Tuesday, January 19, 2016

गित !

.
हाम्रो माया भ्रम हो भने यो टुटिजाने सिसाको घर हुनेछ
माया साँचो भए तिमी फर्किआऊ, बाँच्ने आधार हुनेछ।
...
हांस्नु, रूनू मायाको खेल नै हो, बुझ्नु जरुरी छ प्रेमी
छुट्टीएर बस्दा बाँच्न निकै गार्हो, यो मायाको परिक्षा रहेछ।
~~~~~~
सोच्दासोच्दै पागल, तिमी बिना घाइते पन्छी झै छटपटी
यता कोल्टिन्छु उता फर्किन्छू यादले निदाउंदीन एकरति
बिष रहेछ प्रेम पिएर जिउन जानिन र मूर्छित छू आज
मायालु भन्दै प्रेमलिलामा फसाउने तिम्ले यो नाटक बुनेछ ।
~~~~~~
तिमी भन्थ्यौ मायाको भाषा बुझ्दैनौ लाटा बारम्बार
पराइको सिन्दूर लायौ, सोझो मायालु माथि यो किन अत्याचार ?
मागे यो ज्यान दिन्थे हाँसेर नै तिम्रो ख़ुशीका लागि
बदनामी गर्यौ मायाप्रितीको, प्रेम अदालतमा तिम्लाई फाँसी हुनेछ ।
~~~~
( हाम्रो माया भ्रम हो भने यो टुटिजाने सिसाको घर हुनेछ
माया साँचो भए तिमी फर्किआऊ, बाँच्ने आधार हुनेछ) ^2 ..
‪#‎प्रेममोती‬
प्रल्हाद दाहाल |
साँखु काठमाडौँ |

No comments:

Post a Comment

"Thank you" For your time.