Friday, September 9, 2016

गजल

दिव्या तिम्रो मेरो दूरी बढ़छः हेर्दै जाऊ . त्यस्तै गरी
जसरी समुंद्र को किनारा पर-पर हूँछन उस्तै गरी

प्रेमको बियोग न सहन सजिलो, न सजिलो प्रेम पाऊन
काँडामाझ मुस्काऊँछ गुलाफ म हिड्छू गुलाफ दुरुस्तै गरी !

हिजोको तिम्रो मीठो बात, त्यो न्यानो काँख याद हूनेछ
जसरी सूर्यमुखी फक्रन्छ घामको उज्यालोमा सुन-जस्तै गरी

साएद गोरेटोमा भेटिन सक्छु, शालिग्राम बगरमा मिले जस्तो
एकले आंशु पुछनू अर्कोहातले घुम्टो संगाल देखे-नदेखे प्रश्टै गरी

ए भोक तँ निंद्रा कंहा छस,  हराईस नी आजकाल किन?
सबैले लत्याए कूल्चे थूके प्रेमिकाले साथ छोडेझै सस्तै गरी !

गजल (८ सेप्टेम्बर )
प्रल्हाद दाहाल (प्रेममोती )

No comments:

Post a Comment

"Thank you" For your time.