Tuesday, March 15, 2016

भगवान नाईट ड्यूटी तिम्लेपनि नगर्नु ( कबिता -१५ मार्च )


कति धेरै झन्झट, कति छन तनाब त्यंहा
मिल्दैन कसै शान्ति, हुन्छ नाईट ड्यूटी जंहा ।

आँखा झिमिक्क गर्यो
माथिका हाकिम ' खत्तम ' भन्दै रिसाउंछन
तलका कामदार भुसुक्कै निन्द्रामा ,
काम बिगारी आफैंलाई फसाउंछन |
बोली पनि क्या मिठो नानीको, 
अनि कामरस मुक्त बसाउंछन
काम केही गर्दिन मोरीले, 
सर 'ओन मोर कफी' भन्दै हातमा टसाउंछिन |


हुन्छ काममा खति, रिसाउने घरकी श्रीमती,
छिमेकी फलानोको ' गर्लफ्रेन्ड' छ, भनी उसाउँछन |
भित्र चोट चै म भोग्छु हेर !
अरुले ' हाकिमे बाबु ' भनि हसाऊंछन ।

भगवान नाईट ड्यूटी तिम्लेपनि नगर्नु
एउटा नयाँ 'experiment '
म ट्वाल्ल भई हेर्छू,
भगवान तिम्ले मेरो ठाममा एकदिन काम गर्नु ।

@प्रेममोती (प्रल्हाद दाहाल )
मार्च-१५ /०१६ कबिता
 साँखु काठमाण्डौ ! NEPAL
हाल :- शेख >>>

No comments:

Post a Comment

"Thank you" For your time.