Thursday, January 26, 2017

गजल ( प्रेम र वियोगको संयोगको भाव )

आफ्नो आफ्नो कर्ममा हूँछ, सुख दुःखको हिस्सा तालमेल
जसलाई मुटूमा सजाई राख्यो, उसले नै गर्छ नयाँ झेल !
यो ' माया ' जिवन जिऊने सहारा होनी बुझ्ने कहीले?
प्रश्न निष्ठुरीलाई किन रच्यो ' प्रेम ' को यो झूटो खेल !
ऊदायौ सूर्य किरण बनेर, 'मायालु उज्यालो' छर्यौ मनमा
आशा देखाई धकेल्यौ अन्धकारको भुमरिमा अनि-भयौ ओझेल !
साँचै-म गलत थिएँ अन्जान व्यक्तिको मायाप्रेममा विश्वास राखें
बिछोडमा बाँच्न निकै गार्हो, बरु ! सजिलो सजाय आजीवन जेल !

No comments:

Post a Comment

"Thank you" For your time.