Saturday, October 10, 2015

कबिता :- जनता !

भगवान !
म लाटो नभएको किन?
कान बहिरा किन छैन?
आँखा नदेख्ने किन भैन?
पैसाको आडमा
सत्ता किन किनबेच
युवा खाडीमा
बृध्द
प्र.म.कुर्सिमा

लाचार
जनता |


ए ! जनता
के भन्छौ?
देश कसलाई जिम्मा दिने हो?
कांग्रेसले देश बेच्दैछ
यसको भागीदार तिमी पनि एक हौ
भन यसको जिम्मा
तिमी कति % लिने हो?
सुन त !
एमाले पनि खोज्दैछ
तराई बेच्न
भन तिमी कति % कमिशन लिने हो?
भन न ए लाटा जनता !
तिमी कति % कमिशन लिने हो?


@प्रेममोती ( Pralhad Dahal ) 

No comments:

Post a Comment

"Thank you" For your time.