सा रे ग, म.प.ध. नि. शा. / शा. नी ध प. म. ग. रे. सा ...
बिलाएका जिउने आशा , जीवित भए तिमी संगै
पराइको हुने रैछौ, एकै भेटमा बस्यो माया झ्याम्मै | - केटा
बिलाएका जिउने आशा , जीवित भए तिमी संगै
पराइको हुनु रैछ, एकै भेटमा बस्यो माया झ्याम्मै | ;- केटि
कति राम्री सुकिलो बदन, हँसिली चम्कीली मणी झै
थाहा नपाई मनमा पस्यौ, बज्यो मायाको झन्कार जम्मै | ;- केटा
कागज लेऊ लेखिदिन्छु, सातै जुनी म हुँ तिम्रोनै
मनमा खुशीको भेल आछ, भाकोछु म सार्है दंगै | :- केटि
सजाएर सिउँदो सिन्दुरले तिम्रो, घुम्टो उघार्न पाए
सन्तानले 'बाबाआमा' भन्दा, तिमी म हौला फुरुङ्गै | :- केटा
कति छिटो ढल्यो प्रेम, गल्यो मन देख्दा आज तिमी
भाग्यले दिएन मेरो त , जान्छु भन्न करै लाग्यो ऊ संगै | :- केटि
तोड्छौ भने संस्कारको बन्धन तिमीले यो समाजको
चोखो माया गर्छौ भने, आजै लान्छु तिम्लाई आफु संगै | :- केटा
ला ला ला ... ला ला ला
बिलाएका जिउने आशा , जीवित भए तिमी संगै :- केटि
पराइको हुने रैछौ, एकै भेटमा बस्यो माया झ्याम्मै | - केटा |
लेखक :- प्रल्हाद दाहाल
No comments:
Post a Comment
"Thank you" For your time.