Tuesday, December 17, 2013

दशैं






               लह लह धान खेत बारीमा झुलिरहेका छन्! आँगनको छेउमा चम्पा चमेली अनी रातो गुलाफ मिठो बास्ना छर्दैछन बन्गैचामा  ।. रातो माटो र कमेराले पोतिएको कच्ची इटाले बनाएको खर ले छाएको भएपनि टाढा बाट देख्दा नी अति सुन्दर  घर छ ।
           
              पिंढीमा गुन्द्री ओछाइयको छ, तेसैमा बसेर अर्जुन हुक्का तान्दै छन्! अर्जुन घरका ३ भाई छोरा र ४ जना छोरी अनी उनकी श्रीमती (सानी) का साथ राम्रै दिन चर्या गर्दै थिए । उनीले गरिब घरमा जन्म लिएका हुनाले पढ्ने लेख्ने अबसर पाएनन्, तैपनि उनी गणित मा सार्है जानकार थिए। दुई बिश काटी सकेका उनीले आफु अशिक्षित भए पनि छोरा तथा छोरी सबैलाई बिध्यालय पठन पाठनको लागि भर्ना गरिदिएका थिए । उनको सोचाई थियो की मेरो छोरा छोरी पढेर ठुलो मान्छे हुन्छन र मैले अहिले दुख गरे नी, यिनी ठुलो भएसी मलाई सुख मिल्नेछ । अर्जुन साधारण कृषक थिए र उनी छीमेकी तथा साथीभाई सँग मिलेर कहिले काँही लहिनो गाई भैंसी बेच बिखन गरि धेर थोर फाइदा लिने गर्दथे । उनी हिसाब मुखले नी कम्पुटर जसतै गर्दथे! सौ-कडा २० का हिसाब नै  मुखारी गरि हाल्थे! अशिक्षित भन्न नमिल्ने थिए, मानौ उनीले हिसाब जन्मदै जानेका हुन् ।
             तेस्तो मनमोहक दृश्य संगै घर घरमा दशैँ को चहल पहल सुरु भै सकेको थियो! अर्जुन पनि यो पालिको धान खेति सप्रिएको र व्यापार बाट नी अलि राम्रो कमाई गरेकाले दशैँ राम्रो सँग मनाउने तरखरमा थिए । घरमा बिष्नेले(जेठो छोरा बिष्णु) बा लै भन्यो "बा मलाई जिनको प्यान्ट किन्दुंनु ल?"  हुन्छ भन्यो, माईलो अनी कृष्ण(कान्छो छोरो)ले भन्यो बा, "हाम्रा घरमा घोर्ले खसी काट्ने है!" तेस्तै मेनुका, गीता, गोपिनी र भवानीले पनि राम्रा लुगा र जुत्ता किन्दिन भने? र सानीले  "मलाई थोरै सुनका गहना जोदिदिनु है भनिन !"उसले हुन्छ भन्यो र दशैंको लागि भने बमोजिम सबै सामान किनेर घर फर्क्यो!  अझै पनि उसका स्टकोट का  बगली ४,५ हजार नोटले भरिएको थियो मानौ! यो पाली उसले लगभग ५० ओटा हजार बराबरको आम्दानी गरेको थियो ।

             घटस्थापना अनी दुतिया गन्दै सप्तमी पनि सकियो र उसले अस्टमिको  दिन घोर्ले खसी ढालेर सबै परिवार खुसि बनौन्दै । अन्धविश्वासी समाजमा दुर्गा मातालाई बलि दियो! नवमी पनि येतिकै सकियो र दशमीको दिन साईत मै स-परिवार टिका जमरा गरे । अनी खुसियाली साथ आएका पाहुना तथा आफन्तलाई टिका लगाई दक्षिणा, खानपान गरेर  सन्तुस्टी बनाई पठायो र उनीहरु धेरै खुसीका साथ त्यो दशैँ मनाए ।
साएद त्यो नै उसको निम्ति प्रथम दशैँ थियो जसमा उ धेरै खुसि देखिन्थ्यो । जब कि उसका बा आमा पहिले स्वर्गबास भै सकेका थिए! दशैँ पनि सकियो उसको दिन चर्या ठिकै चल्दै थ्यो ।

           येस्तै रितले अरु दुई दशैं गए! तर येस्पाली धान पनि राम्रो हुन् सकेन। अनी उसले बेच्न राखेको गोटा २ बीस हजार जाने, दुधालु भैंसी पनि गोठमै ढले । ऊ निकै ब्याकुल थियो! दशैं नजिकै भएकोले उसले जसो तसो, ऋण गरेर नी त्यो दशैँ उम्कायो । जब दशैँ सकिए!

"आयो दशैं ढोल बजाई,
गयो दशैं ऋण बोकाई"

भने झैँ उमाथि ऋणको बोझ पर्न गयो । के गरोस,  समाजमा बसे पछी, "समाजको अन्धो नीति नमानु भने, समाज बाहेक गरि देलान, पछी मर्दा पर्दा कोहि हुंदैनन" भन्ने  सोचेर  ऊ ऋण बोकेर भए नी मुहारमा खोक्रो हाँसो देखाएर हिन्डथियो ।


             समय संगै छोरा छोरी ठुलो हुँदै गएर उनकी ठुली छोरी बिहे गर्ने उमेर कि भईन । तर उनको विचार छोरी लाई उच्च शिक्षा दिलाउने थियो तर त्यो पुरा हुन् सकेन, तर कसरि भन्नु हुन्छ भने, (९ महिना अघि घरको सानो विवादमा म अब कसैलाई पढाउन सक्दिन भनेका थिए र मेनुका(जेठी छोरी) जो कक्ष्या १० मा पढ्दै थिइन्, उनले त्यो कुरा सुनिन र १० को परिक्ष्या फारम भर्न घरमा पैसा माग्न आंट गरिनन्. र फारम पनि नभरी बिध्यालय गैरहिन, अर्जुन अनपढ थिए उनलाई नी येसबारे थाहा थिएन) फलस्वरूप  उनले कक्ष्या १० को जांच दिन नपाउने भईन! अर्जुन चिन्तामा परे, मेरो सपना अधुरो हुने भयो, तेसकारण उनी जाने बिझ्ने सँग सल्लाह लिएर, छोरी सहित जि.शि. का. पुगे र उनलाई जानकारी भयो फारम नभरी कक्ष्या १० को अन्तिम जिल्लास्तारिय जांच दिन मिल्दैन! उनी निराश भै घर फर्किए!

                तेस लगत्तै उसले जेठी छोरीको बिहे जात मिल्ने दोस्रा सिम्खडा थरि सँग ऋण गरेर मन्दिरमा टिका टालो गरि सकायो! अनी अर्की माईली छोरी नी ८ को जिल्ला स्तरीय सकाउने बितिक्कै कुल घरन बाट माग्न आए भनेर,

"छोरीको जात, जे गरे पनि,
एक न एक दिन अर्काको घर जानु परिहाल्छ"

भन्नि सोच्दै उसको स्वास्नीको गर- गहना बेचेर गरायो! जुन गहना उसले आज भन्दा ४ साल अघि धान सप्रिंदा र गाईभैंसी व्यापार गर्दा भएको फाइदा बाट जोडेको थियो!दुई छोरीको बिहे गरिदिए अब खेति कमाई राम्रो भयो भने, दुख सुख गरेर बाँकि दुई छोरीको नी बिहे दान गर्दिन्छु, "छोरा बलिया भए, बुहारी येतिकै पनी ल्याउन सक्छन मलाई मात्र यी दुई छोरीको चिन्ता छ भन्थ्यो!

                    "हुने हार. दैब नटार"  यो पाली हुन् सम्म \भयो! उसको सबै धान खेति खोलामा बढी आउनाले बगाएर सखाप पारिदियो! यो सबै हुनु भन्दा पहिले उसको सोच थियो, धान काटेर साहुको ऋण तिर्छु जुन मैले आफ्नो नामको यो घर पास गरि गाउँका जमदारसँग लिएको छु र बचेको पैसाले दशैं पनि चलाउने पर्यो! फेरी यो दशैं मा घर धुरी पिच्छे एक खसी काट्ने पर्छ  छोरा छोरीलाई  नी नया कपडा किनी दिनु परिहाल्यो ! उताबाट सानी भन्दै थिन:-
   
       "नया छोरी ज्वाई, औन्छन क्यारे,
        कोसेली पात ल्याउने होलान,
        दुई चार हात्ती त दक्षिणा दिने होलानी"

         उसका यी कुराहरु सम्झेर नै टाउको फुट्न आतिसकेको थियो! तैपनि दशैं आउन १५ दिन मात्रै बाँकि थियो! मानौ:-घटस्थापना दुई तिन दिन पछी थियो!  कतै बाट ऋण सापटी मिल्च्च कि बुझ्न हिंड्यो! कतै पाउन सकेन र उसले सानी लाई भन्यो हेर, गाउँ मा कसै ले पत्याएनन! पोहोर साल दशैँ मान्दा अनी माईली छोरीको बिहेमा लेक ऋण नतिरे साहुले घर जफत गर्छन रे? दशैंका टिकाको भोलि पल्ट नै घर छोड्नु भनेका छन्, ऋण तिर्न सकिनस भने! म के गरु सानी! म त मरे नी हुने भो? केहि गर्न सक्दिन, कसैले नई मलाई पत्याएनन! हिजो सम्म मेरो गोजीमा पैसा हुँदा ए दाई भन्ने ले आज, देखे पनि नदेखे झैँ गर्न थाले मा के गरुन सानी!

        बिचरी! सानी गहभरी आँसु पार्दै"हेर्नुस यो दशैँ जसो तसो गरुँला ! हजुर मर्ने कुरा नगरी स्यो न? हजुर नै नभए मेरो को सहारा होला? अनी मेरा यी स-साना छोरा छोरीको कसले हेरचाह गर्छ, मुटु दरो पार्नुस! बरु हामी एक छाक खाएर मात्र नी यो दशैं टारौन्ला! हिउँद लागेसी मधेश तिर गएर नी केहि बन्दो बस्त गरुँला ! तेसो भन्दा नी अर्जुनको मन मानेको थिएन ऊ सानी संगै ओछ्यानमा सुतेको !


अर्जुन  भोलि पल्ट गाएब भएर हरायो! लाग्छ आज अर्जुन हारेको छ, जिन्दगि देखि अनी यो अन्धो समाजको दशैँ मान्ने गलत तरिका को प्रतिरोध गर्न नसकेर!

         अर्जुन हरायो भनेर गाउँमा हल्ला भयो, पुलिस लाई  खबर गरियो ! पुरै गाउँका मानिसहरुले खोजि गर्न थाले! साएद जंगल पो गयो कि? भनेर सबै जना जंगलका बुता बुटा छापा मार्न थाले फेला परेनन् अर्जुन ! फेरी पुलिस ले कुकुर सहित खोजि गर्यो र अर्जुन रहेनन भन्ने संका लाग्न थाल्यो! खोजि हुँदै थियो ! त्यो दिन भेटिएनन, फेरी भोलि पल्ट सखारै सबै जना जंगल आफन्त र खेत बारी खोजि गरियो! आखिर अर्जुन भेटिए, तर उनी त संसार छोडी गए सकेका रैछन? लाग्छ आज यो समाजले एक कर्मठ अनी दृढ संकल्प भाको,
 जिबन मा हार सहन नसकेको व्यक्ति गुमायो !

आज फेरी त्यो दशैँ आएको छ
येस्ले आज एक घरमा निराशा ल्याएको छ!
अर्जुनका ति मनमोहक दृश्यले भरिएको घर
आज मसान घाट भएको छ!

चारैतिर रुवाबासी चलेको छ,
हावा पनि बिपरित बग्न थालेको छ !
अर्जुन प्रतिको आशा निराशामा परिणत भाको छ.
आज फेरी त्यो दशैँ आएको छ !

चम्पा चमेली अनी गुलाफ झुल्ने बंगैचा
आज उराठ मरुभूमि बनेको छ !
समाजको कु-संस्कार, जो दशैँ मनाउने प्रचलनले
आज एक परिवारमा पुर्णबिराम लागको छ!

हेर साथी, त्यो प्यारो घरमा
माकुराले जालो लगाएको छ!
खुसि सबै लुटाउने गरि अर्जुनको घरमा
दशैँ ले नै दशा ल्याएको छ!

आज फेरी त्यो दशैँ आएको छ
येस्ले आज एक घरमा निराशा ल्याएको छ !

जब अर्जुनको अन्तेश्ठी गरियो । उसको त्यो प्यारो खरले छाएको घर पनि साहुले जफत गर्यो । सानी, तिनका ३ भाई छोरा अनी दुई छोरी. तेस ठाउंमा कहिले नफर्केने  गरि, बसाई गएका छन् । हो !आज अरुका घरमा दशैको खुसियाली मनौन्दै गर्दा यी परिवारको बास बस्ने ठाम छैन, जाने कुनै गाउँ छैन । उनीहरु तेंह बाट हिंडे! कंहा गए, कता गए !  अहिले सम्म केही खबर प्राप्त भाको छैन ।
      
  

   पुनश्च :-  दशैँ हामी नेपालीको महान चाड हो । "दशैँ कसैको लागि पनि दशा नबनोस"  एस्लाई आफुले सके बमोजिम खर्च गरि, तडक भडक नगरी सामान्य खुसियाली साथ मनाउन आग्रह गर्छु । "घाँटि हेरेर हाड निल्नुस" पल्ला घर वा तल्ल घरमा घोर्ले खसी काटे भनेर, तेस्कै पछी लगेर ऋण गरि गरि दशैं मनाउने नगर्नुस ।

धन्यवाद !!

 

लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- युएई दुबई

No comments:

Post a Comment

"Thank you" For your time.