Monday, February 20, 2017

धमला माथि यूएई'मा हमला ! ... ( Hot news )







दूबई यूएई ! १८ फ़ेब्रूएरी । यूएई बिगत केही महीनादेखि नेपालका राजनीतिज्ञहरु आऊने जाने र राजनीतिक तथा कूटनीतिक छलफल को सिलसिला बढीरहेको छ । झन ऊर्जा सम्मेलनका लागी नेपालका सरकार प्रमुख श्री पुष्पकमल दाहाल (प्रचण्ड ) र ऊर्जा मन्त्री श्री जनार्दन शर्मा यूएईमा आएर सम्मेलनका अलावा यँहा कार्यरत कामदार तथा संस्था प्रमुख संग भेंटवार्ता गरे । त्यस पश्चात लगातार नेपालका मुख्य पार्टीका शीर्ष घेरामा रहेका नेता श्री प्रदीप ज्ञवाली एमालेका ले भ्रमण गर्नुभयो भने लगत्तै गत साता हाल सरकारमै सामान्य प्रशासन मंत्रालय सम्हाली रहनु भएका श्री केशब बहादुर बूढ़ाथोकी कांग्रेसले यूएई टेकेका थिये । यूएईमा यस्ता राजनीतिक भ्रमण हुनू नौलो भने होईन सरकारी दाता मै ३ लाख माथि श्रमिक रहेको र त्यसबाहेक चोर बाटो र दलालको शहारा लिएर यूएई आऊने को संख्या जोड़ेमा लगभग ४ लाख पचास हराहारीमा नेपाली छन । नेकपा माओबादी का बिप्लवले यूएई आएर यूएई मा कार्यरत कामदारको क्याम्प स्थल निरीक्षण गरेर यँहा रहेका माओबादी निकटहरूसंगको छलफल पछी नेपाल गए पार्टी घोषणा गरका थिए । श्रोतका अनुसार यूएई मा पूर्व अयोग्य ठहरिएका लड़ाकू को उल्लेखनिय संख्या छ, ती सेकुरिटी गार्ड र यँहाका पुलिस मा कार्यरत छन । रिपोर्टश क्लबका अध्यक्ष रिषी धमला तिनै अनूहार हून जो हरक कार्यक्रम र व्यक्तिको भ्रमण तथा सवारी र रिबन काटने ठाम मा सदैव अगाडी देख़िने क्यामेराको कैदमा हूँछन । त्यो अनूहार यूएई मा देखिनू कुनै आश्चर्य र नयाँ कुरा भने होईन । तर अकस्मात ऊनी राजनीतिक भ्रमण सकेका नेता नेपाल नपुगदै यँहा देख़िनुको कारण जान्न सबैलाई उत्सुकता भने रहेको थियो ! उनलाई ' भ्रमण को उद्देश्य के हो ? ' सोध्दा उत्तर थियो व्यक्तिगत भ्रमण ।



(Dhamala with Action on Speech )
साएद ! भ्रमण गरेर बिश्व अग्लो भवन बाट यूएई देश हेर्न र बुझ्न मात्र आएका थिए । उनलाई धांदिग सेवा समाज ले सम्मान गर्ने भन्दै बोलाएको कार्यक्रम नेपालीको सगरमाथा रेस्टौरेंट को खुल्ला हलमा ( outdoor) कामदार को समस्या र गुनासो अनि नेता र उनको कार्यक्रम ' धमलाको हमला ' र ' जनता जान्न चाहनछन ' मा हुने प्रतिफल नमिल्ने र बिना निष्कर्ष टूँगिने बहस प्रतिको आक्रोश ले ऊनी ब्याकुल नै भए । संधै अरुको सातो लिने धमला नून ख़ाको कूखुरा बने र अरुलाई क्यमेरा मा रातोपिरो पार्ने धमला यूएई का पत्रकारको क्यामेरा फ़ेस गर्न मुश्किल मानीरहेका थिए । त्यस लगत्तै अर्कों अनौपचारिक यूएईका पत्रकार संगको भेटघाट मा उनले ' जोखिम पत्रकारीता ' गरीरहनु भएको भन्दै रिपोर्टर्श क्लबले सम्मान दीनेछौ बताए । उनलाई राजनीतिक होईन अब नेपालमा पर्यटनका सम्भावना आधुनिक कृषि खेती र उद्योग कलकारख़ाना ( तस्विरमा धमला धेरै प्रश्न आयेसी,, के जवाफ दिने सोच्नमा व्यस्त )
बारे बहस गर्न र रोजगारी सिर्जना गर्न तर्फ राज्यको चौथो अंग
पत्रकारीताले भूमिका खेल्नुपर्ने पत्रकार तथा समाजसेवीले सुझाब दिए । धमला गत बुधवार राती अवतरण गरी दुई दिन पश्चात हिजो शुक्रवार साँझ नेपाल फ़र्किये । हिजो दिनमा नेपाली दूतावास यूएई ले गरेको कार्यक्रम मा सामेल उन भने यँहा धेरै समस्या रैछ तर म यसको दोष दूतावासलाई मात्र दिन्न । .........

No comments:

Post a Comment

"Thank you" For your time.