Saturday, October 3, 2015

ज्योतिले UAE मा धमाका मच्चाइन , शिब परियारको साथमा |






UAE को हट weather अनि नेपालबाट ज्योति मगरजस्तो हट सिंगर प्लस मोडलको तात्त्तातो प्रस्तुति अनि त युवामा आगोको ज्वाला पैदा भईहाल्छ | uae को दुबई, buracay, असिअना होटल मा अक्टोबर 2, २०१५ भएको नेपाली कन्सर्ट फिस्टेल-2 मा त्यसतै दृश्य देखियो |
 
उनले लाएका कपडा त्यस्तै झल्झरे थिए | उनलेजवानी पुरै युवाको निम्ति खुल्ला गरेकी थिन | त्यसतै बिचमा मलाई Dubai राम्रो लाग्यो | दुबईका उपस्थित सबै हण्डसमलाई ‘ई लभ यु ‘ भन्दा युवाहरु जोसिएर आई लभ यु 2.. भन्दै स्टेज नजिकै गए | उनले ‘ छोटो सारीमा’ ‘ जिम्मल बाउकी छोरी" र जब ‘ज्योतिको भोल्गर डान्स भएको भन्दै धेरै विवाद अनि बहुचर्चित गित ‘ ढाडे बिरालो ‘ उनले गाइन ‘ स्टेज-मा उपस्थित निकै जोसिएर नाचेका थिए | गरम```गरम, उनको लुक्समात्र होइन, उनको स्वर नी निकै मिठो नै लागेको उपस्थित दर्शकहरुले जनाए | ज्योतिको यो दोश्रो UAE को प्रोग्राम हो, यसअघि UAE को Al- ain मा प्रोग्राम हुँदा, उर्लेको दर्शक जमात बाट एकजना युवाले उनलाई स्टेजमै गएर अंगालो मार्ने हर्कत गरेका थिए | त्यसबेला ज्योति वानपिसमा प्रफमेंस दिंदै थिइन | त्यसैले उनको हटलुक्स र युवाको जोस मा होस् नहुने प्रवृतिलाई ख्याल गर्दै आयोजकले ‘फिस्टेल कन्सर्ट’ मा दुइटा सेकुरिटी स्ट्याण्डबाइ स्टेज संगै राखी टाईट गरेका थिए |  


 त्यस्तै भयो, यो हप्ता अगस्ट 2 मा Dubai ‘buracay night club’ मा | नेपाली कलाकारले यसरी पाँचतारे होटलको नाइटक्लबमा प्रस्तुति दिएको सायद फिस्टेल कन्सर्ट नै UAEमा पहिलो कार्यक्रम हो,




कार्यक्रममा सुरुवातमा ‘बादल प्रसाई’ले दशैँ तिहार गित गाउँदै, दशी र तिहार नजिकिएको uae का सबै दर्शकलाई गाउघर फर्कन मन गराउने गायकी प्रस्तुत भो, उनका दुई गित सकेसंगे नव गायिका ‘ स्मृति पोख्रेल ‘ ले आफ्ना 2. तिन्टा पपगित हरु सुनाए पनि दर्शक खासै रमाएका थिएनन, उनले माइक समातेर राम्रोसंग गित गाउँन नजानेको भनौ वा नर्भस भएकोले माइकमा अनाबश्यक चर्को स्वर थियो| त्यसैमा उनिले दर्शकलाई ‘ खै तालि ‘ भनेर चिच्याउँदा धेरै दर्शकले कान थुनेका थिए, कानको जाली फुट्छ झैँ भएर | त्यस लगत्तै रमेश क्षितिज को कमेडीले दर्शकलाई मुड फ्रेस गरायो | प्रचण्ड, बाबुराम, केपी ओली जस्ता ठुला पार्टीको नेताको केरीकेचर गरेर कार्यक्रममा अचार को काम गरे | लगत्तै प्रतिक्षा सकियो, अनि सुरु भयो र सबैले रुचाएको भर्साटाईल सिंगर ‘शिब परियार’ को सांगीतिक बहार सुरु भए.. सुरुमै उनले दुबईका सबै दर्शकलाई यो आफ्नो UAE को पहिलो प्रग्राम र excited रहेको बताएका थिए र दर्शकलाई मसंगै गित गाउँदै नाच्नुपर्छ है भन्दा, धेरै दर्शक आफ्नो सिट छोडेर अगाडी स्टेज संगै नाच्न तयार भइ. उनका सबै गीतमा दिल खोलेर नाचेका र रमेका थिए | निकै सुमधुर संगीत स्वर अनि माहोल नाइटक्लबमा उस्तै अल्कोह्लिक नै थियो |



शिब परियारले दर्शकलाई यसरी झुम्दै नाच्न तुल्य पारेका थिए आफ्ना स्वरहरुबाट | उनको ‘बेहोस पछी त होसमा आम्दा क्या दामी भो | पिउने म पिलाउनेको क्या बदनामी भो ‘ बहुचर्चित गित लाइभ अझ नाइट क्लब दारुको नशामा सुन्दै गरेका अत्यधिक दर्शक, बसेको ठामबाट उठेर झुमीझुमी’ नाचेका थिए | उनले आफ्ना धेरै गित का सानो सानो अंश सुनाएर सबै दर्शकको माग र चाहना पुरा गरेका थिए | जस्तै ‘ सुन्छु तिम्ले मलाई भुल्ने आन्तेकी छौ रे, बेहोइबेहोस ओपछी त होसमा आम्दा , पिउन्दीन भन्दा भन्दै पिलायो साथीले र अन्य छ, सात गित गाए | once more संगै उनले ‘ बेहोस्पछी त होसमा गित ‘ दोहोर्याएर गाएका थिए |
फिस्टेल कन्सर्ट यो दोश्रो हो| भर्खर छ महिने Dubai बसाइमा विक्रान्त कार्की को संयोजन, प्रवासी नेपाली युवासंघ, अल्कुज अनि क्रीयटिभ युथ नेपालको पहलमा यी फिस्टेल कन्सर्ट दुई पटक आयोजना भयो | उनको फिस्टेल कन्सर्ट १ गत जुलाई ३१ गते शुक्रबार शुस्मा कार्की, सुगम पोखरेल पप गायकले उस्तै धमाका मच्चाएका थिए | अझै यी खाले कन्सर्ट को निरन्तरता दिने आयोजक र मुख्य स्पोन्सर फिस्टेल ट्राभलले बताएका छन |
       
                                                
            ज्योति मगरले अन्तमा कार्यक्रम सक्नु अघि, तपाईहरु सबै uae दर्शक ह्यान्डसम हुनुहुन्छ र यो प्रोग्राममा आइदिनु भयो | सबै ह्याण्डसम अनुहार देखेसी मलाई यउटा कुरा भन्न मन लाग्यो भनौ ? सोधिन ... दर्शकले लौ भन्नुस न , sure !!! भनेको सुनियो | उनले यँहा यतिधेरै ह्याण्डसम हुनुहुन्छ, यन्हामध्य मेरो ह्याण्डसम नी यतै हुनुहुन्छ होला ! रे भनेसी .. ज्योतिमा अब बिबाह गर्ने सोच आएको खुलासा हामीले गर्न सक्यौ | र कार्यक्रम ९बजे बेलुकि uae टाइममा समापन भयो |

प्रल्हाद दाहाल |

UAE रिपोर्टर

pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.