मेरो यो खुलापत्र एक' लाई मात्र नभएर हरेक युवा-युवती जो एमाले'का नेता केपी ओली'ले प्र.म हुँदा देखाएका सपना ले यथार्थ के हो? भूलेर अन्धो भई उनकै जय'जयकार गाई'रहेकाछन, उँहालाई मेरो केही भन्नु छ । र म शब्दमा उतार्दैछू ।
मित्रहरु ! सादर नमस्कार !!!
" सपना देख्न पाईन्छ तर सपना बांडेर झूट को खेती अबश्य सुहाउंदैन । "
हून त यो मेरो कुरा सन्ने बित्तिकै तपाईका रौ ठाडा भएहोलान, कंसिरी तात्यो होला, अनि मुख प्याक-प्याक्ति भएर सूक्यो होला । यो प्यास न पानीको हो नत कुनै पेयपदार्थको यो त केवल मनको जलन हो किनकी जसलाई आज भगवान मानिन्दै छ, उसलाई आरोप सहित झूठका खेती नायक भन्दा आफुलाई जन्मदीने आमाबाबूलाई कसैले अपशब्द बोल्दाको जति नै रिस, क्रोध र अहंकार पैदा हुंन्छ । म यो कुरा बुझ्छु । मैले ओली जी लाई झूठका खेती गर्ने नेतृत्व को संज्ञा दिनुमा मेरो कुनै पूर्वाग्रह छैन । न म अचेत छू, न मैले बजारमा पाइने झोल पिएर मात्दै यो लेखेको छू । म पूर्ण होस-हवास' मा रहेर यो लेख्दैछू ।
प्रिय मित्रहरु ! मलाई तपाईको घर ठेगान केही थाहाछैन । तपाईहरुकै लेख(status) हेर्दा थाहा हुन्छ कि तपाईहरु हिजोको मजस्तै हुनुहुन्छ, भनौ तपाईलाई देखाइएका सपना मलाई धेरै अघि देखाइयो, मतलब मलाई मात्र नभएर कुनै भेग वा क्षेत्रका अझ स्पष्ट रुपमा भन्छु, लभभग काठमान्डौ जिल्लाका आधा जनसंख्या लाई पहिले देखाइयो र अहिले आएर पुरै नेपाल, र नेपालीलाई सोहि सपना बाँडियो | साएद ! मित्र तिमीले ' एमाले ' लाई चीनेका छैनौ । गएर सोध्नू ? काठमाण्डू क्षेत्र न.२ मा की किन एमाले'का महासचीब समेत रहेका माधव कुमार नेपाल २०६२/६३ आन्दोलन पछीको चुनाव' मा भारी मतले पराजित भए? मित्र ! अनि सोध्नूस तिनै एमाले भित्रका यिनै महान केपी ओली जी जस्ताले चूनेका पार्टी महासचिव किन दुई दुई निर्वाचन क्षेत्रमा पराजित भए । चिन्न चाहनुहूँछ ? एमाले'का महासचिव लाई भारी मतले हराईं बिजयी हुने ती को थिए? नेकपा माओबादी'का झक्कु खनाल । साएद ! तपाईले उँहाको बारे गूगल गरे नी, पत्ता लागदैन की यी नेता को हून ? कंहा का हून ? तर यसरी राजनितीक रुपमा आफ्नो छबी पनि स्पष्ट नगरीसकेका नेता चुनेर किन फालियो त एमालेका प्रभावशाली नेतालाई ??? किन बहिष्कार गरियो त काठमान्डौ, राजधानी मै नेकपा एमाले लाई????? छोड़नूस यी कुरा :- यो पार्टी ' न पोथी न भाले एमाले ' भनेर काठमाँड़ौ क्षेत्र न.२ मा परिचित छ । यो झूठको व्यापार गर्ने नेताजीको पार्टी हो । मित्र तिमिले केपी को पालामा आयर एमाले लाई नजिकीयर चिन्न थाल्या होला तर मैले न नजन्मदैं ४६/४७ साल बहुदलिय चुनाबबाट नै कास्तो पार्टी भनेर चिन्ने अबसर मभंदा अग्रजबाट जानकारी पाईरहे ।
बहुदलिय व्यवस्था आएसंगै ktm-२ बाट प्रत्येक चुनावमा यसैक्षेत्रबाट हरेक चोटी एमाले बहुमतको साथ बिजयी भयो र प्रत्येक चोटी बोल्यो हामी हरेक घरमा पानी चौबिसै घण्टा चल्ने, मोटरबाटो कालोपत्रे अनि स्वस्थानी कथामा समाबिष्ट ' श्री सालीनदि ' पुल फ़राकिलो र चौड़ा गरी पहिलेको ठामभन्दा सजिलो क़रीब १०० मीटर पर सारी दुईतर्फ़ी सवारी आवत-जावत हुने बनाईदिंछौ । ४७ साल गयो, ५२ साल पनी गयो र फेरी ०५८ को चुनाब आयो जीते र गयो पनी तर सपना बांडे झूठकै सहाराले लगभग दुई दशक सत्तामा रमाए बिकास र निकास केही भएन ।
मैले भनेका कुरा अझै नी विश्वास नलागे ktm ले ओगटेको तर निकास र बिकास को अवस्था हेर्दा कुनै राजधानी बाट टाडा रहेको ठाम जस्तै ' पुरानो मल्लक़ालीन सहर ' सांखू ' र सांखू पालूबारी जोड़ने सालिनदी पुलको जीर्ण अवस्था हेर्दा र दुई गाडी पास हून खोज्दा एकलाई ब्याक गरायर अर्कों लाई जान दिएर मात्र अघि बढन सक्छ । अझ भूकम्प पछी यो स्थान'को अवस्था झन दयनीय रहेको छ । त्यस्तै ' जरसिंग पौवा' 'भोटेचौर' कार्तिके. ' पालूबरी ' थली ' मूलपानी ' सहित ' बागमती किनार समेत छोएको ' नारायणटार ' यो समुदायका मानिसले एमाले'को तर्फबाट के विकास पाए ? अनि सोध्नूस, कुनै पार्टीको महासचिव जस्तो व्यक्तिलाई गलत्याए सरि किन हार को बदला लिइयो ???
मित्रहरु एउटा कुरा भन्छु ! कृपया नरिसाउनुहोला है? मेरा सामजिक संजालमा जोडिएका तपाईमध्ये ७५ % परदेशमा हुनुहुन्छ | भन्नुस त ! श्रीमतीलाई म साहुको ऋण र घर जग्गा जोड्ने रकम अनि तिमीलाई घांटी भरि सुनको ' हा**र ' ल्याइदिन्छु भन्दै विदेशिएको कति भयो? घरका ति बुडा बा-आमा'लाई सहारा चाहिएको बेला, म छिट्टै साहुको साँवा ब्याज सहित चुक्ता गर्छु र हजुरको यो मैलो टोपी मात्र फेर्ने होइन बुवा, म पुरै नयाँ दौरा सुरुवाल र रित्तो हातमा लाउनको लागि एउटा टिक्ने घडी ल्याउने छु र आमालाई नयाँ गुन्यु चोलो पटुकी अनि सुनको बाला लिई एकैसालमा फर्किन्छु भनेको कति भयो ? ति साना बा' वा आमा' भनेर नचिन्ने बेलाका सन्तानको भविष्य उज्वल गर्छु भन्दै सानु बाबा ! मेरी छोरा/छोरी म आर्को दशैंमा नयाँ लुगा ल्याएर आम्छु है, नरोई बस्नु भन्दै परदेश लागेको र तिनै कलेजिका टुक्रा छोडेर दशैं नमनाई विदेश कैभूमिमा पडेको कति भयो ? अनि सानी बहिनी'लाई म अर्को साल आम्छु भन्दै मखमली फुलको माला उनेर राख्नु भन्दै आशा देखाएर तिहारमा घर नगएको र ति चेली को मन बर्षेसाल रुवाएर बसेको कति भयो ???
अझ केहि अबिबाहित हुनुहुन्छ जो भर्खरै पल्लाघरे डाँडाकि छोरी संग ' म'याँ ' बस्दै गर्दा बिचमै, म अर्को मंगसिरमा आई सिन्दुर हालेर घर भित्राउँछु कान्छी ! पिर नगरी बस | भन्दै दोबाटो सम्म आएकी उसलाई हात हल्लाएको र चार'चार बर्ष हुँदा पनि बिहे गरेर भित्राउन नसक्दा, उसले बाध्य भएर, चार, पांच सालको ' म-याँ ' लाई मनमै मारेर अर्कै संग बिहे गर्दा, यिनै सोसल मिडियामा उनीलाई ' धोकेबाज ' को संज्ञा दिंदै ..मेरो माया माथि घात गर्ने केटि भन्दै गालि गरेर के पाउनु भयो ?
कंहा गए, तपाइले भनेका आगे साल, आगेदशैँ, आगे तिहार र आगे मंगसिर ????
के कसो भयो, के बित्यो होला ति सोर्हबर्षे जोवनी' संगालेर चार,चार बर्ष राखेकी कान्छी को यी चार बर्षे यात्रामा ??? के कसरि सम्झाई होला उसले, ' लाहुरे ' को निम्ति म जसरि कुमारी रहनु पर्छ र कुनै हालतमा म' लाहुरे संग बिहे गर्छु भन्दा कति तिखा बाँड सही होला समाजको ? उनका घरबाट अब बिहे गर भन्दा, कति ढाँटीहोला, म पढाई सक्न लागे, सकेसी गर्छु नी भन्दै | वा कहिले रोएर, वा हाँसेर उनका परिवार'लाई सम्झाइहोला | अनि ति जुन जस्ता बा-आमाको अनुहार कति चाउरियो होला है, ' लाहुर' बाट छोरा/छोरी आउँछन कि भन्दै बाटो हेरीरहंदा ... ति तिम्रो प्रियसिले कसरि सम्झाई होला, ति लालाबाला, आँखाका नानी हरुलाई कि यो दशैँ तिम्रा बाबा न-आए.पनि अर्को साल, आउनुहुन्छ .. पिर नगर ल भन्दै र कति रोई होला तिम्री प्रियसी, एकान्तमा ढोका थुनेर.... कहिले हेक्का राख्यौ त ?
तिमी आँफैले एक परिवारलाई गरेको बाचा र यी सानो योजना त अहिलेसम्म पुरागर्न सकेका छैनौ भने, कसरि सक्लान त यी ३ करोड नेपाली लाई दिएको अनाबश्यक भाषण पिच्छेका नयाँ' नयाँ सपनाका र योजनाका नमुना पुरा हुन ??? के भनेजस्तो सजिलो छत गर्न? तिमी आँफैलाई प्रश्न गर !!!
अब कुरा गरौ, केपी शर्मा ओली जी उर्फ़ " उखाने बुडा " का निकास र विकासको झूट को खेती बारे । माँछे' ले प्रेम'मा मात्र झूटो बाचा गर्छ रे ' म आकाशको तारा झारीदिंछु प्रिय ! ' भन्दै । तर यँहा त अझैअचम्म पो भयो की ' ३ करोड नेपाली ' लाई मूर्ख बनाउने कार्य भो ।
काम गरेको त केही हैन केपी जीको गफ छदैछ । देख्नुभयो त जनताहरु हामीले त सोचेको हो नि गर्नै दिएनन भन्छन। जुन सरकार ले काठमाडौमा खानेपानीको पाइप राम्ररी बिछ्याउन सक्दैन, ढल मिसिएर पानी खाइनसक्नु हुन्छ | घर-घरमा पाइप पाइपमै ग्यास दिन्छ रे । सिलिन्डरका जमान गए पो भन्छ । बिचरा ! बालुवाटार र सिंह दरवार देखेको उसले भूकम्पले घरबार बिहिन भएर पालमा बसेर पानी र घाम छल्दै अनि भोक र प्यास संग लुकामारी गर्दै बसेका ति जनताहरु र तिनको उजाडिएको बस्ति । यदी सरकार'ले दिन सक्दैनथ्यो भने दुई लाखको आशा नदेखाएको भए, त्यही गाउँका साहु, मुखिया वा धनाढ्य संग जग्गा फिरौती राखेर भएपनि आज यी निमुखा जनताले आफ्नो बास, आँफु नै बनाउँथे | सरकार ले पैसा दिन्छु भनेकोले, आस गर्दा गर्दै यी असार साउनको बर्खामास को झरी ले निथ्रुक्क भिजेपछि बल्ल बुझे, ओली जी र साँची को एमाले पार्टी के रहेछ | बिचरा ! यो बर्खामासमा नत घर बनाउन सक्छन, नत ओत लाग्ने कुनै ठाम छ... निकै कष्टमा बिताई रहेकाछन दिनचर्या यिनै हाम्रा नेपाली भूकम्प पिडित दाजुभाईले | सरकारले यिनै उपत्यका संगैको नुवाकोट र सिन्धुपाल्चोक त देखेन, न केहि बिकास गर्यो ति स्थानमा भने ति गोर्खाका अति भुकम्प प्रभावित ले के सरकार छभन्ने आभास गरे होलान ? अनि ति हुम्ला, जुम्ला जाजरकोट बस्ने, पश्चिमका महाकाली तिर बस्ने र पुर्व नेपाल देखि तराईका मधेश समुदाय ले के थाहा पत्तो पाउलान कि अहिले देशमा कसको शाशन छ ??? को छअहिले देशको प्रधानमन्त्री ? तपाई अमेरिका जानुस वा विश्वको जुनै देश अमेरिकाको राष्ट्रपति को भन्दा ' भर्खरका तोतेबोली बोल्ने नानीले नी भन्छन " बालाक ओबम " तर मलाई लाग्छ, उंहा कति नेपाली ' सिनियरसिटिजन' (बुढाबुढी बा-आमा) लाई थाहा पनि छैन कि देशको प्रम अहिले ओली छन वा थिए | तेसका बाजे, नुन किन्ने पैसा छैन पाइपमा ग्यास, पानीजहाज चलाऊने, हुँदा हुँदा २ बर्षमा साउदीलाई पेट्रोल बेच्ने रे ? यस्ता कुरा सुनेर नी हामि अझ उनकै पछी छौ है !!! हामीलाई अब यो भ्रम मुक्त हुन कति समय लाग्ला ??? हामी कहिले बुझ्ने छौ कि, कसैले हामीलाई क्यारमबोर्ड को गट्टी बनाएर खेलाउंदैछ र ऊ रानी हात पारेर हामीलाई जिल्ल पार्दैछ ???
हामीले अझै कति कुर्नुपर्ला कि ! कसैले चुटकिला सुनाउंदा नी बिश्वास गर्नु रसाँचो मान्नु हामी आफैंको लागि कति खतरनाक हुन्छ ???? कहिले आम्छ त हामीलाई चेत ?????
प्रश्न यतिनै ....
जय नेपाल |
प्रल्हाद दाहाल (प्रेममोती)
हाल :- दुबई युयई |
No comments:
Post a Comment
"Thank you" For your time.