आँखा आँखा झिमिक्क !
मुटू मुटू कुटुक्क !
ओठ ओठ मुसूक्क !
माया बस्यो सुटूक्क !
मुटू मुटू कुटुक्क !
ओठ ओठ मुसूक्क !
माया बस्यो सुटूक्क !
मुक्तक हरू :-
१.
मात्र रहरले आइएन पर-देश
बाध्यतामा छोडियो घर-देश
मन रोएकैछ, सम्झी आफन्त
दिन गन्दैछु , फर्किने स्व-देश |
२.
कहाँ मिल्छ त सोचेजस्तो आफ्नो मनले
रहनदिन्न आफ्ना हातको सिप र ज्ञानले
३.
धन बाडे भरेबाट तर्कीतर्की भाग्छन
ज्ञान बाडे संधै तिम्रो पाउमा शिर राख्छन
ज्ञानी बन,असल कार्यमा एकचित्त लाग
खुशी पोल्टोमा,दुःखपिर परपर भाग्छन| .
@प्रेममोती ( प्रल्हाद दाहाल )
No comments:
Post a Comment
"Thank you" For your time.