‘ यो जुनिमा म तिम्रो हुन सकिन,
म अरु कसैको सिन्दुर सिउँदोमा भर्दै बेहुली भएर जाँदैछु | आमा बुवाको चाहना नकार्न
नसकेकोमा मलाई माफ गर्दिनु | मलाई भुल्दै, आफ्नो लागि अर्कै केटि खोज्नु, म तिम्रो
साथ जुनी काट्न असमर्थ छु | ‘ स्मारिकाले यिनै मेसेज लेखेर, बिदा माग्दै गर्दा
....
प्रभात निकै सोच मग्न
हुन्छन, ‘ मलाई आज तिम्रो धेरै धेरै माया लागेर आयो, हुनत यसअघि नी मैले तिमीलाई
माया गर्थे तर त्यो माया साएद ! देखाएको थिए वा थिइन, तिमीले कति महसुस गर्यौ
त्यसैमा निर्भर हुन्छ | तिम्रो यो कुरा सुन्दा, मलाई ‘ स्मारिका तिम्रो धेरै धेरै
माया लागेर आयो.
मैले हिजो गर्ने वा पहिले गरेको माया भन्दा सयौ गुणा ज्यादा माया पलाएर आयो | अब तिम्रो जीवनमा मैले झैँ उसले माया देलाकी नदेला ? तिमी बिरामी पर्दा, तिम्रो ख्याल राम्रो संग राख्ला कि नराख्ला ? मैले त तिमीलाई साथ लिएर पुरै संसार घुम्ने सोचेको थिए, कतै साथीभाइको बिहे, पार्टीमा तिमीलाई साथै लिएर जाला कि नजाला ? तिमी घरमा एक्लै भएको बेला, मैले झैँ, बोर भयौ कि! एक्लै छौ, त्यसैले तिम्रो याद आयो र कल गरेको, भी उसले फोन गर्ला कि नगर्ला ? तिमीले उसको घर गएर, असल बुहारीले गर्नुपर्ने काम सबै सकाउन नसक्दा, तिमीलाई माया गर्दै, काममा सहयोग गरेर, बाँकी काम सकिएला वा मद्दत नगर्ला ? तिमीले तरकारीम नुन बढी हाल्दा, ‘ तैट ! एउटा खाना बनाउन नी आम्दैन, कस्ती घरकी छोरी भित्रायेछु भन्ला कि प्रिय ! तरकारीमा नुन धेरै भएछ, जाऊ ! दालमा पानी थपेर, आगोमा उमालेर लेऊ, दाल र तरकारी मिक्स गर्दा थाहा हुन्न | बाबा-ममीलाई प्रेसर छ, हाम्ले चै चर्को, अमिलो खानु सक्नुहुन्न भनेर मायाले सम्झुला कि नाइँ ? तिम्रो हरगल्तीमा सच्चाएर, त्यसो गर्ने होइन काली ! यसो गर, काम सजिलै ब्निहाल्छ्ह नी | टेन्शन नलिउ न तिमी | नभनी, केहि ढंग नभएकी ! के माइतमा कहिले तरकारी पकाएकी थिइनस, तरकारीमा नुन, पिरो के छ ? चाखेर हेर, कसले खान्छ यस्तो चर्को, अब आमा-बाबालाई नी यस्तो नुनिलो र पिरो ख्यावर, भोलि फेरी हस्पिटल पुराउने भईस , बिर्सिस के अस्ति मात्र २० हजार को औषधि र चार दिन अस्पताल भर्ना गरेको नकचरी पो भन्ला कि ?

हरेक गल्तीमा . निच ब्यबहार गर्दै, तिम्रो
स्वाभिमान मा औला उठाएर, संधैको लागि तिम्रो sir निचो गर्देला कि, हर दुख सुखमा
मैले झैँ साथ् देला उसले ? मेरो अनुपस्थितिमा तिमी रुँदै पो दिन काट्ने हौ कि ?
उसले नी, मैले झैँ तिमीलाई हर क्षण सुखी र खुशी बनाउन, आफ्नो गाँस काटेर नी,
तिम्रो इच्छा पूर्ति गर्ला कि नगर्ला ? साँचो प्रेम गर्नेले झैँ तिमीलाई बिहे पछी
नी, प्रेममय जिन्दगी देला कि नदेला ? कतै , यस्ता मागी बिबाह गर्दाकि केटीलाई के
माया, के प्रेम , थाहा नहोला ? घाँस दाउरा, घरको चुलो चौको नै हो, तेरो जिन्दगी |
एकदिन तँलाई मेरो साथीको पार्टी वा भोजमा लिएर जाऊ, भने नी, न ढंग छ, राम्रो लुगा
लगाउने नत हिल लगाईर हिंड्न भनौ भने, हिड्न नी नजाने कि पाखे छेस भनेर, हररात, दिन
, क्षण गालि गरेर, डिप्रेशन गराइदेला कि ?
म आज तिमीलाई गुमाएको भन्दा
नी, तिम्रो भविष्य कस्तो होला ? कसरि जिवन यापन गरौली ? तिम्रो सामु ऊ म झैँ, हरेक
पलट साथ् दिन आउला कि नआउला ? कतै तिमीले जिन्दगी, संधै आँसु बगाउंदै बिताउनुपर्छ
कि ? यी कुराले निकै दुखि छु | हो ! आज साँची मैले गर्ने माया उसले तिमीलाई देला
कि नदेला भनेर नै म निकै दुखि छु | मलाई तिम्रो धेरै धेरै, धेरै नै माया लागेर आयो
स्मारिका !!!........
.....
ऊ त्यसरात सोच्दै,
प्रियसीको यादमा नै नसुती बसिरहेको थियो | उसका दिमाखमा, संगै घुमेको डुलेको,
स्मारिका संग, साथ रहंदा घुमेका र साथसाथ जुनी काट्ने संगै जिउने मरिने, बाचा
गरिएका ल याद आए| एक अर्कालाई अँगालो बाँधेर, आफैंमा आफु हराएको, प्रेम पोख्दै
गरेको क्षण याद आयो |
......
अचानक ! उसले कोहि बोल्दै
गरेको सुन्यो | “ भावनामा यसरि डुबेर त जिन्दगी कसरि चल्छ | न भावनाले खाना दिन्छ,
न आंग ढाक्ने कपडा दिन्छ| कहिले पनि यी भावना डुबुल्की मारेर शान्ति मिल्दैन | भावना
जिन्दगीको हाम्रो खुशीको पल खो`स्ने र दुख का दिन निम्ताउने कारक तत्व हो | भावनाले
मानिसलाई सुखी कम, दुखि धेरै बनाउँछ | भवानाले, हामीलाई, आफ्नै जिन्दगीसंग प्रश्न
गर्न बाध्य गराउँछ |
प्रेम एक सागर हो ? प्रेम
मा तिमीले कवच नलगाई हाम फालौ र आज तिमी डुब्दै छौ | यन्हा मानिसहरु प्र्रेम मा
फस्नु [उर्व नै कवच लगाएर आफु प्रेम सागरमा हाम फल्छन, डुब्ने होइन कि उनीहरु,
प्रेम्मको मजा लिईरहेका हुन्छन, जसरी एक पौडीवाज, स्विमिंग पुलमा, आफुलाई गर्मीबाट
पर राख्दै, मजाको जिन्दगि बिताउंदै हुन्छ | तिमीले नी अब यो भुमुरिबाट निक्लनु, यो
कवच आफैं बनाउनुपर्छ | ‘
यति भन्दै ऊ अदृश्य भयो |
प्रभात !यो दिउस होकी रात छुटाउन नसक्ने भयो | ऊ आफैं सोचमग्न भयो कि, के म आफैं,
प्रेम सागरमा फसेको हुँ कि यो सब भनाई गलत हो ?
बाँकि अंश ! “ तृष्णा “
किताबमा रहेको हुनेछ .... .....
No comments:
Post a Comment
"Thank you" For your time.