Tuesday, November 26, 2019

झुटो परिबन्ध भाग 2




शर्मिला माईत आएर बस्दै गरेकी ठ्याक्क एक महिना नाघेको थियो । पहिले माईत आऊने र दुईचार दिन वा हप्तादिनमा घर फर्किने गरेकी थिइन । ऊनी यो पाली काठमाडौं आएकी थिईन, किनकी ऊनको बाबु-आमाले गाऊको घर सम्पत्ति सबै बेचेर नै यता बसाई सुरू गर्नुभएको थियो । बिबाहित भएर नी माईत बस्ने गरेकी मात्र होइन, ऊनीले सिउँदोम सिन्दुर समेत लाउन छोडेकी नी एक महिना नै भएको थियो । 20 बर्षका नानी हेर्दा धेरैलाई थाहा छ, cute देखिन्छन र कुरा आयो, शर्मिला अझै राम्रि भएकी थिईन किनकी ऊनि बिबाहित भएदेखि घामपानीमा खासै रूझिनन र घरभित्रको काम गरेर दिनभर आराम नै गर्दथिन । जसले गर्दा ऊनि अझ सौन्दर्यले भरिपूर्ण थिईन । शर्मिला हेर्न आऊने कसैको नजरमा बिबाहित देखिँदैनथिन ।

एकदिन रमेश रायमाझी जी घरमा आऊनू भयो ।
' शर्मिला जाऊ! चिया बनाएर ल्याऊ । '
बाबाले यति भनेर रमेश अंकलसॅग कुराकानी गर्न थाल्नु हो ।
' दश बर्ष पो भयो गाँठे, भेटघाट नभएको रमेश ।'
' सागर ! तिमी झापा नै बस्यौ । काठमाडौं आका भए पो भेट हुन्थ्यो । '
' अब भेट हुन्छ हौ । मैले अर्जुनधारा छोडे। अब यता नै बस्छु । भेट बाक्लो हुनपर्छ पहिले झै ।- ...
...
...

यत्तिकैमा चिया ल्याएर शर्मिलाले दिईन ।

' यहि हो । मेरि छोरि शर्मिला रमेश । '

त्यति सुनेकी ऊसलाई भित्र जान भनियो । त्यसपछि रमेशले छोरो राहुल AUS बाट दशबर्ष पछि भोलि आउँदै छ । अनि म ऊसलाई लिएर आउँछु नी है । भन्दै नमष्ते गरेर बिदा भए । रमेश र सागर पहिले बाल्मिकी क्याम्पस काठमाडौंमा सँगै पढेका साथी हुन । सायद दुईबर्ष साथसाथै कक्षामा थिए ।


अर्को हप्ता रमेश अंकल फेरि आऊनु भयो, यो पाली अंकल दुईजना महिलालाई र एक युवा बोकेर घरको मेनगेटबाट भित्र पस्नुभयो।...

क्रमश:  - 

No comments:

Post a Comment

"Thank you" For your time.