Thursday, March 23, 2017

' परदेशी छोरो '


बूढ़ा भए बाबू तिम्रा हल गोरू गोठमै छन हेर
फलेका फलफुल स्याऊ, सुन्तला बोटमै गयो खेर
बिदेशका डलर र रिंगेट मुद्रामा भुलेर कतै भूल गर्यौ
सिमास्तम्भ र उर्वर भूमिले गिज्जाई पो रहेछ लौ हेर ।
बन्द छन, किन कान खुल्दैनन चिच्चाहट आमाको त्यो सुनेर
तराई चेली बलात्कार भो, आँखा त्यसै बन्द नखुलेर
हिजो खोलानाला लूटे, अब लूटछन इज्जत हाम्रो घरको
बाँधौ द्वार बालियो ताला लगाऊँ जूनहोस विश्वासिलो भर
देशलाई आफनै छाती ठान्ने गोबिंद गौतम ढल्दा खेर
सरकार बोल्दैन धावा ! अब नेपालको रक्षा गर्ने को भोर ?
छोडिदेऊ गुलामी पराईको, बनाऊ पोको घर फिराइको
बाबा-आमा मूलबाटो हेर्छन ' परदेशी छोरो ' फर्केर आऊ घर ।
विश्व कविता दिवसको शुभकामना
प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.