Tuesday, May 10, 2016

तिन मुक्तक :-

मुक्तक १ .


विदेश निकै बनायौअब देश कहिले बनाउने? मामाघर प्यारो भो ! आफ्नैघर कहिले रंगाउने? अब त आमाको दुधको नी पाप लाग्छ कि हेर टुलुटुलु हेरेर जन्मभूमिको मन किन रुवाउने?


प्रेमिल मुक्तक 
( मुक्तक २.)


जिन्दगीमा अब एउटा ठूलो भूल गर्न मन छ
तिमीसँग आँखा चिम्लेर माया गर्न मन छ।
आकाश र जमिन एक अर्काको येना हुन
तिम्रा दुई नयनमा नवयुग लाई हेर्न मन छ ।

( मुक्तक -३ )


माया पिरतीमा पर्दीन भने, मायामा आफै फसि-रैन्छ प्रेम साँची अन्धो हुने, उनकै मात्र-नाम संधै जपि-रन्छ ।
बन्द गरौ आँखा या तारा गनेर रात काटौ उनको निम्ति
बिछोडको पल सम्झेर अनायासै बलिन्द्र धारा खसि-रन्छ |


‪#‎मुक्तक‬ 28 अप्रिल 8: 50PM

No comments:

Post a Comment

"Thank you" For your time.