Monday, August 3, 2015

कबिता 'पहिलो प्रेम '

कति कठोर उनि
एकैचोटी तिर चलाइन
सोचेको थिन यस्तो
एकैबोलीले दिल जलाइन |


मुसुक्क ओठमा खुशी
चम्किराथ्यो सिरबन्दि
भन्नै सकिन मैले
यो मनमा डेरा जमाइन |

बारुली कम्मर लच्काएर
परेली झिमझिम झिम्काएर
अनौठो भाव दिईन उन्ले
आँखा जुधाएर, प्रेम बसाइन |

बोली यस्तो कोइली मात खान्छ
उनको शब्दमा जादु हुन्छ
हराउन पुगे केशराशिमा
लालीओठले नै मेरो मुख चुपाइन |

देउराली चौतारी कति पुगे
उनलाई छतमा हेर्न घन्टौ कुरे
बोलाएरै मेरो नाम, आउनु भनी
चियासंगै प्रेम पिलाएर पठाइन |

कति ठाउँ हात समाई हिड्यौ
बुन्दै पिरतीको मिठो धुन
लेखेरैन्छ , उनलाई मेरी हुन
त्यसैले भुलेर माया, मन रुलाइन |

क्याम्पसका गेटहरुमा
हामी दुइको  प्रत्येक भेटहरुमा
न मैले प्रेम गर्छु भन्न सके
लजाएर मुस्कान दिंदै निशब्द गराईन |

प्रेममा विश्वास छैन भन्दै
गुनासोको पोका थन्काउन थाल्थिन
आफ्नाले चोट दिन्छन, भन्दै दिल पगाल्थिन
नगाएर मसँगै प्रेमको गित, रुँदै हिड्ने बनाइन |

बिस्तारै रच्दै थे प्रेमपत्र
आई थमाइन बिहेको निम्तो
उजाडेर प्रेम कोपिला फुलवारी
हांसी हाँसी ढलाने घर खडाइन |

म प्रेममा 'पागल" फर्की तिमी आऊ भन्छु
म बेहाल छु, सम्हाल्न मात्र तिमी चाहन्छु 
बतासले खबर लगेन, कागले चिठ्ठी पुराएन
'पहिलो प्रेम' भुल्न नसक्ने पारी उनि कंहा हराइन ?


@प्रेममोती (प्रल्हाद दाहाल ) 

No comments:

Post a Comment

"Thank you" For your time.