" यो देश पृथ्वी ना.शाहको कल्पना, बिरभक्ती र भीमसेन थापाको पाखुराले अर्जेको देश
चारैतिर हरियाली, उत्तरमा हिमालय, पहाड र दक्षिणमा तराईका फाँटले सजेको देश । "
चारैतिर हरियाली, उत्तरमा हिमालय, पहाड र दक्षिणमा तराईका फाँटले सजेको देश । "
मेरो देश दुखेको बेला, म हाँस्न सक्दिन आमा !
" लुटेराहरुले देश लुट्दै गर्दा खबरदारी गरिन भने
म नेपालीको छोरो गर्व गर्दै, अब म बाँच्न सक्दिन आमा ! " 2
महाकाली र सप्तकोशि, कुलेखानी टिस्टा काँकडा
बेचे सबै-सबै, फेरी बेच्दैछन कपूतले कर्णाली बिचरा !
सिंधुपाल्चोक नुकाकोट भारपार्कमा भोकै प्यासले मर्देछन ती,देखदैछन
कस्तो विरक्तको धुन, कवि " नेपाल नामको देश थियो" लेखदैछन आमा !
" लुटेराहरुले देश लुट्दै गर्दा खबरदारी गरिन भने
म नेपालीको छोरो गर्व गर्दै, अब म बाँच्न सक्दिन आमा ! "
हिजो शासकको ख़िलाफ़ कोहि उठेन, हामी भोग्दैछौ जून पीड़ा
आज आवाज उठाइन भने हामीलाई भावी सन्ततिले धिक्कार्छन हेर
असल कामको लागी फाँसी चढौ, सडकमा शहीद भै रेटिऊँ
अब हामी देशको सीमा घेरौ, बेच्न नदिऊ कसैलाई एकमुट्ठी पानी हेर
" लुटेराहरुले देश लुट्दै गर्दा खबरदारी गरिन भने
म नेपालीको छोरो गर्व गर्दै, अब म बाँच्न सक्दिन आमा ! "
उत्तरको सगरमाथा, पहाड मेरो शिर, तराईको सुन झूल्ने फाँट मेरो सुन्दर घर हो
न पहाडी, न हिमाली न मधेसी मत, नेपालको छोरो म, नेपाली मेरो थर हो ।
हिजो उस्ले, आज यस्ले नेपाललाई जित्न खोजदैछ, नहार्ने गोर्खाली ठहर हो
लागीपरून शत्रु जति टुक्राउन हामीलाई, नेपालीको भाईचारा नटुटने पत्थर हो ।
" लुटेराहरुले देश लुट्दै गर्दा खबरदारी गरिन भने
म नेपालीको छोरो गर्व गर्दै, अब म बाँच्न सक्दिन आमा ! "
जय नेपाल ! सुन्दर शान्त बिशाल!!
धन्यबाद !!!
:- प्रल्हाद दाहाल (प्रेम-मोती )
No comments:
Post a Comment
"Thank you" For your time.