Friday, September 9, 2016

गजल १० SEP

आज-काल उनलाई देख्न पनि रहर भएकोछ
तिन्को तस्विर चिनो, ज्युँदैमार्ने जहर भएकोछ |

माथ्ला घरका जोतिषीले मुनामदनको जोडी भने
साथ छुटेसी त उनि-बिना बाच्न कहर भएकोछ |

अरुका लागि घुम्तीहरु मिलनको संगमस्थल हुन्छन
उनको बिहे त्यही मोडमा, मलाई त्यो मशानघर भएकोछ |

हिजो संसार जित्नसक्ने जंगबहादुर कल्पंन्थे आफुलाई
आज कठै आँगन पिंढी गर्नु, चन्द्रमा पुग्ने ठहर भएकोछ |

छिट्टै बित्ने दिनहरु हाँसखेल अनि ठट्टा मजाकमा हाम्रो
त्यहि समय मेरोनिम्ति कालरात्रि प्रत्येक प्रहर भएकोछ |

गजल १० सेप्टेम्बर
@प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.