Wednesday, September 4, 2019

मेरो कथा ।



हेलो! म ' गौरब ' । मसँग नाम गौरब बाहेक गौरब गर्न लायक केहि छैन झै लागिरहेछ । " निराश, ऊराठलाग्दा दिन र दिक्दार लाग्ने पलहरू माझ रूमलिरहेको छु " मलाई यस्तै लाग्थ्यो । यत्तिकैमा मेरा परदेशका सुरूका केहि महिना बितिसकेछ ।
बजारमा शोशलमिडीया सञ्चालन थिए र आजका दिनमा यिनको प्रयोग बढिरहेकाले मलाई समय सदुपयोग गर्न र मनोरञ्जन लिनुका निम्ती त्यसलाई उपयोग गर्ने सोच आयो । गौरब को दिमाखले " ओई, फेसबुकमा एउटा खाता खोल । " अब्यक्त आदेश दियो ।


फेसबुक' ले सुरूका दिनमा मेरो फुर्सदका समय लगभग 12,14 घण्टा नै मिनेट मिनेटमा नोटिफिकेशनका घण्टिसॅगै पाऊन थाले । त्यहि दौरान, 3 अंकका नम्बरमा मेरा साथीका सुचि बने । बिहानको ब्रेकफास्ट, दिनको खाना, खाजा र रातको खाना समेतमा फेसबुक मेरो साथमा भयो । अझ गजब ! के कुरा भने, बिहानको "Good Morning" र रात्रिकालीन "Good Night" भन्ने मेरो अभिन्न मित्र नै #Facebook बन्न पुग्यो । घर गाँउको खबर, साथीभाइको उन्नति प्रगति, कलाकारको कलाकारिता, बयस्क केटीहरूका ऊत्ताऊलो पन झल्किने तस्बिर र छछल्किने जवानी, सिसिरका पहाड र रूख जस्तै पानीका प्यासी केहि अधबैँसे र केहि किशोराबस्थाका पुरूषको कुण्ठा मिश्रित भाब पोख्ने पोष्टहरु र देश बिदेशका समाचार लगायत यावत चिज चित्रित फेसबुकका हरेक भित्ता देखिन थाले ।

मेरो नी एक चाहना भनौ वा फेसबुक चलाउने बहाना " प्रेमिका " नभएकाले, कतै यताबाट राहत मिल्छ की भन्ने नै थियो । एकदिन झसङ्ग भए, जब म रेल स्टेशन जाने क्रममा मेरो हातबाट मोबाइल खस्यो । मोबाइल खस्नूको कारण म ' ऊनि ' सॅग अनायास हिड्दै गरेको बाटोमा ठोकिनूथियो । हत्तपत्त मोबाइल ऊठाए, चारैतिर घुमाएर पिँध देखि टाऊको कान, र पूरै मेटलबडि हेरेसी बल्ल ढुक्कले लामो सास फेरे ।
" आई यम सरि "
ऊनिपट्टि हेर्दै भने । ' नो!नोनो~~! ईट्स ओके ।
OH MY GOD .... OH MY GOD
यो दुबैको मुखबाट एक्कासी ऊच्चारित शब्दसँगै ' हाहा हिही ... ' मुस्कानको एक माहोल बन्यो ।

ओहो!! तिमी पो ???
तिमी अर्थात .......

क्रमश :

Hey guys, I am going to write a sequel Story on my post. And going to post it regularly therefore, Please comment and share your ideas, What topic u wanna see and good to be highlighted in story. I want my Storytelling to be A lessons and it must give Reader A positive Empact. Hope, This kind of My new concept of sharing story will be live and will be good Start for all of us A story lover.

And please write A name,
If You have read the story above
" तिमी = Whats the name You love to see " ???

feel free to write :-
PRALHAD DAHAL
Email :- pearl.nepal7@gmail.com
pearl_nepal@yahoo.com
insta :- https://instagram.com/pearl_nepal
twitter :- https://twitter.com/pearl_nepal
blog :- https://unexpressed-feelings.blogspot.com/
YouTube :- https://youtube.com/c/pearldigitalstudio
fb page :-  https://facebook.com/fornepalesePhotography









No comments:

Post a Comment

"Thank you" For your time.