Thursday, January 9, 2014

म प्रधानमन्त्री बनेपछी



              
  हल्का चराचुरुगीं चिरबिर गर्दै गरेको, बिहानीमा पुर्णिमाको जुन डुब्दै गरेको अनी आकाश पुरा खुल्ला अनी कंचन जसमा ताराहरु छरपस्ट गन्न सकिने छन । तल भुइतलामा रातो भाले बास्दैछ । "कुखुरी काँ~~~ ~~~" भालेको आवाज संगै उठे । आचुछु आ~चा ~ कस्तो जाडो छ है, नहोस नी कसरि यो झिसमिसे बिहान अनी पुषमाघको ठण्डीमा जताततै तुसारोले छाएको छ खेतीपातीमा पनि कति बोट बिरुवाका पात चिसोले नै गर्दा ठहरै भएका छन । जे भए नी हामी मध्यम बर्गीय नेपाली चांडो सुत्ने र छिट्टै उठ्ने बानी भएका छौ
साएद कामकाज गर्न संधै नै बिहान जाने ब्यबस्थाले गर्दा नै भन्नुपर्छ । "हाई" लौ अझै यो निन्द्राले मलाई छोडेको रैन्छ, आफुलाई आफैंले एस्तो भन्दै अब नित्यकर्म गर्न तिर लागे । आज उठ्दा नै मन अलि खुशी छ र ज्यान पनि स्फुर्तिले भरिएको छ  साएद आज राती म ८ घण्टा गनेर निसंकोच भएर निदाए । हातगोडा धुए, नुहाए अनी पितृलाई सम्झेर पानी तर्पण दिए । यी कार्यहरु हाम्रो पितृसत्तात्मक मुलुकमा चलीआएको चलन हो  म एक्लै ले किन यो समाजको नीति नियम मिच्नु, किन औंला उठाउनु एस्तो रिति बिपरित भनेर, म नी तेस्लाई पछ्याईरहेको छु । चिसोमा नुहाएर आच्छु आच्छु भन्दै जब घर भित्र छिरेको थिए  म संगै उठेकी मेरी पियारी त नुवाई धुवाई सकेर, घरदैलो पोतपात सकिकन, चिया तयार गरेर, कपमा हाल्दै मलाई कुर्दै रहेछिन  सबै नेपाली महिला घरभित्रका कार्यमा पोख्त र सिपालु हुन्छन, हात पनि छिटो चल्छ । उनी पनि सिपालु छिन यो कार्यमा । एकछिन आगो तापे, अब चिया पिउंदै समाचार सुन्ने विचार गर्दै मोबिल स्विच अन गरें । मेरो प्रायजसो सुत्ने समयमा मोबिल स्विच अफ गर्ने बानी छ  निन्द्रामा कसैको कल आएर बिचमा उठ्न नपरोस  तेस्तै इमरजेन्सी परे घरको त्यो तार फोन छंदैछ, तेस्मा कल गर्छन ।

                  क्या अचम्म ! मोबिल स्विच अन भएको छैन, नोटिफिकेशन आउन थाले, चरा कराएको झैँ चिरबिर गर्दै लगातार दुई मिनेट मोबिलमा म्यासेजको घन्टी बज्यो । म छक्क परें र मोबिल नियाल्दै हेरेको म्यासेज बक्समा ९९ वटा म्यासेज रहेछन  सेकेन्ड बित्न नपाउँदै मनमा संका उत्पन्न भयो, नेपाल टेलिकमले मलाई आज कति चुना लगाउने भो ।  येत्रा धेरै म्यासेज घरको फोनको पैसा तिर्नुसब्यालेन्स कम भो, तपाई को बैंक खातामा पैसा जम्म गर्नुस, ऋण चुक्ता गर्ने म्याद सकिन आट्यो जस्ता होलान सोचेर पागल नै हुन लागे  फेरी सोचे "हिजो त्यो सामाजिक संजाल फेसबुक र ट्विटरमा लेखेका सामग्री कसैले मन पराएका अनी शेयर गरेका नोटिफिकेशन पो हुन कि? जे होस आज अरु दिनमा ५, १० को हाराहारीमा हुन्थ्ये ।  आज गनी नसक्नु मात्रामा छन त ! जे होस, अब खोलेर हेर्नु पर्यो सोचले मोबिल मुहार नजिक गरें । फ्याट्ट मोबिलको घन्टी बज्यो, नचिनेको नं रैछ  फोन उठाउँदै :- "हेल्लो, नमस्ते हजुर " उताबाट :- "धेरै धेरै बधाई प्रल्हाद जि, हजुर हाम्रो नयाँ प्रधानमन्त्री बन्नु भएको छ" भन्दै के के बर्बरौन थाले  उनले बोलेको सबै कुरा कता ट ध्यान दिनु, त्यो कुरा सुन्दा नै अविश्वास लागेर दिमाखले काम गर्न सकेको थिएन  उनी अझै नी फोनमा बोल्दै रछन, " हजुर लाई हामी सबै पार्टीले मिलेर, स्वतन्त्र व्यक्तिबाट छानेर दलहरु सबैको सहमतिमा प्रधानमन्त्री पद दिएका छौ  हजुर कहिले सपथ ग्रहण गर्नुहुन्छ?" येसरी सोध्दा म :-" म विचार गर्छु, हजुर मलाई १५ मिनेट पछी कल गर्नुस, तपाईले येही नं बाट गर्दा हुन्छ ।" भन्दै फोन राखे, मनमा कौतुहलता उत्पन्न भयो । यो अबसंभाबी कुरा हो, म कसरि पत्याउ । नेपालका तेत्र ठुला ठुला दुई दल एमाले र काँग्रेस अनी माओबादी लगाएत गरि अन्य सानाठूला दलले तेत्रो लडाईं गरिरहेका छन  जुन कुर्सि पाउन को लागि आफ्नो हक दाबी गर्दै, म जस्तो एक मध्यम बर्गीय समाजका स्वतन्त्र एक आम नेपालीले कसरि पाउन सक्छु  अंह यो हैन, मलाई झुक्काउने कार्य भैरहेको छ  मेरा मित्रजनबाट ! मलाई पक्कैपनि झुक्काउन भनेर नै कुनै आत्मीय मित्रले नचिनेको नं बाट ब्लफकल गरेका हुनुपर्छ । भन्ने मनमा सोच आयो । अब समाचार सुन्नु पर्यो भन्दै उज्यालो तिर कायाकैरन आयो होला भन्दै, स्टेशन ट्युन गरें ।

                        समाचार सुन्दै गर्दा, आजको मुख्य समाचार शिर्षक "दाहाल भए नयाँ प्रधानमन्त्री" पो भन्छ, सुने र मनमा कुरा खेल्न थाल्यो । ए प्रचण्ड(पुष्पकमल दाहाल)ले पदको लागि दाबी गरेका थिए । उनी नै बनेछन नयाँ प्र.म. हेंरु अब देशले निकाश लिन्छ होला  यो चुनाब सकेको लगभग २ महिनामा दलहरुले सहमति गरि उँहालाई प्रधानमन्त्री बनाउनुले देशको खस्किंदो राजनीतिक र आर्थिक स्थिति माथि उकास्न ठुलै मद्दत गर्छ । " अब पुरा समाचार सुन्नुहोस भन्दै, समाचार विष्तृत रुपमा भन्दा त समाचार बाचक नानीले मेरो पो नाम भन्छिन त ! उनले येसरी समाचार पढ्दै थिन "सम्पूर्ण दलको सहमतिमा दलको मानिसलाई नभई स्वतन्त्र व्यक्तिलाई नै देशको जिम्मा दिनुपर्छ  संधै दल मात्र अघि सार्दा एकले अर्कोको खुट्टो तान्ने प्रवृति बढ्छ भन्ने धारणालाई आत्मसाथ गर्दै, स्वतन्त्र तर्फका एक आम नागरिक तथा घरेलु उध्योगी ब्यबसायी श्री प्रल्हाद दाहालज्यू लाई अबको मंत्रिमण्डलको अद्यक्ष प्रधानमन्त्री पदमा सर्वसम्मतिले पारित गरेका छन  नयाँ प्र.म, प्रल्हाद जीलाई धेरै धेरै बधाई" म त यी कुरा सुनेर पनि बुझ्न नसकिरहेको रहेको थिए । फेरी पूर्ण बिश्वास भएन र कुरा स्पष्ट पार्न, समाचारको विश्वसनीय अनी सरकारी इजाजत प्राप्त रेडियो नेपाल सुन्ने निर्णय गरि, समाचार सुन्न थाले । समाचार येसरी पढिन्दै थियो :-"यो रेडियो नेपाल हो अब तपाई खुम बहादुर खर्कबाट समाचार सुन्नु होस, सुरुमा पहिलो अनी बढी नै महत्वपूर्ण समाचार शिर्षक "एक आम नागरिक अबको नयाँ प्रधनमंत्री" समाचार बिष्तृत रुपमा । यता नी भने:- "प्रल्हाद दाहाल एक घरेलु ब्यबसायी हुन र अहिले सम्म कुनै पार्टीमा आबध्द थिएनन, उनी स्वतन्त्र व्यक्तिबाट देशको गौरबशालि पदमा पुग्न सफल रहनु भयो । उँहालाई धेरै बधाई हामी सबैको तर्फबाट" समाचार सकियो । म अचम्ममा परें । अनी सोचे अस्ति भगवानसँग पहिलो चोटी प्राथना गरेको थे,भगवान येदी पुनर्जन्म हुन्छ भने नेपालमा नेल्सन मण्डेलालाई फेरी जन्माईदेऊ । " भन्दै, अझ ट्वीटर अनी फेसबुकमा नी लेख्न भ्याएको थिए । पक्कै भगवानले अब आफैलाई त्यो अबसर पो दिएका हुन कि? मानिसमा बोल्ने झैँ तागत गरेर देखाउने हुनुपर्छ, जे होस, अब मैले बोलेर हैन कि देशको निम्ति केहि गरेर देखाउनु पर्छ सोचें ।

               लौ मोबाइलको कल त आएको आएकै रहेछ १५, २० मिसकल भएछन, केहि संदेश पनि देखिन्थ्यो म्यासेज बक्समा, फेरी अर्को व्यक्तिको कल आयो, तेस्तै गरि धेरै साथीभाई अनी प्रियजनहरुले फोनमा बधाई दिनुभयो र उंहासबैलाई धन्यवाद ज्ञापन गर्दै, थिए । फेरी अर्को कल आयो

उठाए र सुने:- "हजुर प्रल्हाद जि बोल्नु भएको हो?                                                    

म:- हजुर भन्नुस

ऊ(अपरिचित व्यक्ति) :-' प्रल्हाद दाहालजी तपाइलाई धेरै धेरै बधाई छ, आज देशको गौरबशाली पदको जिम्मा हजुरले प्राप्त गर्नुभएको छ ! म फलानो नाम चलेको पार्टीको प्रबक्ता हुँ, हामी ठुला तिन दल, राप्रपा नेपाल र अन्य सबै दलको सहमतिले हजुरको सपथ ग्रहणको कार्यक्रम, बिहान ९ बजे राखेका छौ? हजुरलाई यो समय उपयुक्त हुन्छ, येदी हजुरको कुनै बिशेष समय छ भने भन्नुस हामी सोहि अनुसार कार्यक्रम आयोजना गर्ने छौ !"

म:- हुन्छ, सोहि समय ठिक छ, अबश्य नी समय अगावै म तेंहा पुग्नेछु"

ऊ :- हजुरलाई लिनको लागि भनी प्रधानमन्त्रिले चढ्ने गाडीका साथै अन्य केहि गाडी सहित सैनिक जनरेल सहितको एक बटालियन नै पठाएका छौ" साएद आइपुग्ने समय भयो होला" फोनबार्ता सकियो !

              अब घरपरिवारमा सबैले थाहा भयो अनी कतिले त घरको लाईन नम्बरमा फोन गरेर पनि बधाई दिन भ्याईसकेका रैछन, यी सबै कुरा पियारीका मुखबाट सुनें ! मैले भने अब म संसद भवन तिर लाग्नुपर्ने हुन्छ, उनीहरुले मलाई लिनको लागि भनेर कार जिप तथा एक बटालियन मानिस पठाएका छन रे, भन्न मात्र के भ्याएको थिए, घरवरिपरी गाडी अनी लावालस्कर देखिन थाल्यो, र तेसै बिचमा प्रहरीका एक इन्सपेक्टर म सामु आएर सबै तयारी साथ आएको जानकारी गराए! मैले भने म यो सबै विलासिताका सामानमा रम्ने मानिस हैन, म सँग जुन साधन छ म त्यो नै चढेर जाने छु, तिमीले माथि फोन गरेर, यो गाडी सबै फिर्ता लिएर जानु भन्दिए, उनी वाल्ल परेर नाजवाफ बाहिर निस्किए !अब म घरबाट निक्लने सुरसारमा लागें!

उता आमा पनि उठी सक्नु भएछ, उंहाले पुजापाठ गरि सकिवरी मलाई भगवानको टिका लगाएर प्रसादी दिंदै भन्नु भयो :- "भाग्यमानी भएस बाबु, देश अनी जनताको सदैब हितकारी काम गरेस, गरिब निमुखा अनी हामी जस्तै आम जनताको हितमा कार्य गर्नु बैरी सामु कहिले नझुक्नु, व्यक्तिगत फाइदाका लागि देशको अहित हुने कार्य भुलेर पनि नगर्नु, यी तिम्रो आमाको भनाइ सदैब याद गर्दै काम गर्नु, तिम्रो सबै काम सफल हुनेछन" आशिष अनी सुभेच्छा प्रदान गर्नुभयो र म तेंहाबाट संसद भवन(BICC) बानेश्वर तिर संधै चढ्ने गरेको आफ्नै साधन अल्वा १०६ मा चढेर हुइकिए ! घरबाहिर निक्लंदा ति बटालियन सहित सेना र प्रहरीका टोलि मेरै पछी लाग्न थाले!

 भिडमा कसैले भन्यो, "हजुर, हाम्रो त जागिर नै जान्छ सर, तपाई गाडीमा नै चढ्नु भए हुन्छ, किन मोटरसाईकल मै जानु लाग्नु भयो?"

अर्कोले थप्यो " तपाई लाई लिनकै निम्ति माथिको आदेश सहित हामी प्रधानमन्त्रीको गाडी र यो बटालियन सहित आएका छौ, कृपया हजुर गाडीमा सवार होस !"

म:- "तपाई हरु सबै आफ्नो कर्तब्य निभाउन चाहनुहुन्छ तर तपाईहरुको कर्तब्य यो होइन कि देश र जनताको सुरक्षा गर्ने र देशको सिमा क्षेत्रको सुरक्षा गर्ने हो ! देशमा अमनचयन राख्ने र जताततै जनतामा सुरक्षा सहित चोरी डकैति र लुटपाट अनी गुन्डागर्दी रोकेर, देशमा रहेका उध्योग धन्दा अनी अन्य कलकारखाना लाई सुचारु गर्न सहयोग गर्ने! तपाईहरुले उच्च सुरक्षा प्रदान गरेमा मात्र तिनले दिएका रोजगारी प्राप्त गर्ने साधारण नेपाली जनता तपाई प्रति आभार प्रकट गर्ने छन! म येसैमा जान्छु, तपाई हरु आफ्नो आज्ञापलन गर्नुस ! भन्दै अगाडी बढे !

                   संसद भवन नौ बजे अगावै पुगे, संयोगबश भनौ सबै जना त्यो समयमा नै उपस्थित हुनु भएछ ! तपाईहरुलाई त थाहा नै छ, हामी नेपाली टाईम भन्छौ र निर्धारित समय भन्दा एक घण्टा ढिलोनै कार्यस्थल र सभामा पुग्ने गर्छौ, हरेक बहाना गर्दै, कहिले ट्रफीक जामको, कहिले पानी परेको समस्या देखाउंदै, कहिले बाटो बन्दै गरेकोले अर्को बैकल्पिक बाटो आउन धेरै समय लागेको आदि इत्यादी ! सबै मान्यजन तथा अग्रज राजनीतिज्ञ अनी राष्ट्रपति सहित, सैन्य महानिरीक्षक, प्रहरी उपरिक्षिक र साना ठुला दलका शिर्ष नेताहरु, र मिडियाका पत्रकार साथीहरु आदि !  सबै सँग हातमिलाउदै अनी hi, हेल्लो गर्दै म पनि भित्र पसें! जब नौ बज्यो र कार्यक्रम सुरु भयो, प्रमुख नेताका केहि मन्तब्य तथा राष्ट्रपतिका केहि विचार पछी, मलाई राष्ट्रपति ज्युले सपथ ग्रहण गराउने हुनु भयो ! सपथ ग्रहण गर्न  म दिइएका ति प्रण र बाचारुपी बक्य सहितका कागज हातमा राखेर, सपथ लिन थालें! राष्ट्रपतिज्युले जे भन्नु हुन्थ्यो म उही दोहोराएर पढ्दै थिए ! ति सबै सपथ ग्रहण का लागि लेखिएका सपथ लिने बक्य निकै सुन्दर अनी मनमुटु छेड्ने खालका थिए ! त्यसमा एस्तो लेखिएको थियो !

१. म  प्रल्हाद दाहाल, यो सपथ लिन्छु, आजको यो दिनदेखि पदमा रहुन्जेल र पद भन्दा बाहिर रहेर पनि जनताको हितकारि कार्य गर्नेछु
२. म देश र जनताको सदैब हितमा काम गर्नेछु,
३.म देशको यो गौरबशाली पदमा रहेर, पदको सम्मानता पुर्वक कार्य गर्नेछु,
४.एस प्रधानमन्त्री पदमा रहेर देशको कानुन अनी पदको मर्यादा तथा घेरा भित्र रहेर आफ्नो कर्तब्य पुरा गर्नेछु,
५. देशको गौरब र प्रतिष्ठा कायम राख्न दिनरात लागि पर्नेछु,
६.म यो पदमा रहेर पदको दुरुपयोग गर्दै, व्यक्तिगत स्वार्थका लागि कुनै कार्य गर्नेछैन,
७. देश अनी जनताको सेवामा संधै लाग्नेछु! जय नेपाल !!!

                   येसरी सपथ ग्रहण कार्य सक्नासाथ म प्रधानमन्त्री कार्यालय पुग्छु, देख्छु, कार्यालय अलि अमर्यादित लाग्यो, जँहा टेबल र कुर्सि मात्र जताततै देखिन्थे दुई चार कुर्सि प्रधानमन्त्री क्याबिनमा नी राखिएको रहेछ, मलाई यी मन परेनन अनी तुरुन्त मेरो क्याबिनमा मात्र दुई कुर्सि राख्नुस अन्य लानुस भन्दै आगढ़ गरें ! म अब कार्यतिर ध्यान दिंदै थिए, सर्वप्रथम मैले सबै ठुला सानादललाई एक अनुरोध पत्र लेखे, जसमा मात्र ३ घण्टाको समय दिंदै सम्पूर्ण मन्त्रीको नाम सिफारिस गर्न भनी लेखे !जसमा स्पष्ट लेखेको थिए, सम्पूर्ण मन्त्रि बन्न सिफारिस व्यक्ति SLC वा so सरह म्याष्ट्रीक पास गरेको हुनुपर्ने अनी आफ्नो छुट्टै इमेल इन्टरनेट A/C भएको साथै केहि रुपमा साधारण अंग्रेज लेख्न र बोल्न जान्ने तथा कुनै पनि देश तथा जनता बिरोधि कार्यमा सजाय नपाएका र जनहितमा कार्य गर्न सक्ने व्यक्ति मात्र ! तपाइलाई के कुरा जाहेर गर्न चाहन्छु भने, नेपाल सरकार सर्वोच्च अदालतले अधिबक्ता श्याम जोशी तथा अधिवक्ता भरत रमणको "प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख बनाउने र प्रधानमन्त्री नै देशको सशक सरह रहेर, राष्ट्रपति समेत फेर बदल गर्न सक्ने अधिकार दिनुपर्छ भन्दै गरेको रितमा सोहि पक्षमा faisala दिईसकेको थियो ! मेरा मातहतमा रहेका इलेक्ट्रोनिक सम्बन्धि कार्य हेर्ने एक सचिव लाई सम्पूर्ण मन्त्रालय तथा मन्त्रि क्याबिनमा सिसीक्यामेरा राख्न र हरेक गतिबिधि प्रधानमन्त्री कार्यालय बाट नियाल्न सक्ने व्यवस्था आजको दिन नै गर्न आदेश दिएँ ! उनले मलाई भन्दै थिए सबै कार्यालयमा क्यामेरा छन तर पुर्व मन्त्रीहरुको कार्यकालमा उनीहरुकै आग्रह तथा अनुग्रहमा त्यो कति काम नगर्ने बनाईएको छ, यो कार्य केहि घन्टामा नै सक्नेछु, तपाई ढुक्क हुनुस भने सचिबले ! केहि घन्टामा नै सबै पार्टीले नाम सिफारिस गरिसकेका थिए, नगरुन पनि कसरि अब बखेडा निकाल्ने पार्टीले नाम नदिएमा संबिधान नबन्दा सम्म कुनै पनि कार्यालय प्रधानमन्त्रिको स्वीकृति बेगर घुस्न पाउने थिएनन र सबैले समयमा नै कार्य गर्दै थिए!

               सम्पूर्ण पार्टीको नाम आए लगत्तै मैले एक प्रेस बिज्ञप्ति निकाल्दै दिनको २ बजे नै सम्पूर्ण मन्त्रिमण्डलका सदस्यहरुलाई इमेल गरिदिए, सपथ ग्रहण कार्य समय बिहान ८ बजे र स्थानको पूर्ण जानकारी दिंदै ! पत्रकार सम्मेलनमा एक नयाँ तथा निकै प्रभावकारी कदम बारे पनि जानकारी गराएँ! जसमा अब देखि हाम्रो सरकारी कामकाजको समय १० देखि ५ नभएर, बिहान ८ देखि बेलुकी ५ बजे सम्म हुने बिचमा दुई पटक ३० मिनेटका दरले खाजा नास्ताको लागि समय दिने जसमा पहिलो १० देखि ११ मा मिल्ने र दोश्रो २ देखि ३ मा मिल्ने जानकारी सहित एक अपिल अनी पूर्ण पालनको लागि अडर सहित यो बिज्ञप्ति जारी गरें! यी सबै कार्य सकेर आजको दैनिकी बन्द गर्दै घरतिर हिंडे !

                  भोलिपल्ट बिहान नै बानेश्वर स्थित संसद भवनमा सबैको सपथ ग्रहण कार्य गरें र गराएँ ! यो मन्त्रिमण्डल जम्मा जम्मी १० सदस्य मन्त्रि जसमा ६ जना महिला हुनुहुन्थ्यो र ४ पुरुष अनी १० सहायक गरेर प्रधानमन्त्री सहित जम्मा २१ सदस्यीय मन्त्रिमण्डल गठन भयो ! सपथ ग्रहण लगत्तै, सानो बैठक राखेर मैले सम्पूर्ण मन्त्रि तथा सहायक हरुलाई आ-आफ्नो कार्य बारे जानकारी गराउंदै तत्काल आफ्नो मन्त्रालय गएर, काम सुचारु गर्न आग्रह गरें ! जब प्रधानमन्त्री क्याबिनमा छिरेको थिए, निजि सचिबले जानकारी गराए कि संसारको सबै देशबाट बधाई संदेश आइसकेको छ, अमेरिका तथा युरोप अनी मध्य एसिया अनी हाम्रा छिमेकी देश संगै सम्पूर्ण एसिया तथा अफ्रिका सबै देशले संदेश पठाएका छन ! ति वान कि मुन जो संयुक्त राष्ट्र संघका अद्यक्ष छंम उनको नी बधाई संदेश आएको छ भने, मैले तुरुन्त सबैलाई धन्यवाद ज्ञापन गर्न भने, केहीलाई आफुले पनि धन्यवाद ज्ञापन फिर्ता गर्ने बताए इमेलबाट !

त्यो भन्न नपाउन्दै उनले भने, "हजुरलाई भेट्न केहि राजदुत आएका छन अन्य बिदेशी राष्ट्रका हजुर भेट्न माथि पठाईदिउँ !"

म :- "भो पर्दैन, पछी कुनै पत्रकार सम्मेलन सहित भेटौंला ! तिमी जाऊ र पछी उंहाले भेट्ने दिन मिलाएर खबर गर्नुहुन्छ भन्देउ सबैलाई "

ऊ:-हुन्छ, म तेसै गर्छु "


              अबका केहि दिनमा कसरि चल्ने अनी कुन रणनीतिका साथ अघि बढ्ने भन्ने मेरो मनमा हल्का तनाब सिर्जना हुँदैथ्यो ! तर सबैको चासो अब राष्ट्रपति कुर्सीतिर थियो, जसलाई तत्काल हटाएर अर्को राष्ट्रपतिको चुनाब गराउन प्रधानमन्त्रीलाई सर्वोच्च आयोगले भर्खरै बाधाअट्चन फुकाउ र कार्य क्षेत्र बारेको, एक रिट मा तत्काल सुनुवाई गरि सम्पूर्ण अधिकार प्र.म.का हातमा हुने फैसला सुनाएको थियो ! सबै मुख्य राजनीतिक पार्टी अनी मिडिया तथा समाचार संजालमा अब राष्ट्रपति फेरिन्छ भन्ने हल्ला फैलिएको छ ! अब देशलाई एक बर्षमा संबिधान दिन भनेर, आम जनता तथा अन्य पार्टीहरुको ठुलो आशालाई पूर्ति गराउनको निम्ति मलाई यो पदभार सुम्पेका थिए, अब राष्ट्रपतिको चुनाब गराउन खोज्दा यसै नै २,३ महिना समय लाग्ने र संबिधान बनाउने कार्यअबधि बढ्दै जाने निर्कौल गर्दै, मैले मन्त्रि परिषद बैठक बोलाए र यिनै राष्ट्रपतिलाई थप यस पदमा नै रहन दिने किनकी, संसारको जुनै देशमा पनि कुनै एक राजनीतिक व्यक्तित्व  लगातार दुई कार्यकाल सोहि पदमा आसन गर्न सक्ने व्यवस्था छ ! मैले यी सबै कुराहरु सहित, हालको राष्ट्रपतिलाई नै थप समयको लागि फेरी नी सोहि पदभार खडा गर्न भनी एक प्रतिबेदन मन्त्रि मण्डलको बैठकमा राखें, केहि साथीका असहमतिका बाबजुत पनि २ तिहाई संख्याले ऊक्त प्रस्ताब मन्जुर गरे, अब पुरानै राष्ट्रपति संबिधान बनेर अर्को राष्ट्रपति को निर्वाचन नहुँदा सम्म पद सम्हालेर बस्न दिने निर्णय भयो !


           अब मलाई ति सबै पुराना बिषयमा जानकारी लिनु थ्यो र कम्पुटरमा कुनै कारणबस रोकिएका खानेपानी अनी बिजुली, सडक तथा पुल निर्माण कार्यबारे हेर्न थाले, जसमा तल्लो अरुण हाईड्रोपावरको प्रोजेक्ट रोकिएको फेला पारें साथै भोटेकोशी बिद्युत निर्माण आयोजनामा ठेका पाएको बिदेशी कम्पनीको कार्य पनि बिचमै अबरोध भएको पाएँ ! खानेपानीको सन्दर्भमा काठमाण्डौ बासिन्दालाई वर्षौ देखिउ देखौउँदै आएको सपना मेलम्ची खानेपानी आयोजना त केहि पनि कार्य सफलता साथ नगरिएको पाएँ, खनिएका सबैजसो सुरुंगमार्ग पनि कति पुरिएका र कति बढी [पहिरो जनाले भासिएका को पूर्ण रेखदेख नभएको जानकारी आयो ! मैले तत्काल भौतिक निर्माण तथा सामग्री मन्त्रालयमा फोन गरेर ठेकदार कम्पनि नेपाली हो कि बिदेशी तत्काल पुनर्निर्माण कार्य सुरु गर्न लगाउनुs भने र जलश्रोत तथा सिंचाई मन्त्रीलाई नेलाम्ची खानेपानीका कुनै बजेट पास नभएको भए, पास गराईदिनु कार्यको उचित मुल्यांकन सहित भन्ने खबर पठाएँ ! तेस्तै काठमाण्डौ बाहिर जाने थानकोट मुनिका सडक र देशमा रहेका अन्य रोकिएका सडक मुद्दालाई तत्काल पुन सुरु गर्न दिनु भन्दै सडक विभागमा समेत इमेल गरें ! दिनभर जसो सबै ठुला मुद्दा र देशको विकास निर्माणमा रोकिएको मुद्दा बारे जानकारी र समाधान गर्ने छलफल, टेलिफोन बार्ता अनी इमेल पत्राचार गरें, धेरै नै आयोजना त ठप्प भइसकेका रैछन, बजेट र उचित रेखदेखको अभाबले ! केहि अरु ठोस मुद्दाबारे मलाई जानकारी दिनु है, यो बाहेकका स्वकीय सचिबलाई अर्हाए!

                 त्यो दिन बित्यो अर्को दिन, सबै मन्त्रिहरुको बैठक रांखे र महत्वपूर्ण केहि आयोजनालाई तत्काल सुचारु गर्न सम्भब छ छैन, भनेर सबै सँग अन्तरक्रिया गरें !त्यस बेलामा सबै मन्त्रीहरु दौरा सुरुवाल र नेपाली ढाकाको टोपी लाएर, अनी मन्त्रिनीहरु गुन्यु चोलोमा ढाँटीएर आउनु भएको थियो, जसले उनिहरु पहिले पार्टीमा छँदा लाउने, कोट पाईन्ट र सूट बुटमा भन्दा फरक  देखिन्थे ! जब उनीहरु सभा क्षेत्रमा प्रवेश गरे सबैले मलाई नै केहि आनौठो पारामा हेरिरहेका थिए र सांकेतिक हिसाबले एक अर्काको आँखा हेर्दै थिए ! एउटा कुरा प्रष्ट थियो कि, उनिहरु मेरै पहिरन बारे, केहि जिज्ञासा व्यक्त गर्न चाहन्थे,उक्त समयमा मेरो पहिरन साधारण सट पाईन्ट र सिरमा ढाकाको टोपी संगै कालो छालाको जुत्ता थियो!




          यो कुरा बिषयबस्तु बाहेकको थियो तेसैले माननीयहरुले प्रश्न उत्तर गर्ने इच्छा नी व्यक्त गर्न सक्नुभएन ! र मैले तत्काल सम्बोधन सुरु गरे :- हजुरहरुलाई अबगत होला, हामी यो बैठक आज देशको निकै महत्वपूर्ण कामकाजको बारेमा बिष्तृत छलफल गर्न राखेका हौ ! माननियहरुको अमुल्य सल्लासुझाब र नयाँ कार्यनीति वा योजना भए मलाई जानकारी गराउनुस, म तेसलाई येथाकदा राम्रो स्थान दिनेछु ! हामीले अब देशको विकास दिनप्रतिदिन द्रुतगतिमा गर्नु आबश्यक छ, हाम्रो देशमा भएको यो लामो राजनीतिक अल्झनले देशलाई १९ सताब्दितिर नै धकेलेको छ ! तपाई हामी एकसाथ मिलेर, यो देशको भविष्य उज्वल गर्नुपर्छ !

आउनुस सहकार्यमा अगाडी बढौ! तपाई हरुलाई कुन योजनाले पहिलो प्राथमिकता पाउन पर्ने जस्तो लाग्छ, त्यसमा पहिले छलफल गरौँ !सहिद दिबस आउँछ अनी हामी सहिद भन्दै कुर्लिन्छौ, बिपि अनी गणेशमान स्मृति दिबस आउंछ, फेरी कुर्लिन्छौ तर उनिहरुकोत्याग र बलिदानको मुल्य अनी भावना हामीले पहिले बुझेनौ, यो कुरा नत राजनीतिक पार्टीले नकार्न सक्छ, नत समाजका हरेक मानिसले! तेसैले आउनुस आजै बाट देश निर्माणमा एकजुट भएर लागि परौं! देशमा शान्ति सुव्यबस्था कायम गरि, जनतालाई दिर्घकालिन बाटो अबलम्बन गर्न प्रेरित गर्ने संबिधान सक्दो चांडो बनाएर, जनता माझ ल्याउनु पर्छ, अब छलफल अघि बढाऊ !

               भेला मा कसैले भने :-"माननीय म सबैभन्दा पहिले हजुरलाई, मेलम्ची खानेपानी आयोजना र काठमाडौँको जनतामा रहेको खानेपानी समस्या बारे केहि कुरा प्रष्ट गर्न चाहन्छु ! हामी कसरि अघि बढ्ने र यो आयोजना कसरि सुचारु गर्ने जब कि, यो मेलम्ची  खानेपानी आयोजना त बिदेशी कम्पनीलाई दिइएको थियो पछी बजेट अभाबले काम रोकियो र त्यो बिदेशी कम्पनि काम नसक्दै पुन देश फिर्ती भयो:
"
म:-" हजुरले एक अनुरोध र क्षमायाचना गर्दै उक्त कम्पनि तथा देशका उच्च पदस्थ अधिकारीलाई इमेल गर्नुस, हामी यो आयोजना फेरी पूर्ण गर्न चाहन्छौ तपाई हरुको सहयोगको पूर्ण अपेक्षा छ भन्दै र मलाई नी cc गरिदिनु होला उक्त पत्र !

तेस्तै अर्काले भने :- सर हाम्रो त्यो कोदारी राजमार्ग, बिपी राजमार्ग अनी अरुण राजमार्गका सडक विस्तार आयोजनामा लगानी अभाब भएको छ, बजेट प्रयाप्त नभएको जानकारी गराउन्दछु"

म:- प्रधानमन्त्री अक्षयकोष बाट नपुग रकम हजुरलाई व्यवस्था गरिने छ तपाई त्यो कार्य तत्काल सुरु गर्नुस :

येसतै तर्क र समस्या अनी समाधान बारे निर्णय गरियो, अनी सबैलाई यो सबै कार्यको लागि सुरु गर्न आज नै कार्यलय गएर पहल गर्नुस ! म भोलि बिहान देखि नै यो सबै कार्य भएको हेर्न चाहन्छु ! पत्रकार सम्मेलन गर्दै यो सबै बिषयको छलफल र निर्णयबारे जानकारी गराउन, सचिवलाई आग्रह गरें! म फेरी नी राष्ट्रिय रुपमा ठुलो बजेट र लगानी तथा महत्वपूर्ण आयोजना बारे खोजि तिर लागे. !

                सम्पूर्ण मन्त्रालय अनी त्यो मातहतका सबै कार्यालयहरुमा काम कारबाही एकदम पारदर्शी अनी छिटो छरितो रुपमा भैरहेको थियो ! येस्तै रितले कामकाज सहज अनी पूर्ण बिश्वस्त ढंगले चल्दै गरेकोले नेपालको नेप्से सूचांक ह्वात्तै बढेको थियो, जसले केहि बैदेशिक संघ-संस्था पनि नेपाल सरकारसँग  मिलेर काम गर्न चाहने लिखित आबेदन दिन थालेका थिए, तेस्मध्ये केहिले खानेपानी, कहिले संचार तथा बिजुली लाईन र बाटो तथा पुल जस्ता भौतिक निर्माण योजनामा सरकार सँग सहकार्य गर्न खोजिरहेको छन ! सरकार बनेको लगभग २०, २२ दिनमै देशमा बन्द हड्ताल जस्ता अनैतिक घटनाहरु स्वात्तै घटेर २% मा झरिसकेको थियो ! सरकारले मन्त्रिपरिषद्को बैठकमा नेपालमा केहि गर्छु भन्ने साना मझौला उध्योग तथा कलकारखाना अफिस जसमा २० जना भन्दा माथि कामदार रोजगार दिन सक्ने उध्योग सिर्जना गर्ने संघ संस्थालाई १०, लाख देखि ५ करोडसम्म बिना ब्याजमा ५ बर्ष करारमा चूक्ता गर्ने गरी ऋण उपलब्ध गराउने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकमा भयो ! येस्तै राम्रा अनी असल कामकाजले देशको स्थिति उकास्ने खालको कार्यहरु लगातार हुँदै आएका थिए !

                        हालसाल  पोखरामा दिउसै, एक व्यक्तिको खुकुरी प्रहारबाट ज्यान गएको समाचार आयो ! मैले यो घटनाले गम्भीर रुप लिईरहेको थाहा पाउना साथ प्रहरी महानिरीक्षकलाई व्यक्तिगत रुपमा प्रधानमन्त्री कार्यालयमा आमन्त्रण गर्दै गरे! यो समाचार पोखरा अनी नेपाली पत्रिकाका लागि खासै नयाँ होइन, संधै जसो डनहरु बिचको झगडा अनी बिभिन्न काण्डले भएका घाइते तथा मरणासन्न व्यक्तिका रगताम्मे तस्बिरले पत्रिकाको फ्रन्ट पेज ढाकिएको हुन्थ्यो ! यो समाचार पोखराको एकदम रमाइलो अनी पर्यटकीय स्थल फेवाताल नजिकैको lakeside मा दिन दहाडै भएको छ ! घटनाको बिष्तृत जानकारी लिंदा थाहा भयो, यो दुई डन समर्थक बिचको झगडाले पुरै पोखरा सहर दुई तिन घण्टा अतिप्रभावित थियो, उनकै समर्थक सहरको जताततै भागदौड गर्दै हतियार साथ खलबल मचाईरहेका थिए !


म:-      "एस्तो अराजक स्थिति हुँदा पनि हाम्रो प्रहरी प्रशाशन किन मौन रह्यो, एक दुईदिनमा म पोखराका ति दुई डन तथा उनका समर्थक कारागारमा थुनिएको देख्न चाहन्छु, यो मेरो मात्र चाहना हैन कि पुरै नेपाली जनताको चाहना हो ! नेपाली आम जनता निर्धक्क भएर हिंडन डुल्न पाउने, आफ्नो रोजीरोटी निस्फिक्री भएर गर्न पाउने, अनी स्वतन्त्र हिसाबले जिबनयापन गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो, त्यसको प्रत्याभूति हजुर राष्ट्रको सुरक्षा निकायको माथिल्लो पदमा रहनेले कहिले प्रदान गर्न सक्नुहुन्छ ! मलाई यसको जानकारी मुखारी हैन कि काम बाट नै चाहिन्छ, आजबाट नै यो कार्यमा दिनरात जुट्नुस ! all the best"

उनले भने :- "केहि  दिनमै सबै डन लाई खोरमा हल्दिन्छु माननीय हजुरले ढुक्क रहनुस, मलाई हजुरले जुन कार्य प्रभाबकारी ढंगले गर्न अभिप्रेरित गर्नुभएको छ, म अनी हाम्रो पुरा प्रहरी प्रशासन यो कार्य तत्काल सुरु गर्नेछौ र नेपालको सबै ठाममा सुरक्षा स्थिति एकदम मजबुत गर्नेछौ" जय नेपाल !

म :-  "तपाई अनी पुरै प्रहरी प्रशासनलाई मेरो हरपल सहयोग रहनेछ, ढुक्क रहनुस, कार्यमा सफलता मिलोस कामना !

उनी :- जय नेपाल !! माननीय तपाइको सुभेच्छा अनी नेपाली जनताको चाहनालाई आत्मसाथ गर्दै हामी देशमा शान्ति सुब्यबस्था कायम गर्नेछौ !  "

केहि दिनमै लगातार दुई डन समातिएको समाचारले पत्रिकाहरु रंगिन थाले र नागरिक समाजबाट नी सरकार तथा प्रहरी प्रशासनको यो कार्यको प्रसंशा गरिन थालियो ! आम जनता सबै खुशी नै देखिन्थे यो कार्यबाट तर पनि केहि नेपाली राजनीतिक पार्टी अनी उनका अन्धासमर्थक, जो घुसखोरी र लुटपात अनी लडाईं झगडा मच्चाउने र हप्ता उठाउंदै नेपाली उद्योगपति तथा खुद्रा बिक्रेतासँग आफ्नो गोजी भर्नेहरू भने निकै मुर्मिरियेका थिए !

                      केहि दिनमै पत्रिकाको फ्रन्ट पेज रंगियो, जसमा कुनै व्यक्तिको सुनियोजित ढंगबाट घाँटि रेटेर हत्या गरिएको थियो ! त्यो हत्या गरिएको व्यक्ति अरु कोहि नभएर मेरो नै सहोदर दाजु कृष्ण हुनुहुन्थ्यो जसलाई एक नैतिक दबाब दिन खोज्दै थिए, देशका डन तथा राजनीतिक पार्टीका छ्त्रछाँयामा रमेका ति घटिया सोचका चम्चेहरु ! यो घटना भएसी अब कस्तो कदम चल्नुहुन्छ भन्दै, एक पत्रकार नानीले मलाई, कार्यालयबाट घर निस्कंदा सोधिन, मैले उनको जवाफ येसरी दिएँ

"यो घटना म अनी मेरा परिवारका लागि नितान्त पहिलो हो तर हाम्रो देशमा म जस्तै यो घटनाको शिकार भएका आम नागरिक धेरै हुनुहुन्छ, जुन कुरा तपाईहरु जस्तै पत्रकारको नित्य समाचार, हरेक पत्रिकाले दिनहुँ छाप्दै आउनु भएको छ, एस्लाई म, मेरो कार्यप्रति असहमति जनाउने, १०० मा ५ को गलत कदमको उपज दिन चाहन्छु! हो ! मैले मेरो परिवारको एक सदस्य गुमाएको छु, चिन्ता त मलाई नी छ, अझ मेरी आमा जसको पहिलो सन्तान नै उनको काँखमा मार्दै गरेको अबस्था देख्दै हुनहुन्छ, उन्हाका लागि सहानुभूति जनाउने म सँग कुनै शब्द पनि छैनन तर म देश अनी जनताका लागि हरपल लडिरहने छु, यो घटनाले मलाई स्तब्ध बनाए पनि मेरो कदम म बाट पछी हट्ने छैनन, आम जनतालाई हाम्रो सुरक्षा ब्यबस्थापन र प्रहरीहरु प्रति ढुक्क रहन आग्रह गर्छु, यो घटनालाई बढाई चढाई गर्नु भन्दा सामान्य रहन दिनुहोस,पत्रकार साथीहरु भन्न चाहन्छु  तर म चुप भने रहने छैन, जय नेपाल "


          यी सबै व्यक्तिगत कुरा थिए जसलाई म राजनीति गरेर, भोलि देखि नै सेना परिचालन गरेर,सुनियोजित तरिकाले हत्या गर्ने मानिस माथी बम बारुद बर्साउन सक्थे तर देश र जनताको लागि भनी यो कुरालाई सामान्य नै रहन दिने प्रयत्न गरें ! नेपालमा अरु पार्टी नी त्यो काण्डको दोषीलाई कारबाही गर्नुस हामी तपाईको पक्षमा छौ" भन्दै म माथि येस्को शान्त दियोलाई घ्यु हालेर राप बनाउन खोज्दै थे ! म अबिबेकशिल बनेर, देश र जनताको माया गर्न छोडी, ति जंगलमा लुकेका ति फरार अपराधीलाई मर्न भन्दै, हवाई तथा जमिनबाट नी बम गोला बारुद बर्साउन सक्थे तर आम जनता र निर्दोषको ज्यान जाने सोच आएकाले पूर्ण मौन बनेर बसे, ! म आफ्नो काम र देशप्रति को दायित्व निर्वाह गर्दै थिए ! नेपालका अधिंकाश निकायमा,एक एक निरीक्षक दरबन्दी थपी भ्रष्टाचार अनी अनियमिता बारे प्रतिबेदन पेस गर्ने र सबैलाई कारबाहीमा राख्ने कार्य भइनै रहेको थियो ! देश तथा विदेश बाट लगानी कर्ता, नयाँ नयाँ योजना तर्जुमा गर्दै लगानी गर्न नेपाल आईरहेका थिए! नयाँ योजनामा तल्लो भोटेकोशी जलबिद्युत आयोजना, तमोर जलबिद्युत परियोजना जस्ता  कार्य अघि बढने दिशातिर उन्मूख थिए ! साथै कोदारी राजमार्ग विस्तार गरि ३ लेनको बनाउन  लिखित सम्झौता नेपालको नै एक नाम चलेको ठेकेदार कम्पनीलाई सुम्पिसकिएको छ ! आगामी दिनमा लगानी कर्ताको संख्या बढ्दै जाने स्पष्ट देखिन्थ्यो, यी खालका परियोजना कार्यन्वयन भैसकेपछि ! देशका सम्पूर्ण भू-भागमा शान्ति व्यवस्था एकदम मजबुत, गुण्डागर्दी गर्ने थुनामा हुनाले यी चोरीचकारी, लुटपात र महिला हिंसा तथा बलात्कारका भटना सबै लगभग निवारण भइसकेका थिए !

                स्पष्ट देखिन्थ्यो कि, अब ति सरकारद्वारा पारित परियोजना कार्यन्वयन भएमा, ति बिदेशी लगानीकर्ता पनि फाइदा लिन सक्छन, र स्थानीय बासिन्दा तथा निकायहरुलाई निकै लाभ पुग्ने तथा, देशको एक अटुट आर्थिक श्रोत हुन आउने छ ! देशमा पुरै अमनचयन र शान्ति नै शान्ति छ, आज सबै नेपाली ढुक्क भएर, आ-आफ्नो कार्यमा लागेका छन र दिनरात मेहनत साथ, आम्दानी गर्न व्यस्त छन, सबैको घरमा खुसियाली छ! आजको यो दिनमा बिदेशियका धेरै जसो युवा स्वदेश आएर, आफ्नै कल-कारखाना, कोहि उध्योग अनी कोहि व्यापार. कोहि सेवा लिने, दिने कार्यमा तथा नेटवर्क बिजनेस र घरेलु उध्योग अनी खेतीपाती संचालन गर्दै, गुणस्तरीय सेवा, तथा बस्तु उत्पादन गरिरहेका छन ! १० बर्ष, क्यानडा बसेका हर्के, नेपाल फर्केर आई, खेतीपाती गर्दै, एक सफल कृषक बनेका छन ! कृषक हर्केले देशको अन्य भूभागमा खपत हुने १५% तरकारी फलफुल, गेडागुडी, सागसब्जी तथा च्याउ जस्ता बस्तु उत्पादन गर्दै बेचबिखन गरिरहेका छन! अर्का राम ओली, उनी १५ बर्ष युरोप बसेका आज आफ्नै लत्ताकपडा तथा चप्पल कारखाना खोलेर, अरबौको मालिक बनेका छन, उनी भन्छन "हाम्रो देशको माटो, माटो मात्र हैन यो त हिरा हो, हामी युवा विदेश गएर किन सुनको पछी लाग्ने जब बहुमुल्य हिरा नै साथमा छ ! तेसैले म १५ बर्षको मेरो अनुभब बाट नै आजको एक सफल व्यक्ति बनेको छु ! हरिबहादुर लगभग १२,१४ बर्ष अरब बसेर नेपाल फर्की, अहिले नेपालको एक ठुलो खानेपानी बितरण संस्थानका मालिक बनेका छन, उनको भनाइ एस्तो छ " जाबो त्यो गर्मीमा घण्टाको ८०,९० नेपाली कमाएर आफ्नो रगत पसिना अरबमा खर्च गर्न भन्दा, देशकै माटोमा कुट्टो कोदाली गर्दा नै मनग्य कमाउन सकिन्छ र आफु अनी परिवार पनि खुशी साथ बाच्न सकिन्छ ! गोबिन्द  जो पहिले पढ्न भनेर अष्ट्रेलिया गए, उनले तेंहा पढेर इन्जिनिएर पास गरे  तर भने जस्तो काम नपयेपछी, जापान गए उनले तेंहा राम्रो तलबमा ५ बर्ष काम गरे! उनको मन अशान्त थियो, सोच्दथे "विदेश बसेर मात्र नी हुन्न, देशमा केहि गर्न सके नाम पनि मिल्छ र कमाई पनि एकदम राम्रो हुन्छ, के पढेका जति सबैले बिदेशमा आफ्नो सिप खर्चेर, देशको विकास भएन भन्दै सामाजिक संजाल, फेसबुक र ट्विटरमा  लेखेर हुन्छ र अब म नेपाल गएर, देशको बिकासका निम्ति काम गर्छु " उनले सोच्ने मात्र गरेनन, ५ बर्षको जापान बसाईबाट सिकेका सबै सीपलाई कार्यन्वयन गर्दै नेपालमा नै, इलोक्ट्रोनिक सामान बनाउन थाले र हाल उनी, नेपालको सबै जसो भू-भागमा इलोक्ट्रोनिक सामान पूर्ति गर्ने सामान उत्पादनमा दिनरात खटिएका छन ! उनको इलोक्ट्रोनिक सामान बिदेशका नी धेरै देशमा खपत हुने गरेका छन, देशभरी लगभग १०० भन्दा माथि येस्ता कारखाना खोलेका उनी नेपालको एक नं धनी व्यक्तिमा पर्न सफल भएका छन !

                       देशमा एस्तो परिवर्तन आएको देख्दा सबैजना खुशी थिए ! एकदिन अचानक कुनै परियोजनाको फाइल हिजो नै पास हुन पर्ने तर आजसम्म पास नभएको मैले कम्पुटरमा देखे र तत्काल, के हो भनी फोन गरेर बुझ्न खोज्दा ! मन्त्रालयका व्यक्तिबाट खबर आयो, मन्त्रि ज्यू त उँहाको गृहजिल्लामा पुल निर्माणको उद्घाटनमा जानु भएको आज ३ दिन भो रे ! yes बिषयमा प्रधानमन्त्री कार्यालयमा केहि खबर गरिएको थियो भन्ने बिषयमा मैले कार्यरत प्रधानमन्त्री कार्यालयका सचिबलाई प्रश्न गरें!

उंहाले जवाफ दिनु भो " माननीय yes अघि पनि उँहा भवन निर्माण भन्दै, २ दिन बिना सूचना मध्यमान्चल कै एक ठाउंमा जानुभएको थियो, टेस बिषयमा हजुरलाई मैले जानकारी गराएको थिए, ऊ बेला नै ति माननीयले आफ्नो गल्ति स्वीकार गरि, अब बिना सूचना येस्ता कार्य नगर्ने भन्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो तर फेरी नी महिना नबित्दै एस्तो गरिनुमा केहि कुरा तलमाथि रहेको कुरा भन्न चाहन्छु !

म :-"के कुरा हो माननीय, हजुर निर्धक्क भएर भन्नुस "

ऊ :-"माननीय हिजो, क्यामेरा !! आ ...

म:- "हजुर स्पष्ट भन्नुस, मैले हजुरलाई दिएको सिसी क्यामेरा चेक गर्ने अतिरिक्त कार्य सफलताका साथ गरिरहनु भएको छ नी ! केहि अप्ठेरो परेमा मलाई जानकारी गराऊनुस, कार्यभार  धेरै भएको महसुस भएको हो र मोहन जि ?

ऊ :- माननीय ! हजुरले दिनुभएको कार्य मैले सफलताका साथ गरिरहेको छु, ! तेही क्रममा हामीले जलश्रोत मन्त्रालयमा लुकाएर राखेको क्यामेराले सिसी टिभीमा देखाएको एक घटना भन्न चाहन्छु, त्यससम्बन्धी अनुसन्धान सहित प्रतिबेदन तयार छ सर !

म:- " कुरा के हो माननीय ? निकै गम्भीर देखिनु भयो त? बिस्तारमा भन्नुस !"

ऊ :- माननीय, जलश्रोत मन्त्रीद्वारा, १० अरबको चेक लिएको देखिएको छ, देशकै एक ठुलो सेवा उत्पादन कम्पनिबाट, म हजुरलाई उक्त दृश्य भएको सिडी र मेरो गोप्य शुत्रले त्यस कार्यालयमा गरेको सर्वेक्षणले उनीले घुस लिने गरेको र त्यो घुस बराबर १० अरब लिएको प्रमाण सहित यो प्रतिबेदन हजुरलाई प्रदान गर्दछु !

मैले त्यो प्रतिबेदन, लगभग १ घण्टा लाएर पढी सकेर र घटनाको प्रकृति निकै जटिल र so घुस प्रकरणले देशको ढुकुटी रित्याउने कार्य भैरहेको पुष्टि गरेको आभास भयो ! केहि क्षण मनन गर्दै, ठण्डा दिमाखले काम लिनुपर्ने सोचेर, भोलि नै ति माननीयलाई प्रधानमन्त्री कार्यालय हाजिरी हुन खबर गर्नुस भन्दै, निजि सचिबलाई अर्हाए! सोहि निर्देशन अनुसार पत्र चलान गरिएछ ! त्यो दिन येतिकै बित्यो ! अर्को दिन बिहान ९ बजे नै समय तोकेर मैले इमेल गर्न भने बमोजिम गरिएछ तर माननीय ९ बजे आउनु भएन! मैले कुनै जानकारी छ, उक्त मन्त्रि ढिला आउने भनेर, कार्यालयमा सोधपुछ गरे तर न्भायेक्लो जानकारी आएपछि ! म चुपचाप उनको बाटो हेरी बसें, र उनी १० बजे कार्यालय हाजिर भए ! उनले सादर नमस्कार गरे !

म:- "नमस्कार माननीय ! बस्नुस "

ऊ:- "किन बोलाउनु भयो माननीय? म त भर्खर गृहजिल्ला बाट फर्केको मात्र थिए !"

म :- माननीय, तपाइले प्रधानमन्त्री कार्यालयमा खबर नगरी, एती धेरै दिन कार्यालयको काम किन गर्नुभएन? थाहा छ, देशको कति योजना कार्यन्वयनमा ढिलाई भयो? यो ३ दिनको कार्य तपाईले नगरी रोकिंदिदा !"

ऊ :- माननीय आफ्नो गृहजिल्ला, पुल बनाउन उद्घाटन गर्न गएको थिए, ति कार्य त म एक दुई दिनमा गर्दी हाल्छु नी" भन्दै, ठट्टा गरे !

म :-" माननीय! के हजुरले मन्त्रि तथा प्रधानमन्त्रीको कार्यक्षेत्र र कार्य सम्बन्धि पढ्नु भएन? कंहा लेखिएको छ कि कुनै पनि उद्घाटन कार्य मन्त्रीद्वारा गरिने भनेर? जलश्रोत सम्बन्धि हजुरको कार्य हुँदाहुँदै पनि किन भुतिक निर्माण तथा योजना मन्त्रालय अन्तर्गतको पुल निर्माणमा तपाई जानु भयो? यो सरसर गलत कदम हो ! तपाई भन्नुस, देशको अन्तरिम संबिधानको कुन धाराको कुन उपधारामा लेखिएको छ कि उद्घाटन मन्त्र बाट नै गरिनुपर्छ भनेर, मलाई नी येस्ता हजारौ अनुरोध आएका छन, म गईन ! किन गईन, तपाईलाई बताउन उचित ठानिन तर के एस्तो उद्घाटन कार्य त्यस ठामका बृद्ध बृध्दा तथा पाको उमेरका मानिसद्वारा गराउन सके कति राम्रो हुन्छ, उता जेष्ठ नागरिकलाई सम्मान गरिने एक कार्य भयो अनी, देशको विकास निर्माण पनि सुध्रिढ! हामीले देशलाई सक्दो बिकसित बनाउन, दिनरात लागि पर्ने हो, एक पुल उद्घाटन गर्नको लागि अमुल्य ३ दिन खर्चने हो भने, देश कसै गरि नी विकास गर्न सकिन्न ख्याल राख्नु होला !

ऊ:- माननीय! किन रिसाए झैँ गर्नुहुन्छ, जाबो ३ दिन त हो, फेरी खासै आम्दनी गर्ने योजना छैनन, मेरो कार्यालयमा हजुर, एकदुईटा साना होलान, मोटा रकमको कार्य सकी सकेको छु !" उसको भनाइले नै घुसखोरी लाई प्रष्ट पार्दै थियो ! पक्कै पनि भ्रष्टचार भएको बुझिन्थ्यो !

म :-" माननीय ! अस्ति फलानो गते, हजुरले कति ओटा परियोजना पास गर्नु भो, अनी मेलम्ची खानेपानी परियोजना पारित गर्नु भो ?

ऊ : "माननीय ! अरु सबै सके तर यो मेलम्ची खासै महत्वपूर्ण लागेन र पछी सरेको हुँ, "

म :- "अस्तिको त्यो मर्स्याँन्ग्दी परियोजनामा अनियमितता भयो भन्ने उजुरी परेको छ नी त्यस बिषयमा के भन्नुहुन्छ" भन्दा !
उसले निकै चाप्लुसी गर्दै भन्यो :- "एस्तो कुरालाई गुनासो नभन्नु न माननीय, हजुरलाई नी ५ अरब व्यक्तिगत खातामा हलिदिनेछु, so मुद्दा बन्द गर्दिनुस !" भन्दै उसको असली रुप देखायो !

म :-"तपाई जस्ता नै भ्रष्टचारी नेताले गर्दा नै आज, देशको एस्तो नाजुक अबस्था भएको छ, देशको एक ठुलो पार्टीको हिसाबमा संबिधान सभाको दोश्रो चुनाबले जिताएर पठाएको तपाइको पार्टी र जनताले दिएको म्यान्डेडलाई लात हानेर, एस्तो जन बिश्वास लत्याउने कार्य गर्दा नी शर्म छैन है, वाह ! कस्तो पुरुस्वार्थ गरे झैँ गर्नुहुन्छ ! धिक्कार छ तपाई जस्ता, सेतो अनुहार बोकेका, काला विचार राख्ने नेतालाई, देशले तपाईलाई कहिले माफ गर्ने छैन र म स्वयम् पनि कहिल्यै माफ दिने छैन ! "

मेरो कुरा सकिन नपाउँदै ऊ :-"हाम्रो पार्टीले चाह्यो  भने जे नी हुन्छ, तपाई मलाई धम्कि नदिनुस् प्रधनमंत्रिज्यु! मैले भोलि नै तपाई को कुर्सि छुटाउन सक्छु, त्यो कुर्सि छोड्न बाध्य हुनुपर्नेछ " विवाद संगै धम्कि दिने कुरा गरे !

म:- तपाईको कर्तुत, म सँग पहिले नै प्रतिबेदन सहित छ, आफनै मुखबाट भन्नु भो, तपाइलाई आजको नै मितिबाट पदच्युत गरिएको छ, हटाइएको छ ! अब तपाई घरमा हैन, खोरमा सड्नु हुनेछ "

एती भन्दै, अख्तियार दुरुपयोग आयोगका साथीलाई पत्र देखाउँदै उनलाई हिरासतमा लिन, उक्त प्रधानमन्त्री कार्यालयमा नै अनुरोध फोन बार्ता गरें !

          येसरी माफियाको मुख्य मानिस, एबम मन्त्रि जस्तो मानिस, नै भ्रष्टचारको मुद्दा सहेर, जेलमा सडेको देख्दा ! नेपालका धेरै मिडियामा ठुला ठुला फोटो सहित भ्रष्टचारी लाई जेल चलन गरेकोमा राम्रो कार्य भनी छापिएको थियो ! कुनैमा "प्रधानमन्त्रीको कार्य दिनप्रतिदिन, देश र जनतामा चासो, फेरी आज भ्रष्टचार गरेको आरोप सहित जलश्रोत मन्त्रि पदबाट हटाईए", कुनैमा "देशको सच्चा सेवक प्र.म. दाहाल अब देशमा भ्रष्ट =चार निर्मुल गर्दै, मन्त्री बर्खास्त, भ्रष्टाचार आरोपमा " भन्दै पत्रिकाको फ्रन्ट पेज रंगाईरहेका थिए ! भने अर्को तर्फ पार्टीको र केहि नेताको पैसाका भरमा पर्ने, आफुलाई संचारको साधन र म पत्रकार हुँ भन्ने, लेख्दै थिए "दाहाल नेपाललाई हिटलरले झैँ शासन गर्दैछन, उनको दूशाहस बढ्यो, जलश्रोत मन्त्रि  बिनाकारण हटाए", अर्कोले लेख्यो "दाहाललाई अब यो प्रधानमन्त्री पदबाट हटाउनु पर्छ, उनले ताण्डb नृत्य गर्दैछन, देशलाई डुबाउने " झन अर्कोले "दाहाललाई सुशासन भनेको थाहा छैन, २१ सताब्दीमा फेरी जंगी शासन ल्यौन्दै छन !

बजारमा एक पार्टीको भात्रीसंगठनले र्याली नै निकाल्यो

," दाहाल प्र,म  चाहिंदैन, देशमा एस्तो नेता चाहिंदैन !"

"जलश्रोत मन्त्री पुनर्बहाली गरि पठाऊ , दाहाल लाई प्र.म, बाट तल खसाउ "

                देखिन्थ्यो, देशको ९५% भन्दा बढी साधारण जनता तथा ठुला साना सबै न्यायप्रेमी हरु प्रधानमन्त्रीको कार्यबाट खुशी थिए, तर एक आध व्यक्ति उनीहरुले भ्रष्टचार गर्न नपाएको र गुण्डागर्दी तथा हप्ता उठाएर, खान नदिएको देखेर, सरकार ढलाउन खोजिरहेका थिए ! येस्तैमा एकदिन म पोखरा एक  ठुलो परियोजनामा छलफल गर्न जानुपर्ने भयो, टाढा जानुपर्दा प्लेनमा जाने भए पनि पोखरा नजिक थियो र गुड्ने साधनमा नै जाने निर्णय गरें ! सबै जनाको एक समिति सहित छलफलमा हामी पोखरामा भेला भयौ! छलफल र निष्कर्ष पारित भो, अब देशले फेरी एक लगानीकर्ता प्राप्त गर्यो ! त्यो दिन ढिला सम्म बैठक चलेकोले पोखरा मा नै बस्ने निर्णय गरियो! भोलि पल्ट बिहान, काठमाण्डौ लाग्यौ, म काठमाडौँ बाट तेता आउने साएद कमैलाई थाहा थियो तर आज फर्किंदै छु भन्ने कुरा, सबीलाई जानकारी भयो, किनकी नेपालको मिडिया येस्ती ससक्त छ कि, जुन सुकै खबर छिनमै फ्लासआउट गर्थ्यो! बिहानी समाचारमा नै समाचार सिर्शक "प्र.म.महत्वपूर्ण निर्णय गरि, आज काठमाडौँ फर्किंदै" भन्न भ्याएका थिए ! म आठ बजे नै काठमाण्डौ फर्किने भए, कार्यालय पुगेर, केहि थप कार्य नी आज नै गरिसक्नुपर्ने थियो र हुस्सु लागेको बाटोमा नी म, उही अल्बा १०६ मा अगाडी बढिरहेको थिए, मुग्लिन कति सकेको थिए अझ हुस्सु बाक्लो लाग्न थाल्यो ५०० मिटर बाटो नी देख्न गार्हो भो, दिउस नै हेडलाईट अन गर्न पर्ने अबस्था आयो, मेरो अगाडी अनी पछाडी सेनाका गाडी छन, तर कहिले ति धेरै अघि, कहिले पछिको धेरै नै पछाडी पार्दथ्यो, मौसम प्रतिकुल भएको हुनाले ! तेसरी नी जब म नौ-बिसे काटेर त्रिशुली खोला छेउका बाटोमा यात्रा के गर्दै थिए अचानक, मेरा अघि दुई मालबाहक ट्रक देखा परे जसले बाटो पुरै ढाकेका थिए, पक्कै नी तिनले मलाई नै बाटो रोकेका थोए! म मोटरसाइकल रोक्न पर्यो भन्ने मात्र के सोच्दै थिए, पछाडी बाट एक बडो ट्रकले नै मलाई र मोटरसाइकल दुवै त्रिशुली खोलाको बिचमा पुग्ने गरि नराम्रो सँग ठक्कर दियो ! म अचानक त्रिशुली खोला बिचमा झरें !

हिंडदै गरेको मानिस बिच बाटोमा ढलेपछि,
कंहा देखिन्थ्यो उज्यालो दिन,आंखाका ज्योति जलेपछि।

भेटिन्थ्यो कंहा छायाँ, खोजेर उसको,
जब ध्रुबे हात्ती सरिर नै माटोमा मिलेपछि !

रित नै हो संसारको झिसमिसेमा चन्द्रमा क्षितिजमा भस्ने,
मृत्यु! जिबनको अन्तिम बिन्दु, चाहेर नी रोक्न नसक्ने !



                      ओहो! जब म त्यो खोलामा खसे, तब म एक आवाज सुनिन थाल्यो! "टिनिनी~.टिनिनी~~टिनिनी~~~" यो ध्वनि लगातार मेरो दिमाखमा बज्न थाल्यो !
र मेरा आँखा खुले , म त्यो सपना बाट ब्युंझीन पुगें |


धन्यवाद !!

 लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL


       हाल :- Dubai, UAE


Email :- pearl_nepal@yahoo.com




3 comments:

  1. एऽऽऽऽ कडा । यो त लघु उपन्यास नै भो नि ! ;)

    ReplyDelete
    Replies
    1. This comment has been removed by the author.

      Delete
    2. मलाई नी लम्बिएर लघु उपन्यास नै बनेको झैँ लागेको थियो | यी व्यंगले केहि असर नगरेको देख्दा चै बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रामा बाङ्गो को बांगै भनेछ | आभास भो सर

      Delete

"Thank you" For your time.