गर्भमा नौ महिना, अनेक पिडा सहँदै पाल्नु भो,
आमा जन्मिन नपाउँदै मलाई अंगालो हाल्नु भो !
जन्मेर धर्ती टेक्ने बितिक्कै, म आत्तिएर रोएको ,
आमा ! आमा !"आमा"नै पहिलो शब्द मैले बोलेको !!
"आमा" दिन रात नभनी स्याहार गरिदिने,
यी कोमल सरिरमा,कति धेरै ममता भरिदिने !
आची लाई पापा भन्ने 'म' मा ज्ञान भर्नुभो,
यिनै हातपौउ बडा गर्न, धेरै दूख गर्नु भो !
सन्तानलाई खुवाउन, कति दिन त भोकै,
हजुरका स्नेह, माया, ममताले गोद भर्नु भो !
कति लाचार थिए म, ओछ्यान मै फोहोर गर्ने,
"आमा"महान, केहि नबोली सन्तान गु-मूत सोर्ने !
"आमा"कै गोदमा हुर्कियौ, अनी हामी बढ्यौ,
आमाको साथ रही बाराखरी क ख ग... पढ्यौ !
"आमा"को हौसला र प्रोत्साहनले बालापन छोड्यौ,
भन ! उनको आँसु पुछ्न, हामीले के काम गर्यौ !
ठूला भइकन गाउँघर, बनपाखा देश नै छोडयौ,
निस्वार्थ माया दिने आमाबाट मुख अन्तै मोड्यौ !
सकी नसकी मायाजालमा फस्यौ अनी फसायौ ,
किन होला ? अनकन्टार ठाममा बस्ति बसायौ !
जे हुनु गल्ति भयो, बाटो बिरायौ हामीले जिबनमा,
आमा जननी हुन, भुल्ने दुसाहस नगर्नु त्यो मनमा !
हिजो जुनै हालतमा, छोड्यौ "आमा" अनी जन्मस्थान,
जाऊ अब माटो खन, पसिना पोख, गर देशको उत्थान !
हिजो जुनै हालतमा, छोड्यौ "आमा" अनी जन्मस्थान,
जाऊ अब माटो खन, पसिना पोख, गर देशको उत्थान !
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)
No comments:
Post a Comment
"Thank you" For your time.