Wednesday, July 20, 2016

उडेको पन्छी जस्तै ..

रे ग म प .. नि ध प म ...
सा रे ग म प ध नि शा ...


१. केटि
उडेको पन्छी जस्तै ,,,,
उडेको पन्छी जस्तै उड्न देऊ मलाई
आकाशको बादल जस्तै डुल्न देऊ मलाई
जीवनभर संगै जिउन सक्दिनौ भने निष्ठुरी
क्षणभरको हाँसो खुशी, साथ नदेउ मलाई |

2.केटा
उडेको पन्छी जस्तै उड्न देऊ मलाई
आकाशको बादल जस्तै डुल्न देऊ मलाई
जीवनभर संगै जिउन सक्दिनौ भने निष्ठुरी
मेरो आफ्नो संसारमा स्वतन्त्र, भुल्न देउ मलाई |


३. केटि
मिठा मिठा बातका लर्को, कहिलेकाँही बोल्छौ चर्को
यस्तो लाग्छ, मलाई भुल्छौ होला मभन्दा धनी पाए अर्को
कति खुशी तिम्रो निम्ति आफैं बेची किनेकोछु
यँहा को कस्तो छ? जालीझेली सब चिनेको छु |

उडेको पन्छी जस्तै उड्न देऊ मलाई
आकाशको बादल जस्तै डुल्न देऊ मलाई
जीवनभर संगै जिउन सक्दिनौ भने निष्ठुरी
क्षणभरको हाँसो खुशी, साथ नदेउ मलाई |


४. केटा
काँखमा राख्ने  मेरो बाबा भन्ने भेटिन्छन लाखौ केटि
यो मनले अपनाएको तिमी, संसारमै पहिलो चोटि
भूल हुनसक्छ कहिले मातमा फर्किन सक्छु घर
सम्हाल्नु तिम्ले हाम्रो, मायाको यो सुनौलो सहर |

उडेको पन्छी जस्तै उड्न देऊ मलाई
आकाशको बादल जस्तै डुल्न देऊ मलाई
जीवनभर संगै जिउन सक्दिनौ भने निष्ठुरी
क्षणभरको हाँसो खुशी, साथ नदेउ मलाई |

५. केटि

मायामा घातमाथि घात हुन्छ, सम्झनामा मायाको याद हुन्छ
तैपनि प्रेममा फसेसी, मनमा संसार जितेको उन्माद हुन्छ |
सोचेजस्तो नभएनी हाम्रो यो प्रेमकथा जिउने एउटा आधार होस
तिमी आयौ जिन्दगीमा, यो नै अब जिन्दगीको खुशी बहार होस |

उडेको पन्छी जस्तै उड्न देऊ मलाई
आकाशको बादल जस्तै डुल्न देऊ मलाई
जीवनभर संगै जिउन सक्दिनौ भने निष्ठुरी
क्षणभरको हाँसो खुशी, साथ नदेउ मलाई |

दुबैले :-
उडेको पन्छी जस्तै
उड्न देऊ मलाई
डुल्न देऊ मलाई....

क्षणभरको हाँसो खुशी, साथ नदेउ मलाई ....
केटि :- मलाई ...
केटा :- मलाई

धन्यबाद !'

प्रल्हाद दाहाल ( प्रेममोती )


No comments:

Post a Comment

"Thank you" For your time.