Monday, September 7, 2015

गजल (8-Sep)


मेरा सबै खुशी उनि तिरै बसाई सर्दैछ
आफ्नो निद चैन मछोडी यसै भाग्दैछ

मलाई मात्र यस्तो होकी उतानी भाकै हो
तस्विर उनको, यी आँखामा सयर गर्दैछ |

हँसिली, पिंक घांगर, सेता दन्त लहरले
फसायौ प्रेममा एकैचोटी कि? भ्रम पर्दैछ

न भोक, न छ प्यास, घुम्दैछ मन टाढा
भिड होस वा एकान्त मात्र उनि खोज्दैछ |

उनको मेरो मायाको प्यारो फुल फुल्दैछ
मन भमरो, उनलाई चुम्न बाटो हेर्दैछ।

भेटेर उनी सालिनदी मेला भर्ने, माया गर्ने
हातसमाएर प्रेमलिला रच्ने अहम बढ्दैछ |

उनको काँखमा सुति प्रेमको गहिराइ नाप्न
दिन र रात पर्खाइमा, बर्षौ जस्तो लाग्दैछ |

सुरिली मिलेका बनौट तस्विरले मोहनी लायो
झुक्काएर, उनको यौवन चाख्ने रहर जाग्दैछ |

दुई गाजलु आँखामा सपनाको संसार भेटे
मनले उनलाई बेहुली बनाई घर ल्याउँदैछ |

\



@प्रेममोती

No comments:

Post a Comment

"Thank you" For your time.