बिजया दशमी २०७२ को सबैलाई हार्दिक मंगलमय शुभकामना !!!
मेरी आमा घटस्थापना, दशैं जमारा राख है
छोरो आउँछु, भवानीको प्रसाद जमरा-टिका साँची राख है ,
रित्तो पोल्टो म खुशी र उमंगले भर्नेछु
मेरी आमा! अर्को सालको दशमी भाकी राख है ,
गोदावरी ढपक्क, तोरीवारी फुल्यो होला, मैले
'मैपनि लाहुरे हुन्छु' भन्या, लाग्छ हिजै साँझ है ,
छिमेकमा परदेशी आउलान, नवरात्रिमा खसी ढाल्छन
मेरी आमा, मन दुखिनगरी, कमलझैँ हांसी राख है
,
खरको छानो टिनको बनाए, विदेशै बसी
दुख हटाउँछु, टिका जमरा लगाउनु हांसी राख है ,
ल्याउँछ प्रेदेशीले छोरोलाई खेलौना, आमालाई फरिया
प्यारी बुढी ! तिमीलाई सुख दिन्छु आशा राख है ,
मार्सी चामल कुटेर खानु, जोगाइ राख्नुपर्दैन
मेरी आमा ! नयाँ लुगा हाल्नु, नरोई दशैँ मानी राख है ,
छोरो हराएको छैन, देशको परिस्थितीले टाढिए
मेरी आमा ! देश बनाउने बिगुल सहित आउंछु, कुरी राख है
चोली फेर्ने तिम्रो धोको साँची राख है ,
मेरी आमा! अंगाल्न मलाई सय बर्ष बाँची राख है ,
@प्रेममोती ( Pralhad Dahal ) oct -13 घटस्थापना !

No comments:
Post a Comment
"Thank you" For your time.