Sunday, July 3, 2016

धान रोपाईं ( कविता )


फोटो :- जयराम  दंगाल 


यो पालि निकै सप्रेको छ रे धान
म फर्कने दशैंमा पायो कि ग्यान
आमाले नी नयाँ सारी ल्याकीछिन रे
छोरालाई बर्षौपछी भेट्ने छ ध्यान |

असारे मासको दबदबे हिलोमा रोपे..
धान गोड्दैछन कर्मठ हातहरु यो साउन
म परदेशी को रहर कैले पुग्नेहोला खै?
असारे भाकासंगै रोपारर्संग दोहोरि गाउन |

सुन है मित्रहरु आउंछु पर्म मेलो म पनि
मंगसिरमा नुहेका धान काट्न, मेसिन चुट्न
बिगतलाई भुल्ने छौ, भाका हालेर गीतका
देशमै मिलोस काम, नपरोस युवाले देश छोड्न|

@प्रेममोती ४ जुलाई २०१६ |

No comments:

Post a Comment

"Thank you" For your time.