नमस्कार आदरणीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु | सर्वप्रथम! मेरो परिचय, म प्रल्हाद दाहाल, घर शंखरापुर नगरपालिका-७ साँखु, काठमाडौँ ! बिगत २०६७ सालदेखि युयई को दुबई(state)मा नोकरी गर्दैछु | हालको (ओली) सरकारले बजेट भाषण गरि, आर्थिकबर्ष २०७३/ ७४ को कुल बजेट ल्याएसंगै सबैमा केहि कौतुहलता यो कसरि कार्यान्वयन हुन्छ होला | यत्रो रकम सरकारले कसरि जम्मा गर्ला र कसले नेपाल सरकारको हार गुहार सुनेर आई स्वयम बिदेशी कम्पनी, बिदेशी यजेंट वा व्यक्तिगत वा संस्थागत लगानी गरेर, २०देखि२५ बर्षमा लगानी उठाउने र सो आयोजना नेपाल सरकारको पोल्टामा राखी फर्कने करार गरि निर्माण कार्यमा लाग्ला ? जिज्ञासा छन र मेरो मनमा नी यस्तै जिज्ञासा, कौतुहलता उत्पन्न छन |
र म नेपाल सरकारको काठमाडौँ मा मेट्रो रेल चलाउने योजना सुन्दा र पढ्न पाउँदा निकै खुशी भए | साएद ! यो खुशी तपाई नेपाली जनतालाई नी भयो होला, अब राजधानी जाँदा जे भएनी आरामदायी यात्रा गर्न पाइने भयो | अनि धेरै जनालाई ओहो ! इलेक्ट्रिक बाट चल्ने रेल, एकचोटी त जसरी चढ्नु पर्ला भन्ने पारिसक्यो | हाम्रा बृध्द बाबा-आमा जो अहिले ७० बर्ष नाघिस्क्नु भयो \ उंहा हरु अस्ताउन लागेको घाम हुनुहुन्छ | यत्रो ठुलो सपना देखाएर यदी उन्हाहरु यो योजना नबन्दै कालको घेरामा पर्नुभयो भने सोच्नुस त के होला, मर्नुअघि उँहाको ' अन्तिम इच्छा' पुरा नगरेको सजाय हामिलाई अझ भनौ, यो सपना देखाउने उंहा उच्च ओहोदाका मन्त्री, प्रम र सल्लहकार अनि सचिबलाई पछी यमराजको कठघरामा उभ्याई कुन सजाय होला?
खैर ! छोड्नुस | यीसबै अबैज्ञानिक कुराहुन, जसमा तपाई लाई बिश्वास लाग्न नी सक्छ, वा नलाग्न नी सक्छ | यी हाम्रा धर्मग्रन्थ ले दिएका सन्देश हुन् | तर म सरकारलाई यी कुरा होइन, एउटा निकै नै प्रभावकारी अनि कम लागतको नेपालमा रेल चलाउने योजना भन्दैछु |
ओली सरकार ! काठमान्डौमा मेट्रो रेल कुदाउने हजुरको कदम निकै राम्रो हो | तर जुन काठमान्डौमा बस्ने जनताले दिनको ११, १२ घन्टा लोडसेलडिंग को मार खेप्नु परेको छ तेता नी ध्यान दिनुस | यस्तो ठाउँमा मेट्रो (इलेक्ट्रिक ट्रेन) कुदाउने आधार के हुन त ? जँहा बिहान दश बजे भात खाने, अफिस जान आइरन लाउने र बेलुका घरमा पुग्ने बेला, स-परिवार रात्री भोजन गर्ने बेला बत्ती हुँदैन | तेस्तो ठाउँमा तिम्रो बिधुतिय रेल, के पानी खाएर चल्छ ?
हुनत ! " पानी खुवाएर भए नी म काठमान्डौ मा रेल चलाएर देखाम्छु | " भन्नुहोला प्रम ओली जी भोलिपल्ट नै मेरो यो जिज्ञासामा | तर मैले देखेको छु र बिगात २०६७ सालदेखि नैमयहि मेट्रो रेलमा दुबई जसलाई सेकेन्ड युरोप भनिन्छ, यँहाको हरेक सहर, महल (mALL) अनि गल्लि डुलेको छु | यो बिना चालक चल्ने रेल देखेर, पहिले कतिचोटी चड्दा छक्क परे | ' अझ सोच्थे | फटाहाहरु, अगाडी ड्राईभर राख्छन होला अनि हामीलाई चै पछाडी चढाएर कुदाउँदै स्टेशन, स्टेशनमा पुराउने गर्छन | उंहा मान्छे आफ्नो कामको लागि हस्याँग फस्यांग चढ्ने रओर्लने गर्छन | बिचराहरु लाई यो जसरि चलोस के भयो र ?
प्रमज्यु ! माथिका वाक्यांश र हरफमा प्रमज्यु ! भनेर सम्बोधन गर्न भुलेछु | अबका प्रत्येक अनुच्छेदमा सम्बोधन गर्नेछु | कृपया केहि भुलबश!: सम्बोधन गर्नभुलेमा माफी दिनुहोला | अहो! यो विद्युतीय रेल (मेट्रो ट्रेन) त बिना ड्राइभर पोचल्दो रहेछ र शुशाख्य यन्त्रको (COMPUTER) नियन्त्रण मा रहेनेरहेछ | म गलत रहेछु, मेरो भ्रम ' मेट्रो मा ड्राइभर हुन्छ ' भन्ने त्योदिन तोडेजबमआफैं मेट्रोको सबैभन्दा अगाडी बसेर, नेपालको बसको ड्राइभर सिटमा झैँ बसेर यात्रा गर्ने अवसर पाए | मलाई आफ्नै अनुभबले बतायो कि मेट्रो रेल बिना चालक चल्छ, यो साएद! मेरो पाँचौ पल्ट मेट्रो चढ्दाको पल थियो | म त्यसपछि मेट्रो कंहा, कसरी र केबाट चल्छ ? आफ्नै सोच र गहिराइबाट अन्वेषण गर्दै गए | प्रमज्यु , यस बिचमा मैले मेट्रो कुनै कारणबस बन्द हुन गएमा इमर्जेन्सी उद्वार गर्ने साथीहरु संग कुरा गर्न पाए | त्यस्तै मेट्रो सुरक्षामा खटिएका प्रहरी संग कुरा गर्ने मौका मिल्यो र मेट्रोको बारेमा मैले साधारण व्यक्ति भन्दा धेरै बुझे |
प्रमज्यु ! एउटा कुरा याद गराउँछु है नरिसाउनु होला? यँहा त दिनको चौबिस घण्टा, हप्तामा सातबार र महिनामा तिसदिन,अनि बर्षको बार्ह महिना बत्ती उपलब्ध छ | भन्नुस त प्रमज्यु, तपाइले मेट्रो चलाउने काठमाडौँ राजधानी सहरमा दिनमा कतिघण्टा बत्ति आम्छ ? अनि हप्तामा कति बारमा पुरा दिन बत्ति आम्छ ? र महिना र बर्षमा त म नसोधौ होला | यसरी जँहा बिद्युतकोसप्लाई नैराम्रो भएको छैन, त्यंहा तपाई विद्युतीय उपकरण, यात्राकासाधन चलाम्छु भनेर छाती फुलाई हिंड्दा, " छेपारोले पानी परेको दिन, अब भोलि त म घर बनाम्छु भन्छ र पानी पर्न छोडेर, घामलागेसी घाम ताप्दै बस्छ रे " त्यस्तै त होइनन नी तपाईका यी काठमाडौँ मारेल कुदाउने वाक्य , त्यस्तो हो भने, तपाई लगायत एमाले काठमान्डौ बाट उन्मुलन हुनुहुनेछ र देशबाट नै तपाई र तपाई को पार्टी लाई बहिस्कार गरिनेछ, मयस्तो होस्, सपनामानीदेख्न सक्दिन | म चाहन्छु कि ! तपाइको सरकारले बोलेको कार्य पुरागर्दै जाओस र आउने चुनाब मा तपाई लगायत तपाइको पार्टी बहुमतमाबिजयी भइ, एकल सरकार पांच बर्षसम्म चलाउन सक्षम होस | यो मेरोभित्री मनबाट हजुरलाई शुभकामना पनि हो |
प्रमज्यु! हालसम्म तपाइले गर्नुभएको कार्यबाट म बिश्वस्त छु कि तपाई बोल्ने मात्र होइन गर्ने मान्छे हुनुहुन्छ | पछिल्लो समयमा तपाइले चिन भ्रमण गरेर फर्के लगत्तै, चिनिंया सरकारले सुरुवातमा केरुंग बाट नेपाल भित्रने सामान सहित रेल नेपालतर्फ पठाएर बिचमा भाडाका ट्रक हुँदै , सो सामान काठमाडौँ भित्रिए पछी, इच्छा शक्ति हुनुपर्छ जुनै कुरासम्भब हुन्छ भनेर तपाइले गरेको र गर्न लगाएको यो रअन्य कार्यबाट प्रमाणित नैभएको छ | म समयको पावन्दीमा छु तपाइको सरकारले गरेको हरेक कुरा रकार्यहरु मेरो टिपोटमा छन तर म यँहा उल्लेखित गर्न असमर्थ छु | अन्य कुरा लम्बेतान गर्दा मुख्य कुरा छुट्ला कि वा मुख्य कुरासम्म पुग्दा पत्र नै खल्लो पो बन्छ कि? भान हुन्गयो, अब म मुख्य कुरा, जुन म हजुरलाई अबगत गराउन चाहन्छु | त्यो तर्फ ध्यानाकर्षण गराउन चाहन्छु |
प्रमज्यु ! KTM मा मेट्रो चलाउन हामीले कित सुरुंग मार्ग बनाउन पर्छ, कित आकाशे मार्ग नै बनाउनु पर्ने हुन्छ | किनकी ! काठमाडौँ को बस्ति निकै बाक्लो र घना रहेको छ, योतसबैलाई थाहा भएको कुराहो, यो यँहालाई अबगत गराईरहन नपर्ला | हामीले बाटो चौडा गरेर, मोटरबाटो छेउमै मेट्रो रेल कुदाउन नी सक्थ्यौ होला तर यँहा यो पनि सम्भब छैन, काठमान्डौमा बाटो यस्तो छकी ! जँहा चार पांग्रे साधन पनि राम्रो संग अटाएर कुदन सक्दैनन, त्यसको उदाहरण कालागि | चक्रपथ मै समेटिएको चाबहिल देखि गौशाला आउने बाटो हेरौ, जँहा दुई तर्फ नै बाटो छेउ लगत्तै आठ देखि दश फिट भित्र नै घर पर्ने गर्छन | यस्ता घर भत्काएर मु-आब्जा दिंदै, घर भत्काउने, पन्छाउने फेरी बाटो बनाउने र रेल-लिक बिछाउने गर्दा योजना सोचेको भन्दा दोब्बर समयमा सकिनेछ | जसले निकै नैलागत लिने कुरामा त झन कुनै दुई मत छैन |
प्रमज्युअ ब सुरुंग मार्गको कुरा गरौ, काठमाडौँ ढुंगा नैढुंगा ले बनेको सहर हो | जुन कुरा हामि काठमाडौँमा रहेका देबी देउताका मन्दिर, उत्पन्न मुर्तिहरु देवल तथा शिला बाट प्रष्ट हुनसक्छौ | यिनलाई आधार मान्ने हो भने सुरुंग मार्ग बनाउन निकै कठिन संगै , निकै समय र अझ परमाणु बम बिस्फोट बनाएर गर्न पर्ने देखिन्छ जसले निकै श्रम र समयको खति हुनेछ | यी कुरामा पनि खासै ध्यान नदिए पनि, हाम्रो देश विश्वको दोश्रो पानीको धनी देश हो भने हाम्रो देशमा लगभग छ देखि नौ महिनासम्म लगातार बर्षात हुँदै आएको छ र हुन्छ नै, यो कुरा भू- बैज्ञानिक तथा मौसमबिदले पनि बारम्बार बताइरहेका छन | बर्षातमा काठमाडौँ को त्यस्ता सयौ ठाउँ छन, जँहा पानी परेको आज, भोलि, पर्सि र तिन दिनपछी सम्म पानी जमेको र त्यसैमाथि चारपांग्रे साधन गुडिरहेका हुन्छन, पानी निकासा एकदम दुर्वल छ, हाम्रो काठमाडौँ सहरमा | सुरुंग मार्ग बनाउंदा यी
बर्षातको पानी निकाशा गर्ने अनि जमिन मुनिको यात्रा गर्दाकसरि माथिबाट परेको पानी टल नआउने गर्ने भनी उच्च प्रविधिको प्रयोगगर्न जरुरि हुनेछ| यीजस्ता कारणहरुले गर्दा, यो सुरुंग मार्ग झन धेरै महंगो हुनेमा म ढुक्क छु |
प्रमज्यु ! आकाशे मार्ग ! यो नाम सुन्दा नै धेरैको अनुमान हुन्छ कि! यसमा निकै ठूलो लगानी गर्नुपर्ने हुन्छ | जसमा लगानी गरेबापत, लगानी मात्र उठ्नपनि कम्तिमा चलेको मितिबाट पांचबर्ष लाग्नेछ | नेपालमा हामीसंग तेती धेरै अत्याधुनिक बाटो निर्माण औजार छैनन र यीआकाशे मार्ग बनाउन, ठुला ठुला सामान र ढलान उठाउन सक्ने खालको क्रेनको आबश्यकता पर्नेछ | जसको ढुवानी गर्न, नेपालमा निकै लागत लाग्छ, किनकी! हामीसंग समुन्द्री बाटो छैन, सबै सामान हवाई मार्ग बाट ल्याउनुपर्छ र नेपालको हवाई मार्ग विश्वकै टप २० महंगो लागत पार्ने हवाई मार्ग मागनिन्छ जसले सोत! आयोजनाको खर्च बढाउने गर्छ, त्यस्तै ति सामानआयपछी पनि हामीसंग मार्ग निर्माणमा अबरोध, भूकम्प प्रतिरोश नबनाई र सरकारको नगरपालिका भित्रको नियम मिची तयारघर जो मूल सडकबाट २१ फुट भन्दा पर नभई, बाटो संगै जोडिएका र बाटो मिचिएका पर्छन, तिनलाई धलाई, मु-आब्जा तिरी, त्यंहा फेरी आकाशे मार्ग तयार गर्नुहुन्छ | यो दीघकालीन रुपमा निकै फाइदादायी छ यो कुरामा म तपाइसंग सहमत छु प्रमज्यु | तपाइले राजधानीमा बढ्दै गएको जनशंखिक भार र त्यसलाई ब्यबस्थित रुपले ओहोरोदोहोरो यात्रा गर्नगराउन ,मेट्रो रेलमार्ग निकै प्रभावकारी हुनेछ | यसलाई अहिले तत्काल गर्न नलागी प्रमज्यु ! कमलागत र बनेको केहि बर्षमा नै दोब्बर तेब्बर फाइदा लिने गरि तराइमा जनकपुर देखि भारतको मुम्बई सम्म वा तत्काल मुम्बई पुग्न सम्भब नभए, भारतको कुनै एक ठुलो सहरसम्म रेल नै चलाउन सके कति उत्तम होला !
" HIT The Target First" यसै भनाई सिरोधार्य गर्दै, प्रमज्यु ! म कमलागतमा नै निकै छोटो समयको कसरतमा नेपालको भू-भागमा रेल कुद्ने सम्भावना रहेकोदेख्छु र त्यसरी हामीले चांडो रेलमार्ग बनाउन सकेमा, हाल भारतबाट आयात हुने सम्पूर्ण सामान रेल बाट नै नेपाल भित्राउन सकिन्छ | हामीले अहिले भारतबाट दिनहुँ ट्यांकर, एल.पी.ट्रकबाट ढुवानी गर्ने ति सामान, यदीभारतबाट सिधै नेपाल चल्ने रेल भएमा आधा ढुवानी खर्च कमलाग्नेछ, यो कुरा मठोकुवा गर्छु| मेरो कुरालाई विश्वासयोग्य ठान्नु भएमा वा पत्याउन गार्हो लाग्ने भएमा तपाई सोहि बिषयमा संगलग्न भू-बैज्ञानिक , सडकतथा रेल मार्ग सम्बन्धि अधिक जानकारी भएका प्रतिनिधि वा त्यसैमा PHD गरेका प्रतिनिधि पात्रहरु संग नी यो जानकारी हाँसिल गर्नसक्नुहुनेछ | तराई निकै समथर भू-भाग हो | जँहा सडक बनाउन र रेल-लिक राख्न निकै सजिलो पर्छ भने सुरुमा यो रेलमार्ग नेपालको भारतसंग जोडिएको जिल्लाबाट बनाउन पहल गर्दा, रेलमार्ग बाट नै भारतबाट रेलमार्ग निर्माण गर्न चाहिने सम्पूर्ण सर-सामग्री, फलाम, तथा रेलका पार्टपुर्जा ल्याउन सकिन्छ | जसबाट निर्नाब कार्य, निकै सबल, र सुध्रिढ साथै प्रभावकारी रुपमा सुचारु हुनेछ | यदी कामदार र आबश्यक पार्टपुर्जा, सडकनिर्माणको सम्पूर्ण सर- सामान यथाष्ट रुपमा परिबन्ध मिलाएर जोहो गरि, कार्य गर्न कुनै निकायलाई जिम्मा दिईन्छ भने त्यो लगभग तिनमहिनामा तयारी हुनेछ र अहिले हामि जेष्ठ महिनामा छौ भने, भाद्र महिना अन्तिममा भारत नेपाल दोहोरो रेल सेवा सुचारु हुन्छ |
प्रमज्यु ! यदि तराई मा रेल चल्ने बित्तिकै तपाई ले सोचेजस्तै राजधानीमा मेट्रो रेल चलाउन, त्यसको रेल-लिक र रेलमार्ग बनाउन आबश्यक सम्पूर्ण सामान खरिदारी गरी, भारतबाट रेल कै प्रयोग गरि, नेपाल भित्राउन सकिन्छ | जसको लागात, हाल प्रत्यक्ष भारत वा चिनबाट हवाई मार्ग बाट ल्याउन लाग्ने लागत भन्दा ठ्याक्क आधा मात्र लाग्ने मेरो ठम्याई छ | हवाई मार्ग प्रयोग नगरी, सडकमार्ग बाट नै ल्याउँदा नी, भारत बाट एल;पी ट्रक, ट्यांकर, र बंकर हरुबाट ढुवानी गरि काठमाण्डौ ल्याउने ति साधन , श्रोत, तराईको जिल्लामा दश भागमा जम्मा एक भाग खर्चमाआइपुग्छन | अनि अर्को मुख्य कुरा, हजुरले नेपालबाट भारत सिधा रेल सेवा संचालन गर्ने र रेलमार्ग बाट नै दुई पक्षीय ब्यापार सम्झौता गर्न भारत सरकारलाई आभ्वान गर्नुभएमा हाल नेपाल र भारत बीच चिसिंदै गएको सम्बन्ध निकै सुमधुर हुनेछ |
प्रामज्यु ! यी कुराहरु हजुरहरुले एकचोटी मनन गरिदिनुभयो भने मजस्ता सचेत र जागरुक अनि केहि गरौ भन्ने साहस र आँट बोकेका युवा जमातको सदैब हजुरलाई सहयोग रहिरहनेछ, जबसम्म शरीर रहनेछ, देश रदेशको खातिर कामगर्ने जो कोहीलाई, आफ्नो बल-बुताले भ्याएसम्म सहयोग गर्न, म प्रल्हाद, र म जस्ता लाखौ ' प्रल्हादहरु ' सदैब तत्पर छौ |
प्रमज्यु! अन्तमा, यी मेरा केहि अनुभब, केहि ग्यान र आफ्नै पहलमा हाँसिल गरेका केहि तथ्यहरु समावेश गरि एउटा खुल्ला पत्र लेखेको छु | कृपया पढ्न भ्याउनु भयो भने, मेरा आवाज समय- सान्दर्भिक र मनन गर्न योग्य लाग्यो भने मलाई पत्राचार इमेल गरिदिनुभएमा मनिकै आभारी हुनेथिए| मेरो इमेल;- pearl_nepal@yahoo.com हो | जय नेपाल !
हजुरको जनता !
प्रल्हाद दाहाल !
यसलाई पत्रिकामा पढ्न तलको लिंक थिच्नुस |
(बारह्खरी ) @12khari मा :- http://baahrakhari.com/np/2016/06/02/17181/
जयल न्युज डटकममा :- http://www.jayalnews.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%9c%e0%a5%80-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%a4/
rail bhanera planeko photo halne ho ta :D any way good research. Keep it up Bro :)
ReplyDeleteHaal nepalma kunai ni rail nachalekole. .. nepalko chinari vayeko yo matra aafule taswir liyeko thiye, yasailai rakhidiye.. dhanybaad hajurko samaya milayer padhnu bhayo | Sajan ji
Delete