर्यास्तको पलसम्म नै दोहोरो वार्तालाप भई रहे ।

भोलिको बिदा थियो, अब यि रातमा छिटो सुत्न मनले मान्दैन । त्यसैले स्व-नारायण गोपाल दाजुको गित ' आखा छोपि नरोऊ भनि  ' गितमा मदहोस हुदै, नेपालका पाखापखेरा, मेलापात, भञ्ज्याङ-चौतारी, अनि साथीभाई,  आमा-बाबाको तस्बिर आखाको पर्दामा छाईरहेथे । गितले  ' भोलि ऊठी कहाँ जाने केहि थाहा छैन, फर्की आऊने होकी होइन केहि थाहा छैन । ' भनि नसक्दै ऊताबाट टुङटूङ गरि ' हेलो, हजुर ' भन्ने सूचना पप-अप भयो, #Youtube को मुख्य पेजमा । आँखा मिचेर ऊहि च्याटमा जोडिन थाले ।
' बिदा होनी भोलि हजुरको दा? '
' हो नी ! '
' अनि के गर्दै हुनुहुन्छ? '
' बोरिङ लागेकोछ, गित सुन्दै हेर्दैछू।'
' You know, Its my holiday too '
'Ya ... यति लेखेर म च्याट छोडेर पुनःगिततिर नै फर्किए र एक दुई घण्टा फिल्म हेर्न पर्ला सोचेर Youtube search मा ' New Movie... ' लेख्दैथिए ।

' दाई! हामी नभेटेको नी धेरै भयो, भोलि भेटेर कतै घुम्न जाऊ ल ।'
मेसेज देखेर मलाई खासै भेट्न मन नलागेकोले
' यस्तो गर्मि छ, भो नघुम्ने ।' भने ।
' त्यसो नभन्नू न, म लानेछू नी हजूरलाई गर्मि नहूने ठाम मा घुमाऊन
Please !! don't say No!! ' भनि आग्रहपुर्ण कुरा आयो ।
मलाई थाहा छ, "बालहठ, नारीहठ,  र राजहठ " लाई कहिले ईकांर गर्न सकिन्न । र म नारीको सदैब सम्मान गर्ने परिवारमा जन्मेको र सोहि संस्कारमा पले-बढेको पुरूष, यसर्थ ऊनि ऊनिको चित्त नदुखाऊन कै निमित्त भोलिपल्ट भेट्न राजि भए।
' okay  Ruku '
' भोलि मैले भनेको क्याफेमा, 10 बजे आऊनू ल '
' हवस '
' म सुत्छु दा ! हजुर नी सुत्नुस,  बाई '
' ओके बाई '
मलाई सुत्न मन थिएन, आँखामा निन्द्रा नी छैन र पनि सुत्नपर्छ भनि सिरानी केहि अग्लो गरि सिरकले खुट्टादेखि टाऊको ढाकेर ओछ्यानमा पल्टिए ।
'दाई पानी '
हो यो हरेक शुक्रबार मलाई बिहान बिउॅझाऊने ऊहि परदेशमा बिदाको दिनपनि केहि कमाई गर्न प्रेरित र धन कमाउन खातिर लाचार भई नेपाल देश छोडेका युवायुवतीको एक ऊदाहरणीय पात्र हुन ।
' राम, भाई पानीको नब्बे र 10 तिमीलाई आजको लागि खानाको पैसा है, लिएर जाऊ । ' भने र राम मुसूक्क हाँस्दै ढोकाबाट ओझेल परे।

रहरका भकारी एकातिर अनि कर्तव्यको बोझ अर्कोतिर रहने हामी परदेशी जसको कर्तव्य पट्टीको तराजूको तुला गर्हौ हुँदा रहर, ईच्छा चाहना पर नै रहने गर्छन । हा ~~~○ लामो सास लिए, मसँग अरू अप्सन पनि छैन किनकी बिदेशमा संघर्षरत पचास लाख नेपाली युवामा म पनि त एक हुँ । सुटकेसमा धन भरेर फर्किने हुँ की सुटकेसभन्दा ठूलो रातो बाकसमा आफै भरिएर स्वदेश फिर्ने हुँ । यो अन्यौल मै मेरो जिन्दगी परदेशमा रुमलिएको छ ।

' दाई ! तपाई  रेडि हो ? '
यो टुङटुङ आवाजले मलाई नुहाउन बाथरुम धकेल्यो । नुहाई-धुवाई सकियो । जिन्स पाइन्ट, सेतो नामकी लोगोवाला टिसर्ट र काखिमा जस्मिन वासनायुक्त पर्फ्युम छर्किए । अनि बुलू कलरको लोफर-सु लगाएर म 10 मिनेट अघि नै डेटिङस्पट पुगे । छेऊ मै रहेको ह्वाइट टेबल सँगै रेड-चेयरमा बसे । अनि एक सेल्फि लिएर, आफु कस्तो देखिन्छु भनि नियाल्न थाले ।

' दाई ! नमस्ते '
' नमस्ते ' अर्को नमस्ते भन्ने आवाजले मेरो नमस्ते ओझेल पर्यो । दुईजनालाई आफु अघि देखेर, केहि ऊत्साहित म । रूकू सॅगै आएकी ऊनिसॅग को आँखा जुधाईबाट घायल भएभने मनमा मरेतुल्य युवा जोस जाँगर र ऊमंगको घडा भरिएर बाहिर आउन खोज्यो । मुहारमा अस्वाभाविक तेज पलायो
रूकू: - ' दाई ऊ मेरो साथी ... '

क्रमश:


feel free to write :-
PRALHAD DAHAL
Email :- pearl.nepal7@gmail.com
pearl_nepal@yahoo.com
insta :- https://instagram.com/pearl_nepal
twitter :- https://twitter.com/pearl_nepal
blog :- https://unexpressed-feelings.blogspot.com/
YouTube :- https://youtube.com/c/pearldigitalstudio
fb page :-  https://facebook.com/fornepalesePhotography



No comments:

Post a Comment

"Thank you" For your time.