फुल रोज्दा पाएँ नी काँडा, म हुन्न कहिले टाडा
भेटेसी चुपबस्छु भन्छु, के हुन्छ म मा जहिले छाडा
कति रमाइलो त्यो साँझ ति रमणीय पलहरु थिए
रुनु न हास्नु मन फुट्छ, चलेसी ति यादको बाँड
आखिर प्रेम बसेको थियो, मिलन बिछोड भाग्यमा
किन बदलियो निर्णय तिम्रो, तिमी धनी म गरिब त्याँड?
साथीहरु त सुखमा मात्र हुन्छन नी साथमा थाहा पाएँ
त्यसैले मितेरी गांसे भट्टीमा, र पिउन थाले मैले जांड |
फुल रोज्दा पाएँ नी काँडा, म हुन्न कहिले टाडा
भेटेसी चुपछु भन्छु, के हुन्छ ' प्रल्हाद' मा जहिले छाडा
साहित्यकार प्रेममोती @प्रेममोती
No comments:
Post a Comment
"Thank you" For your time.