Friday, March 4, 2016

गजल ;- 4 march

टाढा भयौ तिम्ले तोडेर, मायामा गरेको सबै बाचाहरू
तिम्रो सबै चाहना पूरागर्यौ बन्दगर्यौ मेरो जिउने बाटाहरू

मायाको संसारमा सुनामी हुल्यौ, बस्ती सखाप म डुबिराछू
सम्बन्ध टूट्यो बाँकीरहे मात्र मलाई दुःख-पिरको पाटाहरू ।





बिछोड मर्नुभन्दा कम हुन्नरैछ, भोकनिंद्रा छैन मुर्दा भएछु
लैजाऊ तिम्रो तस्विर आजै चाहिन्न कुनै बनावटी नाताहरू।

के सम्झन्छौ? दुईको प्रेमलिला, सँगसंगै रमाएको मिलनका दिन
याद मलाई मात्र होकी? छ-तिम्रो सिरानीमा आंशुका टाटाहरू।

सोर्ह-श्रृंगारमा सजिनु महारानी, रजाई गर्दै महलमा बस्नु
मलाई झुपडीनै प्यारो घर, बाँच्छु खाई सागसिस्नु आटा-बरू ।


:- प्रेममोती ( गजल- 4 मार्च)
सांखू पालूवारी
हाल :- UAE

No comments:

Post a Comment

"Thank you" For your time.