Thursday, September 25, 2014

भिख मागिरहेको मान्छे |

म कबि हैन, मेरो कबितामा दम छैन
सायद ! म नबप्रवेशी हुँ, भनिरहनु पर्दैन |

तैपनि यथार्थले सबैको मुटू चिसो हुनेछ |
र आशा छ, आँसुले थोरै मुहार धुनेछ
अरु केहि छैन मात्र एकआशा यो पढ्नु भन्नुको
सबैको सोच सकारात्मक बन्न सहयोग गर्नेछ |


कबिता :-


हात फैलाएर भन्दैछ
एक दुई रुप्पे दिनु !
एका बिहान मन्दिरको डबलीमा
आजान हुनुअघि मस्जिदको छेउमा
चर्चको ढोका अघि नै
बौध्द स्टुपा ध्यान केंद्र अघि
ऊ हातमा एक भांडो लिई
बिहान
दिउस
साँझ
हरदिन
हर समय
हरेक मिनेट
हर सेकेण्ड
उपस्थित छ |


कति देखेपनि नदेखे झै
परैबाट भागी हिंड्ने,
कोही दिनकै मागेर बस्छ
हेर्दा येत्रो बाघले खाईनसक्ने
35, 40 को मान्छे छ
न अन्धो छ
न लंगडो छ
नत खोरण्डो छ
हातगोडा त सध्दे छन त
फेरी नी दिनकै माग्न लाज नभाको
कस्तो लाज पचाएको मान्छे रैछ
काम गरेर खानु नी
दुःख गर्न छोडेर
मागेर नै जिन्दगी चलाउने सोच्या छ क्या !
बरु मेरा घरमा बारी खन्न आउनु
खेत बाँजो छ, त्यो खने पैसा दिन्थे
उसलाई इंकित गर्दै एक महिला बोल्दै हिंडी |



काम नपाए, मलाई भने भो
मेरो अफिसमा पिउन को काम मिलाईदिन्थे
यंहा भीख मागेर
के लाजमर्दो काम गर्या दाइ ?
छेउबाट एउटा टाईसूट लाको
हेर्दा 40 कटेपनि
आफुलाई अझै नी झिल्के ठान्ने
एक  अफिसदार पुरुष बोल्यो |


तर ऊ केही बोलेन
ऊ त्यो नसुनेझै
मनिसको मुख नहेरी
भुईतिर मुख जोत्दै
फेरी नी बोल्यो 

एक  दुई रुप्पे दिनु !


भट्टीबाट भर्खरै बाहिर निक्लेको
आँखा लाल लाल गरेर
भुइँमा खुट्टा जेनतेन टेक्दै
ऊ सामु एक जन्डह्या आयो
थुचुक्क, ऊ बसे छेउमै बस्यो
र अंगालो हाल्दै भन्नथाल्यो|
हेर भाई ! त मेरो भाई जस्तै होस
मलाई दाइ सोच
मैले भनेको मान
माग्न् छोड
मागेर केहि हुन्न
मैले जस्तो दिनभर काम गर
पसिना पोख, पैसा त येतिकै मिल्छ
पैसा हातको मयल हो ,इन्जोई गर्नुपर्छ,
खान्छस एक प्याक ? भन्दै जन्डह्या  गयो |


हेर्दा निकै भलादमी
टक्क दौरा सुरुवाल लाएको
पक्का नी नेता हुनुपर्छ
ऊसले बोल्यो
यो मान्छे त सध्दे नै छ
ननुहाई  येतिकै बसेर कालो भा हो
यसलाई यंहा माग्न  लगाएर
पक्कै  कुनै डलरबादीले
बिदेशी अनुदान खान खोज्या हो
यस्तालाई एक पैसो नी नदीम
ऊ छेऊतिर रहेका एकहुललाई
भाषण कै रुपमा बताएर हिंड्यो |


धेरैले धेरै थरि कुरा गरे
लाखौ ले बोले
ती भनिसाध्य भएन
एकतिर हुलबाट इन्जिनीयर
पढ्दै गर्या मान्छे होला, ऊ  बोल्यो
कुनै यांगल बाट असक्त देखिन्न त !
स्तो लाछी रहेछ, बोल्दै नबोली ना जवाफ छ
जा ! भोलिबाट  हल्का यांगल तल माथि गरेर
नाटक गर्दै माग्ने बनेर आउने गर |

दीन बित्यो, अरु दीन बिते |
अर्को दीन सबेरै कसैले देख्यो
ऊ माग्न छोडीसकेछ
ऊ त्यहि स्थानमा छ
आउने जानेलाई वास्ता गर्दैन
अचम्म मान्दै, मानिस ऊ सामु पुग्यो
छुन खोज्यो, घिनायो
अलि नजिकै गएर सुंघ्यो
अंह स्वास फेरेको जस्तो लागेन
तेस्तैमा अरु मानिस थपिए
सडकमा चटक देखाए झैँ
रमिता हेर्ने एक हुल नै बन्यो
कसैले बोल्यो, 'उठ'
ऊ उठेन
दोश्रोले पल्टाएर, ओई ! उठ न भन्यो
ऊ उठेन नै
अर्कोले आयो, लठ्ठीले घोच्यो
फेरी नी ऊ केहि बोलेन
भिड बढ्दै गयो, जसले- जे भने, जे गरे नी
ऊ उठेन |



ठूलो तमासा बन्यो
सबै आउंदै, रमिते बनेर बसे
भिड देख्दै एक आइमाई दौडेर आइन
उसलाई देख्नेले
'लौ ! यो माग्ने बुढी त यता नी आइछे'
हिजो उताको डबलीमा माग्दै थिइ त !
येस्तो मान्छे मरेको ठाममा के माग्न आकी होला !
तिनी भीडमा नबोली भित्र आइन
जब देखिन, भिड हुनुको रहस्य
त्यो मानिस, अँगालो हालिन, उनी डाँको छोडेर रुन थालिन
'बाबा ! मलाई छोडी जानु भो ! हाम्रो छोराको के हाल होला ?'


छेउबाट एक व्यक्तिले चिहायो
अलि अघि आयो
आफ्नो झोलाबाट
लामो नाक भाको क्यामेरा झिक्दै
फोटो खिच्न भ्यायो | ऊ पत्रकार थियो ,
टक्क ! रोकियो, सास लामो लामो फेर्यो
यिनी त "बिश्व जित्ने मान्छे" लेख्ने
साहित्यकार पो हुन
मुहार मलिन गर्यो, दायाँ-बायाँ हेर्यो
दाहिने हातमा सेतो कागज, एक चिठ्ठी देख्यो
पढेर सुनाउन थाल्यो |



"राम्री श्रीमती पाएँ, घरजम गरें
निकै खुशीमा बाँचे केहि साल
एकदिन मैनबत्ती कोठामा बलेको
उनी कोठामा थिइन, कोठा नै बल्यो,
श्रीमतीको अनुहार सरिर सबै जल्यो |
ऊ काम खोज्दै धेरैको मा गई
कुरूप, जलेकी स्त्री भन्दै  कसैले काम दिएनन |
एकदिन काम खोज्दै गाकी
एउटा नरपिचाशले ;- मसंग रात सुतेर जा
पैसा दिन्छु, काम त पाउन्नस भन्यो रे |
कुरूप थिइ, तर मनकी काली थिइन
अरुको चोर्ने, ढाट्ने, गर्दैनथि
कुपात्र कस्तो रैछ?  काम दिंदा त कुरूप भन्ने तर
उनैसँग सम्भोग गरि, यौन प्यास मेटाउने चाहना राख्ने
ऊ निराश भई र घरै बसी -



-गर्भवती थिइन,
घर बेचे उपचार गरें
तिन महिना अघि छोरो जन्मियो
उजाड शिशिरमा बसन्त खुशी छायो
जसरि ऋण धन, ज्याला मजदुरी गर्दै रहे
एकदिन आफैं ढले, उठ्दा, अस्पतालको शैयामा पाएँ
२ महिनाअघि डाक्टर भन्छ
तपाइलाई ब्लड क्यान्सर भएको छ
कम्तिमा तिन महिनामा एकचोटी रगत फेर्नुपर्छ |
रगत सित्तैमा मिल्छ  तर
रगत चढाउनु कम्तिमा ५० हजार लागत लाग्छ |
जब दुख पर्छ,मानिसले
ईश्वर, अल्लाह, प्रभु, बुध्द को शरण पर्छ
 म र मेरी श्रीमती सल्लाहले, आफ्नो ज्यानको भिख माग्दै
मन्दिर, मस्जिद, चर्च, गुम्बा धाएं
आज जिन्दगीले मलाई साथ दिएन |-



पत्र पढेर आँसु नझार, तिम्लाई आँसु झार्ने अधिकार छैन
हिजो, देखेर नदेखी हिंड्ने,
गनाउने रैछ, भन्दै छि छि र दुर्ब्यबहार देखाउने
आज मृत्यु देखेर, डराई किन गोही आँसु झार्छौ,
सक्छौ, तिम्रो गुणा सबै माफ होला,
मेरो 3 महिने छोरोको रेखदेख गर्न सहयोग गरे
मैले येतिका दीन भिख मागी ४९ ९९९ जम्मा गरेको मेरो पोल्टो मा छ
तेस्ले उसको खर्च धान्दैन,
म बाबुले कर्तब्य पुरा नगर्दै अल्पायुमा संसार त्यागें |-
म, भिख मागिरहेको मान्छे |


भोलि कतै मन्दिर, मस्जिद, चर्च, गुम्बामा
कोहि अशक्त, अपांग वा माग्ने
देखेमा तर्किंदै नहींड्नु
ऊ  म जस्तै बेसहारा, रोगी हुन सक्छ
मेरो परिचय
नाम
हरिहर अब्दुल क्रिष्टोफर भिक्षु
बाँच्न जिबनको भिख माग्दै गरेको म,
भिख मागिरहेको मान्छे |
 
 
 
धन्यबाद |
 
 

लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

हाल :- Dubai, UAE 

 Email :- pearl_nepal@yahoo.com


4 comments:

  1. सुरुमा त कविता पनि कति धेरै हो भनेर तर्सेको म त! पढ्दै जाँदा सकिएको पत्तै भएन राजा... राम्रो छ, किप इट अप :))

    ReplyDelete
    Replies
    1. dherai dhanyabad guru... will try hard in next one.. :)

      Delete

"Thank you" For your time.