Wednesday, May 25, 2016

' she became pregnant while sleeping in my bed ' Short movie (Story)


           म एक कर्मचारी  हुँ , एकाबिहान अफिस हिंड्यो  साँझमा घर  फर्कियो | यस्तै यस्तैमा दिनचर्या चल्छ , मलाई घाम डुबेपछि र सुर्योदय संगै काठमान्डौ को व्यस्त बजारमा रहेको कोठाले साथ दिन्छ | एक्लो छु , गाउँबाट केहि गरौ  भन्दै काठमान्डौ पाइला चलेको हुँ | र अब काठमाडौँ , देशको राजधानीमा बाँच्न कति संघर्ष गर्नुपर्छ, त्यो यँहा सबैलाई थाहा छ |

यंहा प्यास मेट्न पानी पैसाले किन्छ
ऊ भोको पेटलाई खाना पैसाले किन्छ |
न आमाको माया नत बाबा छन साथ
पैसाको संसार, मलाई न कसैले चिन्छ |



            कुरो आइतबारको हो ! म बिहान अफिस गए, कामको चाप उस्तै, चारगाँस खाना, दुई बजे पछी चाउमिन आधा थाल संगै भोको पेटलाई सान्त्वना र बल्लबल्ल थिचोले कामको पहाड |
 मेरा बिस्तारा मिलेका हुन्नथे | म उठ्ने बित्तिकै ट्रेन पक्राउ गर्न, नुहाएर हिंडीहाल्थे |  अचम्म ! बिस्तारामा कोहि थियो, झसंग भए | मेरा सिरानीमा रहेको उनको टाउको र मेरा उही सिरक डस्नाले ढाकिएका सरिर थिए | म निकै नै संसकित र panick भए | उनि उठिन र लजाउन्दै मेरो बिस्तारा निकै कुशल तरिकाले फोल्ड गर्दै तुरुन्त म देखि मुख लुकाउँदै भगिन |


सोमबार ! उसैगरी काम हम्मेहम्मे गरेर सके र ट्रेन पक्रेर घर पुगें | उही मुहार, उही अबस्थामा मेरो बिस्तारामा (bed) उनलाई पाएँ ! म निकै नै झसंग भए, यस्तो लाग्यो कि बडो मुस्किल ले पाएको कोठा त्यसमा नी यसरी कोहि सुतेको छ | " आउने महिना बाट घरबेटीले मलाई जुत्ताको माला लगाएर बाहिर निकाल्ने भए | त्यसैले यी केटीलाई रुम दिएजस्तो छ, यही महिनाको २६ गतेबाट नै | ' सोच्दै थिए |

      सरी ल !
हँ ! .. म झस्किए |
सरी ल ! माथि कोठामा मेन्टेनेन्स' को काम हुँदैछ | मेरो ब्याचलरको फस्ट सेमेस्टर को परिक्षा चाल्दै छ | रातभर पढ्यो, बिहान exam सकेसी दिउस सुत्न पाउँछु | अनि घरको मेन्टेनेन्स चलेकोले माथि सुत्न नसकेर यँहा आएर सुतेको | प्लिज ' डन्ट फिल ब्याड रे |
अनि तिमी को हौ ?
म यहि घरको घरबेटी को छोरी ' सुहाना ' |
उनले यति कुरा गरुन्जेल मेरो बेड मिलाई सकेकी थिइन र मुस्कुराउन्दै बाहिर लागिन |


मेरो सोचले केहि भन्न सकेन | म-माथि के बित्दै छ | म चाउचाउ को सुप खाँदै र उही चपाउँदै सुत्न तिर लागे | यँहा न कोहि आफ्ना, न आमा , नत बाबा साथमा छन, अनि केटाको लागि, बडो मुस्किल को काम भनेको नै एक्लै खाना पकाएर खानु थियो र म यो मुस्किल कुरा जिन्दगीमा गर्न नपरोस भन्ने केटा थिए |


मंगलबार !

निकै नै काम थिए, ति सकेर आज साथीको बर्थडे (जन्मदिन ) को  पार्टी मनाउन भनेर अफिसबाट म र हाउडे ' जाने भएका थियौ | उसले भन्यो मेरो रुम टाडा छ, आज तेरोमा नै गएर नुहाई धुवाई (फ्रेश ) गरि पार्टीमा जाउला नी हुन्न भन्यो |
म :- let's go !
ऊ :- okay! dude ! let's be in board |
भन्दै हामि ट्रेन समातेर मेरो कोठा लाग्यौ |


म बिस्तारै ढोका खोले | फेरी उही स्थिती छ | साला ! झन् आज, उनको पेट बढेर फर्सी जस्तो भएको रैछ | साएद ! दिउस टन्न लसी र जुस पिएर सुतेकी हुनुपर्छ |
मैले हत्त न पत्त ढोका बन्द गरे |
हाउडे ' ओई के भयो |
म ' हिंड यार जाऊ |
हाउडे ' कंहा जाने |
म ' हेर न ! रुम को लाइट नै जलेछ, किन्नु पर्यो | पसलमा गएर आऊ
हाउडे ' what ?? म त रुममा झिलिल ! बत्ति बलेको देख्छु त |
म ' होइन होला ! त , झुक्किइस यार !
हाउडे ' (ढोका खोल्दै ) ' ल हेर ! लाइट

मलाई तेन्ही चक्कर आयो, आँखा बन्द भए र म लगभग ढल्ने अबस्थामा पुगे |
हाउडे ले मलाई आफ्नो काँधमा सहारा दिंदै भन्यो
" what;s this yaar ?' biggest surprise ! बधाई त बाबु बन्दै रहेछस, साथीलाई नी यस्तो कुरा लुकाउने |
म :- नो yaar !
 :"  she became pregnant while sleeping in my bed . "

to be continue ...

प्रेममोती (प्रल्हाद दाहाल )
हाल - UAE
साँखु काठमाण्डौ नेपाल !


No comments:

Post a Comment

"Thank you" For your time.