देश आज मुर्दा पोल्ने
मशान घाट भएको छ |
मशान घाट भएको छ |
जताततै आफ्नै दाजुभाईको
रक्तपात भएको छ |
रक्तपात भएको छ |
'गरिबी' नाम लिंदै,
आन्दोलन गर्छ ऊ झा, यादब
आन्दोलन गर्छ ऊ झा, यादब
बुझ्छौ ! कहिले हो तिमी
मधेशी वा सुदुरका जनता
मधेशी वा सुदुरका जनता
भाई टुटाई देश भारतमा गाभ्ने
नेताको गोप्यबात रहेको छ |
नेताको गोप्यबात रहेको छ |
भो अब मुर्ख नबन,
आफ्नै दाजुभाई जिउंदै जलाउने
आफ्नै दाजुभाई जिउंदै जलाउने
नेपाली रगत हामि सब,
कि तिम्रोमा ISILको रगत बहेको छ?
कि तिम्रोमा ISILको रगत बहेको छ?
एउटा मात्र दाउ, जनता मरुन
आफै लडेर, कुर्शी मैले पाउँ
आफै लडेर, कुर्शी मैले पाउँ
देउवा प्रचण्ड, शुशील, केपी, कमल
नेता भन्ने जात आएको छ |
नेता भन्ने जात आएको छ |
पांच बर्ष अघि डलरको ७२ रूप्पे हुन्थ्यो,
आर्थिक क्रान्ति भन्थे बाराभ PM,
रुपैयाको क्रयशक्ति घट्यो,
डलर १०६ सात भएको छ |
आर्थिक क्रान्ति भन्थे बाराभ PM,
रुपैयाको क्रयशक्ति घट्यो,
डलर १०६ सात भएको छ |
नेताले देशमा कति बिकास गरे,
त्यो हेर्न टिकापुर कैलाली
त्यो हेर्न टिकापुर कैलाली
मधेश, झापा पुगौं,
मात्र मान्छे मार्ने हतियार खात लाएकोछ |
मात्र मान्छे मार्ने हतियार खात लाएकोछ |
मेरो प्रश्न देशवासीलाई,
भन पंचायत ढल्यो, राजतन्त्र गयो
भन पंचायत ढल्यो, राजतन्त्र गयो
के दियो नेताले? महंगी !
हो संधै यिनको लात खाएको छ |
हो संधै यिनको लात खाएको छ |
मसंगै आन्दोलन, बन्द नगर्ने
बाचा गर्नुस, तपाई हामी सबै
बाचा गर्नुस, तपाई हामी सबै
नबुझ्नाले नारीको सिन्दुर छैन,
बच्चा टुहुरो जन्मजात भएको छ |
बच्चा टुहुरो जन्मजात भएको छ |
भनौ सबले "No Strike !!!
NO Federal Nepal " आजै
NO Federal Nepal " आजै
मेरो एकमात्र देश,
हामी सबै नेपाली एक जात नेपाल रहेको छ |
@प्रेममोती
हामी सबै नेपाली एक जात नेपाल रहेको छ |
ramro.
ReplyDeletethank you अर्घेलो जी ... आभार प्रकट गरे, कमेन्टको लागि
Delete