गीत लेख्ने सानो प्रयास
फर्किन्दैछू बाबा म अब फर्किँदैछू आमा !
बोकेर सीप अनि जाँगर म छीटे फर्किँदैछू ।
पिएर आँशु दिनरात चर्को घामपानी कति झेल्नु
लेखेर अब बिदेशको पीडा, कुन महाकाब्य लेख्नु
परिश्रम अब देशमै गर्छु, खेतीमा धान गोड्छू
म कूटो कोदालोले आफ्नै माटो खनी सुन उमार्छु ।
छोराले चिन्दैन की, छोरीले बाबाको माया पाउंदीनकी
म यतै बसे अझै, लासले नी जल्ने स्वदेशी चिता पाउन्न की ?
पिर नगर्नु प्यारी, अब संगै गोडुला मकै, फोरौला पत्थर
उही माटोबाट हिरामोती जोडी बनाउनेछू मेहनतले शान्ति शहर।
छोडेर अम्रीका, स्विजरल्यांड, बेलायत हंगकंग, मलेसिया खाडी
बनाउन लागिपर्छु आफैं स्वदेशी गलैंचा उनी लुगा पश्मीना राडी
सोलार जोड्छु, गाईभैंसी पाल्छु उध्योग कारखाना आफै खोल्छु
उकाली ओराली देउराली खुट्टाले नाप्छू, चाहिएन येयसी गाडी ।
प्रेममोती (प्रल्हाद दाहाल )
हाल - UAE
साँखु काठमाण्डौ नेपाल ! ..
प्रेममोती (प्रल्हाद दाहाल )
हाल - UAE
साँखु काठमाण्डौ नेपाल ! ..
No comments:
Post a Comment
"Thank you" For your time.