Tuesday, July 5, 2016

गजल ३ ( ६/जुलाई )

मनमा भुँइचालो गयो भने घर ढल्दैन घरवार ढल्छ
जँहा बिश्वासको मत हुन्न तब आफ्नैमा तरवार चल्छ |

बर्षौबर्ष खेलेको काँख र कर्म सिकाएका हात छोडिन्छ
अनि त्यो मान्छे, कसैको बनावटी मायामा लम्पसार हुन्छ |

कथन भो छोराले पाल्छ बाबुआमालाई छोरा पाउनेपर्छ
गएर हेर त प्यारा ति ब्रिध्दाश्रममा आँशुका जल-धारा हुन्छ |

बिचार गर है पालो तिम्रो पनि हो भोलि, समय रोकिन्न
घरबाट आमाबाबु निकाल्नु, तिम्रो जन्म त धिक्कारे हुन्छ |

श्रीमतीले यति रकम लिएर पोइल गई, श्रीमान विदेश रे
भन ! साथी आमाबाबुसंग नबस्ने केटीको के संस्कार हुन्छ?

चुकुल पहिला लगाऊ घरको साथी, सम्बन्ध टिक्छ तिम्रो
बाजा बजाउन पर्दैन नत कहीं कतै चोरी-चकार हुन्छ |

@प्रेममोती 

No comments:

Post a Comment

"Thank you" For your time.