Thursday, December 29, 2016

NEFTA फिल्म अवार्ड 2016 मा नेपाली हिरोइनको तहल्का’ .... (फोटो फिचर )






प्रल्हाद दाहाल !
दुबई युयई 30 DEC .

                     चलचित्र प्राबिधिक संघ ले बर्षेनी गर्दै आएको “ NEFTA फिल्म अवार्ड “ अघिल्लो शुक्रबार डिसेम्बर २३ को दिन  दुबई UAE मा सम्पन्न भयो | “ NEFTA फिल्म अवार्ड 2016 Dubai “ नाम दिएको उक्त कार्यक्रम मा नेपाली चलचित्र कर्मी नायिका तथा नव-नायिकाले भने धमाका मच्चाएका छन | चलचित्र ड्रिम्स बाट नव नायिका को रुपमा देखा परेकी साम्रागी राज्यलक्ष्मी शाह को पहिरन देखेर , उअप्स्थित दर्शक ब्रिन्दले उनलाई बलीउड कि नायिका सन्नी लियोनि संग दाँज्दै नेपाली चलचित्र क्षेत्रकि कामुक नायिका  “ सन्नी लियोनि 2 “ नाम दिएका छन !





















                  अवार्ड कार्यक्रममा ब्रा बिना
 नै लाइने ‘ गाउँन “ पहिरन लगाएर 
इन्ट्री मारेकी साम्रागी उपस्थित सबैको
 आँखाको तारो बनेकी थिइन | हलमा
 नेपाली चलचित्र क्षेत्रका एकसे एक 
हस्ती उपस्थित भएपनि दर्शक 
साम्रागी तिर नै घुरेर, करके नजरले
हेर्ने र भ्याएसम्म उनीसंग फोटो 
खिचाउने प्रयासमा थिए |

हरेक व्यक्तिले सम्भब भएसम्म उनि संग फोटो खिचाएका थिए भने,,,,\






                    उनलाई हेर्दै गरेका टर क्यामेरा तिर ध्यान नदिएका खालका अप्रत्यसित तस्विर हरु सामाजिक संजालमा भाइरल भएर आयका छन |






 


                                         नेपाली चलचित्र का महान पुराना हस्तीहरु बशुन्धरा भुषाल र करिश्मा मानन्धर संगै एकै खाले स्थनमा उपस्थित उनि लाई देखेर सबै अचम्मित थिए | उनको पहिरन ट्रान्सपरेंट थियो बाहिरबाट नै भित्रको बक्षस्थल ( बूब्स ) स्पस्ट देखिन्थ्यो |




आखिर किन साम्रागी कामुक बनिन ?\


                   “ ड्रिम्स “ बाट नायक अनमोल केसी संगै चलचित्र क्षेत्रमा पाइला टेकेकी उनि, त्यत्रो अवार्ड कार्यक्रम “ NEFTA फिल्म अवार्ड 2016 “ मा यसरि उपस्थित हुनुलाई सस्तो लोकप्रियता को संज्ञा दिएको छ | उक्त कार्यक्रममा नेपालका महानायक “ राजेश हमाल “ आफ्नी श्रीमती “ मधु “ को साथमा र निखिल उप्रेती, कलाकर बशुन्धरा भुषाल तथा नायिका करिश्मा मानन्धर लगायत युवाको मनमा रहन सफल नायक “ आर्यन सिग्देल “  र  “ वर्षा राउत “  तथा लगभग निर्देशक, निर्माता, हाँस्य कलाकार हरु तथा प्ले ब्याक सिंगर तथा .. फिल्मी गायक, संगीतकार तथा प्राबिधिक गरेर १४० भन्दा बढी कलाकर्मी को उपस्थित थियो |





       अवार्ड कार्यक्रमको थालनी संगै कार्यक्रममा युयई का राजकुमार “Sultan bin Zayed bin Sultan Al Nahyan “ को समेत उपस्थिति थियो |






           उंहाद्वारा नेपाली महानायक राजेश हमाल तथा अन्य कलाकार संग सानो भेटघाट समेत भएको थियो | शेख सुल्तान कार्यक्रम “ NEFTA फिल्म अवार्ड 2016 “ मा ३० मिनेट भन्दा काम समय उपस्थित रहेपनि उक्त कार्यक्रम को शोभा भनेको बढेको थियो | 





             

                      अब कुरा गरौँ अर्की हालकी चर्चा र “NEFTA फिल्म अवार्ड 2016 “ मा उपस्थित भएर ठाम अनुसारको पहिरन गर्न नजानेर बिबादमा आएकी गुरुङ चलचित्र कि नायिका “ छुल्थिम गुरुङ “ जो गायिका समेत बनेकी थिइन “ खसेको तारा “ देखेर भन्ने गित युयई मा नै छायांकन गरेर बजारमा लाए पछी |




                  
                  उनि बिबादमा तानिनुको मुख्य कारण भने सामाजिक संजालमा देखिएका यी तस्विर का कारण हुन् | एक नायिका भइसकेपछी कुन ठाउँ मा के लाएर जाने भन्ने समेत थाहा पाउन नसक्नु र उनको ति हर्कत मा photo सामाजिक संजालमा ब्याप्त बह्येर छाउनुले उनलाई निकै बिबादित बनाएको छ |





                 उनले के समेत गरिन भने समुन्द्री किनार ( beach ) मा पेन्शील हिल लगाएर जाँदै मुर्खता प्रस्तुत गरे\न जबकी मानिस त्यंहा टू-पिस र बिकिनी मा चप्पल लाएर ,मात्र उपस्थित थिए | त्यंहा उनि सबै को हाँसो र चासोको पात्र बनिन | “ तस्विर आँफै बोल्छ “ भने झैं माथिको पहिलो तस्वीरले यसलाई पूर्ण रुपमा उजागर गरेको छ |



                        जब उनको दोश्रो फोटो सार्वजनिक भयो, dubai को सबैभन्दा प्रिय र संसार भरको देशका सामन किन्न र बिभिन्न खेलको मजा लिन पाइने अत्याधुनिक बजार “ Global Village “ मा भने उनि “ बाथरुम स्लिपर “ मा उपस्थित थिइन र पोज पोजका तस्विर लिन तल्लिन थिइन | यस्ता हर्कत’ले नेपाली सिने क्षेत्र र रंगकर्मी लगायत सम्पूर्ण कलाकार को नाम लाई निकै असर र गिराउने काम गरेको छ | यी हर्कत भविष्यमा नदोहोरिउन भन्ने आशयका साथ सामजिक संजाल फेसबुक र ट्विटरमा युवायुवतीले आक्रोश पोखेका छन |      

                                  
                     अब कुरालाई बिषयमा नै केन्द्रत गर्दै, NEFTA को नवौं संस्करण “ NEFTA फिल्म अवार्ड 2016 “ डुबईमा सभ्य र भब्य रुपमा सफल भएको छ.. कन्सेप्ट भिजन ले dubai बाट सहकार्य गरि नेपाली प्राबिधिक संघ द्वारा संचालित कार्यक्रमले नेपाली चलचित्र क्षेत्रलाई बिस्तारै बिश्वमा चिनाउन सफल बनेको छ |






                
                 NEFTA को नवौं संस्करण “ NEFTA फिल्म अवार्ड 2016 “ डुबईमा जम्मा दर्ता भएका ४१ फिल्मको प्रतिस्पर्धा मा कुल ३१ विधामा अवार्ड बितरण भयो |

कसले कुन अवार्ड हात पारे !


·         उत्कृष्ट नायकः दयाहाङ राई (कबड्डि कबड्डी)
·         उत्कृष्ट नायिकः नम्रता क्षेष्ठ (क्लासिक)
·         उत्कृष्ट चलचित्रः पशुपतिप्रसाद 
·         उत्कृष्ट निर्देशकः उज्वल घिमिरे (वडा नम्बर ६)
·         उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी कबड्डी)
·         उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)
·         उत्कृष्ट कला निर्देशकः पासाङ टी शेर्पा (वडा नम्बर ६)
·         उत्कृष्ट नृत्य निर्देशकः रेनशा वान्तवा राई (प्रेमगीतम यस्तो गीत गाउँछु) 
·         उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद) 
·         उत्कृष्ट कस्ट्युम डिजाइनरः युबी थापा (प्रेमगीत)
·         उत्कृष्ट ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली) 
·         उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी (भैरव) 
·         उत्कृष्ट श्रृंगार र केश विन्यासः दीपु पौडेल (को आफ्नो) 
·         उत्कृष्ट पाश्र्वध्वनीः सुजिल कर्माचार्य (फन्को) 
·         उत्कृष्ट हाँस्य अभिनेताः विल्सनविक्रम राई (अधकट्टी) 
·         उत्कृष्ट खल नायकः बिपिन कार्की (पशुपतिप्रसाद) 
·         उत्कृष्ट सहअभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद) 
·         उत्कृष्ट सह अभिनेत्रीः निस्मा घिमिरे (जन्मभूमि) 
·         उत्कृष्ट नव नायकः पल शाह (नाइँ नभन्नू ल ४)
·         उत्कृष्ट नवनायिकाः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रीम्स) 
·         उत्कृष्ट गीतकारः कृष्णहरि बराल (नाइँ नभन्नू ल ४मलाई माग्ने बनायौ)
·         उत्कृष्ट गायकः सुगम पोखरेल, (प्रेमगीतम यस्तो गीत गाउँछु) 
·         उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीतम यस्तो गीत गाउँछु) 
·         उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीतम यस्तो गीत गाउँछु)
·         उत्कृष्ट संगीत संयोजनः राजन इशान (वडा नम्बर ६सुर्के थैली) 
·         उत्कृष्ट छायकांरः पुरुषोत्तम प्रधान (नाइँ नभन्नु ल ४) 
·         उत्कृष्ट सम्पादकः बिपिन मल्ल (फन्को) 
·         उत्कृष्ट जनजाति चलचित्रः तिमी नभए (हंग्री आइ फिल्मस) 
·         पपुलर चलचित्रः ड्रीम्स 
·         पपुलर नायकः अनमोल केसी (ड्रीम्स) 
·         पपुलर नायिकाः पूजा शर्मा (प्रेमगीत)






                             कार्यक्रम मा पचास वर्ष पूरा गरेको भन्दै पहिलो नेपाली चलचित्र आमालाई नेफ्टा स्वार्णिम अवार्डभूकम्पपछिको पुनर्निर्माणमा योगदान पुराएको भन्दै हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई पृथक योगदान अवार्डले सम्मान गरियो । छक्का पन्जा निर्देशक दिपाश्री निरौलालाई प्रोत्साहन सम्मान तथा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई समेत नेफ्टाले सम्मान गर्यो !  दर्शक हरुलाई मनोरंजन दिने काम पनि निकै महत्वपूर्ण देखियो ! जसमा महानायक “ राजेश हमाल “ जी ले नायिका मेलिना जोशी सँग बाझो खेतमा, रातो टीका निधारमा लगायतका गीतमा नृत्य गरे ......


तस्विर सौजन्य :- समाजिक संजाल ! 

No comments:

Post a Comment

"Thank you" For your time.