Tuesday, July 5, 2016

नशा (गजल दुई /६ जुलाई )

सबै  भन्छन, नपिउनु पिउनु  गलत नशा हो
तर कसैले भनेन र फसे , प्रेम ठुलो नशा हो |

त्यो पहिलो दिन थियो, कलेज  क्लासमा पुग्दा
कसैले बतायो, यी राम्री छेउकी छुच्ची उषा हो |

साएद सकिन्थ्यो होला छोड्न संसार सजिलै
सम्झनामा बाँच्नु परेकोछ, माया ८*१/२ दशा हो |

भन्नेले प्रेममा प्राप्ति हुन्छ, साँचो मन चाहिन्छ भने
उनको नै मन बदलियो, पक्कै त्यो चीनको मिस्या हो |

आकाशका तारा त टुटछन एकदिन मिती पुगेसी थाथ्यो
हैट! के उदास 'प्रल्हाद ' प्रेममा फसाउनु उनको पेशा हो |

सबै  भन्छन, नपिउनु पिउनु  गलत नशा हो
तर कसैले भनेन र फसे , प्रेम ठुलो नशा हो |

@प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.