Tuesday, July 26, 2016

' नबयुग ' poem

भुलेर तिम्ले हिजोको घटना भोलि'लाई चुन्नूछ
बस्ती डुबाऊने नरसंहार गर्ने खोली'लाई थुन्नुछ
युवा तिमीले आफनै बलबुता र नेपाली पौरखले
संसार बदल्ने क्षमता भाको नबयुग'लाई बुन्नुछ ।
आवाज बिहीनहरूको हूंकार, पिडीतहरूको आक्रोश
हरेक कान कानमा पुराई, उत्पिडीत बस्ती'लाई फेर्नुछ
ल्याई खूशि भत्केका घर अनि शहरमा तिमीले दाइजो
बूडा बाजे-बजैको टिठलाग्दो जिवनमा खुशीयाली भर्नुछ।
खुल्ला सिमा बंदेज गरी पासपोर्ट र भिषा नियम ल्याई
अबैधानिक कुकर्म र राजस्व छल्नेलाई जेलमा हाल्नूछ !
हूम्लाजुम्ला तराई, महाकाली मेची फेरी एकीक्रित गरी
बिश्वको अग्लो शिखरझै नेपाली स्वाभिमान ऊँचो गर्नुछ!
कर्णाली बिजुली, पूर्व पश्चिम फास्टट्रयाक लगानी आफैंको
खोलेर नयाँ उद्धोगधन्दा, तिनै बिजुली बाटो प्रयोग गर्नुछ
खाएर सिस्नू साग र ढिंडो, गरेर देश विकासको काम
आँटे के हूँदैन र? बिश्वलाई चकित गर्दै ' म नेपाली ' भन्नुछ।
प्रल्हाद दाहाल (प्रेममोती )
सांखू काठमाण्डू, नेपाल ।
हाल :- दूबई, यूयई

No comments:

Post a Comment

"Thank you" For your time.