Wednesday, August 12, 2015

' फिरन्ते ' कविता


खुल्ला आकाशमुनि
बोतल फोर्दैछ
न हतारमा
न कुनै रफ्तारमा
आफ्नै चालमा छ
गिलास हातमा छ
मेट्दै छ प्यास
भन्दैछ प्रिय
म जंघारमा छु
आफ्नै संसारमा छु |




संगेली यादका पहाड
स्वेत झरनाले फोर्दैछ
कतै चिच्याहट
कतै प्रेमिल वाणीहरु
गुन्जदै छन एकान्तमा
शान्त शरीर
अशान्त मन
बलेको आगोझै तड्पन
बिछोडको बेदनाहरु
माया संगै हुँदाको क्षण
चौतारीमा साटेका माया
हाटमा गाएका मायालु गित
सयौजुनी नछुट्ने भन्दै
मन्दिर मस्जिद चर्च भाकेको दिन
ऊ फ्लास ब्याकमा गयो
अब कहिले नहाँस्ने भयो
सम्झेर त्यो पहिलो प्रेम
पिउंदै बाँच्ने भयो
खल्तीबाट चुरोट झिक्यो
फुरुरु उदाएर धुँवाहरु
खोज्दै कसैको आकृति
भन्दैछ प्रिय
म जंघारमा छु
आफ्नै संसारमा छु ।



न दुनियाँको सुन्छ
न कहिले रुखो बोल्छ
मनपरेमा हवस भन्छ
मन नपरे नबोलि हिंड्छ
बाटोमा चखेवा एक्लै देख्छ
उ निराश हुन्छ
पर पुग्छ
फर्केर हेर्छ
जोडी ढुकुर संगै देख्छ
मुसुमुसू हाँस्छ
अगाडी बढ्छ
पार्कमा नवजोडी देख्छ
ऊ हर्षबिभोर हुन्छ
सम्झन्दै मायालुलाई
घर बसाल्ने सपना बुन्छ
ब्युँझन्छ, एक्लो खाटमा हुन्छ
र एक्लै फत्फताउँछ
हिजोको हयांग गाको रैइन्छ
र निराश हुन्छ
भन्दैछ प्रिय
म जंघारमा छु
आफ्नै संसारमा छु
म एक "फिरन्ते " ।


@प्रेममोती  १३ अगस्ट २०१५

No comments:

Post a Comment

"Thank you" For your time.