Tuesday, May 30, 2017

" आमा " लाई सानो चिट्ठी । ( Letter To Mother )

मिती :- २०७४ जेष्ठ १७ गते
प्यारी ममतामयी ' आमा ' दर्शन, संगै चरणमा सेवा ढोग गर्दछू । आफु सन्चै रहेर त्यंहा पनि सबैलाई आराम होला भन्ने आशा राख्दछू ।
अरबको घामले असाध्यै ' ढाड ' पोल्यो आमा ! तिमीले " बाबू ! आऊ ढाड' मा तेल लाईदिंछु " भन्दा म लाजले मुख ढाक्दै भाग्नेछू । मलाई थाहा छ ! ' आमा ' त्यो देख्यौ भने मेरी देवी-माता तिम्रो आँसू को फोहोरा बग्नेछ र तिम्रो आँसू पूछन नसकेर म जिंउदो लासझै ' लाचार ' भई हेर्दै हुनेछू ।
यी अरबका तातो र गर्मिले मेरो ' रगत ' सुक्नू अघि, ती फलामे मेसिनले मेरो हात-खुट्टा कूँजो बनाउनू अघि म नेपाल फर्केर आफनै माटोमा पौरख गर्नेछू, खेतीमा सून'झै पँहेला धानका बाला झूलाऊनेछू । त्यसैले ' आमा ' म नेपाल फर्कनेछू ।

आजलाई यति नै बाँकि भेट मा भनौला ...
उही तपाईको प्यारो छोरा !
हाल -मुग्लान ।

No comments:

Post a Comment

"Thank you" For your time.