Sunday, February 26, 2017

song गित ( झरी !!! १)

झरी ओ ! झरी पर्दा तिम्रै मात्र याद आऊने 
 यता हेर्छू उता हेर्छू छैनौ तिमी हात समाऊने
 झरी ! ओ झरी ... आँसू सरि झरी ! 


 पीडा ओ ! पीडा जति थुप्रेछ सबै यी मनमा 
न दिन कट्छ, न रात ! बित्छ संधै अल्झनमा 
 पीडा हो पीडा ... धेरै भयो पीडा !!! 

 कथा ओ ! कथा जस्तै भयो हाम्रो प्रेमको यो गति
 पाऊन नसकिने इच्छा नरोकीने, दूरी भयो चंद्रमा छूनू जति
ब्यथा भो ब्यथा ... मेरो तिम्रो मायाको नौलो कथा ....

 खुशी ओ ! खुशी खोज्दै म सवैको लागी परदेशी हून आएछू
थाहै नपाई कतिखेर पहिले म, जवानीसंगै लीलामी भएछू
 खुशी ! ओ खुशी ! म आज रंगत पसीनासंग साट्दैछू कस्तो ख़ुशी ???


प्रल्हाद दाहाल
(प्रेममोती ) 

No comments:

Post a Comment

"Thank you" For your time.