Thursday, October 1, 2015

आत्मनिर्भर बन्ने मौका?

सकारात्मक सोच भएको एक नेपाली Ramila Bhandari का आट र बिचार एकपटक सबैले पढौ | 

"आत्मनिर्भर बन्ने मौका??"
हामी त्यो देशका जनता हौ जसलाई ईन्धन रोक्ने बित्तीकै बाँच्न गाह्रो हून्छ । पखेटा बिनाका चरा वा "बिचरा" बन्छौं।
मूलूकले खाद्यान्नको एक गेडा पनी बिदेशबाट ल्याउन नपावोस् । नाकाबन्दीलाई "मौकामा " परीणत गरौं।
'भुपरिवेष्टीत देश हो तर स्वदेशी ईन्धनको बिकल्प लाई अत्यधीक बढावा दिनु नै पर्छ ।'
आधारभूत आवश्यक्तामा नेपाल आत्मनिर्भर हूनै पर्छ यो रहर हैन बाध्यता हो ,हालको र २०४५को नाकाबन्दीले सिकायेको पाठ यही हो ।
जून कूराहरू नभए बाँच्नमा नै समस्या हुन्छ त्यो आधारभूत आवश्यक्ता हो ।
नेपालमा हाल खाना पकाउने होस् या गाढी चलाउने , ईन्धन नै समस्या भयेको छ ।
अब सम्पूर्ण नेपालीहरूको तथा ब्यापारीहरूको ध्यान ईन्धनमा र खानेकुरामा हामी कसरी आत्मनिर्भर बन्ने भन्ने कुरामा ध्यान जान जरूरी छ ।
आजको बैज्ञानीक युगमा हरेक कुरा हामीलेनै उत्पादन गर्नु पर्छ भन्ने छैन ।
आगामी बीस बर्ष पुग्ने लुगाहरू बाहीरबाट नेपालमा आयात भै सकेका छन् ।
अन्य आवस्यक कुराहरू साईकल भाँडा आदी ब्यापारको लागी आयात गरेमा फरक परेन यी कूराहरु उत्पादन नै गर्नू पर्छ भन्ने आवश्यक्ता आजको यूगमा छैन । यस्ता कूराहरू नाका बन्दी गर्दैमा मानीसहरू मर्ने हैन । कहीले भारतको किन्छौ कहिले चाईनाको । सामान र पैसा हेरी किन्न हरेक ब्यक्ती स्वतन्त्र छन्।
बिस्तारै किने भै हाल्छ र धेरै आवस्यक पनी छैन।
तर मूलूकले खाद्यान्नको एक गेडा पनी बिदेशबाट ल्याउन हुँदैन । अन्न बाली अहीले रोपे छ महीनामा , तीन महीनामा उम्रन्छ र फल्छ।
आफ्नो खाद्यान्न आफै उमारनूहोस्।
नेपाल हून या भारत कसैले पनी प्याकेटका बासी र प्रीजर्भेटीभ राखीयेका खानेकुरा खान हूंदैन।
तत्काल नेपाली सबैले प्याकेटका खानेकूरा / बिस्कूट हर्लीक्स , कोक फेन्टा सबै खान बन्द गर्नुहोस्।
हामी त्यो देशका जनता हौ जसलाई ईन्धन रोक्ने बित्तीकै बाँच्न गाह्रो हून्छ । पखेटा बिनाका चरा वा "बिचरा" बन्छौं।
बन्दको समयमा र यस्तो समयमा रिक्शा चालकलाइ पैसा कमाउने मौक़ा भये झै साना साना नेपालका ब्यापारी हरूलाई यो मौका हो पैसा कमाउने।
आफ्नो उत्पादन यो नाकाबन्दी र दशैंको समयमा बजारमा जसरी भयेपनी पुर्याउनूस् । यो दशैलाई नेपालीहरूले पैसा कमाउने मौका वा "पैसा कमाउने दशै "बनाउनुहोस्।
ग्यासको अभावमा बन्द भयेको रेस्टुरेन्टका अगाडी बसेर घरैमा पाकेका ताजा खानेकूरा हरू बेच्नूहोस् ।
नेपाली हरूमा हाल अस्थाई रास्ट्रीयता बडेको बखत टेलीभीजनका बिज्ञापनमाको पछी नपरेर नेपालकै सामान किन्नेछन्।
जाडोमा बजारमा पाईने भुसे चुलो र बाल्ने ईट्टा अहीलेनै बजारमा बेच्न थाल्नू आवश्यक छ ।
यो बर्ष यसको खपत एकदमै बढ्नेछ कारण हरेक बर्ष जाढोमा नेपालमा ग्यास पाउँदैन । हाल त अहीलेनै ग्यास छैन ।
गाडीको पेट्रोल नभयेर काडमाण्डौका सडक सूनसान जस्तै छ ।
चौडा सडकका दुबै छेउ नेपालीहरूले नेपाली घरेलू उद्योगका सामानहरूको दशै मेला लगाउँ।
यो मैले चित्रमा लगायेको कुर्ताको कपडा नेपाली ढाकाको कपडा हो । यो कुनै नेपाली महीलाले हातलेनै तानमा बुनेकी हून्।
यो शुद्ध कपासले बनेको , कहीले रङग नजाने, कहीले भुवा नआउने र धेरै बलियो हुन्छ ।
केहि महँगो भये पनी यो पाँच वटा लुगा बराबरको बलियो हुन्छ र पटक पटक लुगा किन्ने र बनाउने झंझट कम हुन्छ।
बजारका तिस चालीस हजार सम्म पर्ने महंगा र असजिला झिलिमिली लुगाहरु पैसाको खर्च मात्र हो।
बरु यसरी लोप हुने अवस्थामा पुगेको नेपाली ढाकाको कपड़ा किनेर यसको उत्पादन यो दशैमा बचाउने हो की??
बिजूली उत्पादन गर्न अत्यधीक बिशाल धनरासी चाहीन्छ ।
यसको जोहो गर्न सरकारले हरेक जनतालाई सेयर बेचून ।
भारत बाट गाढी र मोटरसाईकल कीन्ने पैसा सबै जनताले त्यही सेयरमा लगाउन्।
भारतीय गाडी र मोटरसाईकल हरू जसले हामीलाई पराधीन बनाउँछ के काम ? यसमा पैसा खर्चेर ?
बिदेशका नेपालीहरूलाई पनी ती सेयर किन्ने मौका दिनु पर्छ।
"हामीले अन्य कसैलाई किन गाली गर्ने ??"
जाबो "आधारभूत आवश्यक्तामा पनी आत्मनीर्भर नबन्ने गल्ती हाम्रै हो ।"
के सिक्छौ ?र के सिकाउँछौ ?स्कूल कलेजमा यदी आत्मनिर्भरता को पाठ ब्यावाहारीक रूपमा यूवाहरूलाई सिकाऊन सक्दैनौ भने।
हामीले हाम्रो गल्ती चिन्नू र सूधार गर्नू पर्छ ।
सूधार गर्ने मौका पाउनु राम्रो कुरा हो।
बरू खाद्यान्न र ईन्धनमा जसरी भये पनी आत्म नीर्भर बन्न ढीला नगरौं।
नेपालमा मेरो जिवन र म्रीत्यू जोडीयेको छ त्यसैले धेरै प्यारो छ । त्यस्तै मलाई मेरो नजीकको छिमेकी देश पनी त्यतीकै प्यारो छ ।
बिशाल देशले आफ्नो बिशालताको परिचय दिउन्।

No comments:

Post a Comment

"Thank you" For your time.