..
किन तिमी 'चन्द्र'भन्दा राम्री भईदिन्छौ मैले पिएको बेला?
बुझ्नै सकिन मैले 'हाँसो रोदन' अनौठो माया पिरतीको खेला ,,,
मायाको बहार छर्दै फोन, च्याटमा घन्टौ गफिन्छौ संधैभरि
तिमी लाजले निहुरिन्छौ, कुरै हुन्न हाम्रो जम्काभेटको बेला .,.
सुन्दरताको खानी, बोलीबचन मिठो तिम्रो धेरै प्यारी लाग्छौ
तिमी जस्ती जीवनसाथी पाए, म झैँ भाग्यमानी अरु को होला ...
दुइदिने जिवनचोला, घुमाऊला सालिनदी मेला, आऊ हात समाऊ
तिमिसंगै काटौला दुखसुख, तिम्रो काँख मेरो सिरानी थाकेको बेला ..,
रिसाएझै गर्छौ कैले, घुर्काऊन सिपालु, मनपर्छ सबै तिम्रो चर्तिकला
मेरो सबै गल्ति माफी दिञ्छौ, तिमिझै दयावान भगवान नी नहोला...
Pralhad Dahal
@प्रेममोती
No comments:
Post a Comment
"Thank you" For your time.