Monday, August 4, 2014

"मृत्यु अन्तिम लक्ष्य हो | " जिबन दर्शनका कुरा



मलाई कसैले 'तपाइको घर कुन हो ?' सोधेमा म उसलाई क्षितिज तिर औंला दर्शाउँछु, किनकी मलाई थाहा छ, त्यो नै मेरो जिबनको अन्तिम घर हो |

मानिस अमर छैन, तपाई आलिशान महलमा सुत्दै हुनुहुन्छ, म झुपडीमा बसेको छु| यो असमान खाडल तब सकिन्छ, जब तपाई र म क्षितिजमा मिल्छौ |

क्षितिज मात्र एक घर हो, जँहा हामी सबैमानिस समान भएर, रहन सक्छौ| त्यंहा को धनी, को गरिब, को बाहुन, को जनजाती, को बयस्क,को बुढा सबै एकै हुन्छन | मृत्यु पछी हामी सबै मानिस बस्ने एकमात्र त्यो महल हुनेछ, जँहा कुनै भेदभाब हुँदैन | न कोहि खान नपाएर भिक माग्ने छ, न कोहि धनले मात्तिएर अरुलाई आफ्नो दास बनाउन सक्नेछ | धेरै पैसा हुनेले, आजभोली घरमा नोकर चाकर, छोराछोरी हुने नारीहरुले नानी हेर्ने सुसारे राख्दै आफु अफिसियल कार्यमा व्यस्त हुन्छन र जति पैसा तिनले एकदिन रक्सि, जुवामा सक्छन, तेती पैसा नी ति नोकरचाकर र सुसारेले पाएका हुन्नन | बिडम्बना येही छ कि, जसले जन्मायो त्यो महान कहलिन्छ तर जसले कर्म सिकायो, तातेताते भन्दै टुकुटुकु हिड्न सिकायो, च्याठ्ठीएर बोलि नफुट्दा नी, मनको भाब बुझी अन्नप्रशन गराउने ति महिला, धेरैको सुसारे काकी(धाई मा) कहलिन्छिन | के जन्म दिंदैमा ति महिला महान हुन्छिन त ? अह ! उनी महान होईनन, यो समाजले उनलाई महान नारीको पगारी थुपार्छ |

जो महिला सरिरिक रुपमा बच्चा जन्माउन असक्षम हुन्छन, तिनलाई अभागी, अलछिनी र बाँझी महिलाको उपनाम दिनु ठिक हो त ? मलाई लाग्दैन कि, जो नारीले पनि बच्चालाई उतिकै माया स्नेह अनि हेरविचार गर्ने गर्छन | यी कुरा आधुनिक समाजका एकदुई नारीमा लागु नहुनपनि सक्छ | विश्वमा हरेक क्रिया को प्रतिक्रिया हुन्छ, राम्रो को नराम्रो , सही को गलत अनि यी नारीको बच्चाप्रतिको स्नेहमा नी कतै तेस्तो एक-आध घटना हुनसक्छ तर समस्त नारी देबी माता, भगवानका प्रतिमूर्ति हुन | हरेक नारीलाई हामीले मन्दिरमा राखेको भगवानलाई गर्ने आदर, उच्चदृष्टिले हेर्ने र आस्थाको प्रतिमूर्ति नै मान्नुपर्छ | कुनै महिलाले सडकमा बस्ने बालकबालिकालाई आफ्नो घर लगेर ममता र स्नेहमा हुर्काउँदै, उचित शिक्षादिक्षा र ज्ञान दिलाईन भने ऊ एकदिन यही देशको एक कर्मठ युवा बन्छ | तसर्थ नारीलाई सन्तान उत्पादन गर्ने मेसिन हैन कि ममता कि माता को रुपमा हेर्ने गरौँ |

जब हामी यो संसार छोड्छौ हामीसँग साथमा मात्र एक कुरा जान्छ, त्यो हो, हाम्रो धर्म वा अधर्म | कसैको भलाई गर्न सकिन्न भने उसको कुभलो कहिले चिताउने नगरौ | आकाशतिर फर्केर थुक्दा, त्यो थुक आफूमाथि नै खस्छ, तेस्तै अरुलाई नराम्रो गर्छु भन्दैगर्दा, एकदिन आफुमा नी त्यो घटना आइलाग्छ | आफु भलो त जगत भलो सोचौ र अघि बढौ, जिबनमा सफलता अघि कुरिरहेको हुनेछ |

मानिसलाई थाहा छ | ऊ एकदिन मर्नुछ तर पनि मानिसले भोलि हेर्न छोड्छ, ऊ सबैभन्दा अगाडी बढ्न तछाडमछाड गर्छ| जो मृत्यु संगै बिलिन हुन्छ |

कुनै मानिसले केहि जान्ने अभिलाषा राख्यो भने एकथरी मानिस आफुलाई ज्ञान भएर नी उसको जवाफ दिन्नन, किन तेसो गर्छन त मानिस ? अरु आफूभन्दा जान्ने हुन्छ भन्ने डर लागेर वा अरु अघि बढेमा म चै पाताल नै भासिन्छु कि भन्ने संकुचित सोचले | तर यी कुरा अरुलाई बाड्ने गर्नुस, अरुको राम्रा कुराहरु जिबनमा लागु गर्नुस, फलो गर्नुस |  आखिर मरेसी त्यो ज्ञान के काम ? मानिस सुखी हुन तब सक्छ, जब उसले आफूसँग भएको ज्ञानको भण्डार अरुलाई धेरै माध्यमबाट दिन सक्छ | आज म मरेपछि, केहि काम नदिने ति ज्ञान सबैलाई बाड्नुस र जिबन पर्यन्त नी तपाइलाई धेरैले श्रदाको नजरले हेरुन भन्नको लागि, यी जिबनदर्शनका कुरा भन्दैछु |


क्षितिज मात्र एक घर हो, जँहा हामी सबैमानिस समान भएर, रहन सक्छौ| त्यंहा को धनी, को गरिब, को बाहुन, को जनजाती, को बयस्क,को बुढा सबै एकै हुन्छन | उनी म, तपाई हामी सबैको अन्तिम मिलन बिन्दु उही क्षितिज हो, हरेक मानिस मृत्यु संगै क्षितिजमा बिलिन हुनेगर्छ | म त्यसलाई नै जिबनको अन्तिम घर मान्छु | त्यो हामी सबैको साझा घर हो |

यी मैले भनेका कुरा तपाईलाई फाल्तु लाग्छन | नलागुन पनि कसरि? तपाई एकाबिहान उठेर बेगमा बाइक लिएर हिड्दै हुनुहुन्छ, बसमा यात्रा गर्दै हुनुहुन्छ | तपाईका यी महत्वपूर्ण समय, मैले बकवासमा उडाइदिए झैँ लाग्नसक्छ| जिबनदर्शन र जिबनको अन्तिम बिन्दु बारे तपाई अनबिज्ञ हुनुहुन्छ र त यी भनाइ तपाईलाई कुनै Interest दिने खालका लागेनन |

धेरैले देख्नु भएको छ, सुन्नु भएको छ, ऊ दरवारमा बस्ने राजा महराजा मरे, मृत्यु भयो र तिनको दाहसंस्कार गरियो |  जो सुनको पलंगमा सुत्थे, उनलाई काठको सलमाथि निर्वस्त्र(Nude) पारेर, खुला हात बिदाई गरियो | उनले लगाएका सुनका औंठी घाटेले लियो, रानीहरुको हातमा भएका सुनका चुरा, गलाका हिरारत्नका हार सबै खोसिए भनौ, वा ति सब झिकेर जन्मदा जस्तो निर्वस्त्र आयो, तेसरी नी बिदाई गरे | उनीहरुको सरिर खरानी भयो | यसको मतलब, तपाइले यो मेरो तेरो, म एस्तो उस्तो भनेर सोच्नु बेकार रहेछ, आखिर जो मानिस नी जन्मदा र मर्दा एकै हालमा फर्कने रहेछ | तेसैले आजदेखि सबलाई आफुले जानेको कुरा सिकाउने गर्दै अघि बढौ|


मृत्युसंगै जलेर खरानी हुने तपाईमा भएको ज्ञानगुणका कुरा कसैले प्रश्न गरेर लिनखोज्छ भने तपाईले उसलाई धेरै ज्ञान बाड्नपर्छ | एक विद्वानले भनेका थिए "ज्ञान जति धेरै बाड्नुहुन्छ, तेती नै धेरै बढ्दै जान्छ |" तेसैले आफुले जानेको कुरा निसंकोच अरुलाई नी बुझाउने र उनीहरुलाई त्यो ज्ञानगुण बाड्ने गरौँ  |


जिन्दगी मलाई हेरेर मुस्कुराउदैछ, बोल्दैछ 'तिमी संसार जित्न हिंडेका थ्यौ, खै त !  त्यो तिम्रो साहस ? सुस्ताएर कतै लक्ष्य नपुग्ने त हैनौ।'  म मौन बसें | मसंग अरु केहि उत्तर पनि त थिएनन |


आजलाई जिबन दर्शनका कुरा येती नै ...  जयहोस | जयनेपाल |


@pearl_ Nepal # प्रेममोती (आफ्नै आत्मज्ञानबाट लेखिएको)...


 

No comments:

Post a Comment

"Thank you" For your time.