Tuesday, September 15, 2015

गजल १५ Sept


उनको पत्थर मुटू पगाल्ने असफल प्रयास गरे
आफु जलेर राख हुँदै मायालुको बस्ति उजेलो गरे

उन्को बातमा भुलि, नया सपना देख्दै प्रेममा परे
छोडी गइन | सारा याद बाँकी रह्यो, म ज्युँदै मरे


तिमीलाई पाउन म जे गर्छु, छोड्न परे तिमी
म बिष पिई मर्छु, भन्नेले नै मुटू छिया छिया गरे


सजाएर मायाको फुलवारी, बिष छरेर मारी गइन
त्यै बैगुनीको धोका सहन नसकी रुने हास्ने गरे

के गरु, कसो गरु भयो, एक प्याग तान्दे साथि आज
मजा आउँछ भने, प्याग थप्दाथप्दै म कुलतमा परे |

 पहिले म त पिउँदिन भन्थे कुकुरको मुत जसलाई
आज यो सोमरस भो, पिएर नै गित गाउन अघि सरे |



प्रेममोती 

No comments:

Post a Comment

"Thank you" For your time.