Monday, February 6, 2017

गजल

प्रेमको मूल्य बूझ्ने होईन, मस्त छिन जवानीसंग
मरेसी खोल्छिन कीत गुनासो मेरो जलेको खरानीसंग
डराऊ भने आगोले पोल्छ भनि सबैले ऊसलाई
पूरै गाऊँ लग्यो बाढीले भनेनन डराउनूपर्छ पानीसंग
सुन्दरी देखेर मायामा फस्यो आँखाको जालमा मनपनि
आख़िर जिउनूपर्छ बुझ्नुस उनको रूप होईन बानीसंग
कति कठोर मृत्यु पनि असल मान्छेसंगै मनोमानी गर्छ
दुईमुटू छूटाउँछन बैरी त्यस्तै बिदाहुन्छ शरीर परानीसंग
 ( ५ फ़ेब्रूएरी )
:-प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.