'बरही गजल !
भनिदेउ निष्ठ्ररी मैले तिम्रो, मायामा कति ऋण खाएकोछू?
देख्दिनौ किन जबकी म मरेर तिम्लाई गुन लाएकोछू ।
देख्दिनौ किन जबकी म मरेर तिम्लाई गुन लाएकोछू ।
भन्नत सबै सजिलै भन्छन, चोखो प्रेममा ज्यान दिनुपर्छ
म जली खरानी बनेरनै, तिम्रोमा उज्यालो जुन ल्याकोछू ।
पलांस फूल्यो लालूपाते झुल्यो, म-चै शिशिरको तुशारो खाँदैछू
जसलाई चाहन्थौ जूनीभर उही'म कल्पबृक्ष अबसकून भाकोछू ।
छिटै बदलिने बादल बन्यौ, तिमीलाई चन्द्रमा उपमा दिएथे
पढेर ख़ुशी हुनू अन्तिमपत्र लेख्ने'मसि आफ्नै खून पाएकोछू ।
भेट्न आउनु उही चौतारामा, जुनिजूनी बाच्ने कसम खाथौं
मेरो लासको मलामी जानू, हारेर प्रेममा बिष-चून खाकोछू ।
@प्रेममोती मार्च-९ २०१६
No comments:
Post a Comment
"Thank you" For your time.