मलाई थाहा छ, कठिन छ भन्न तिमी नै मेरो पहिलो माया
दुनिंया बाधक बन्छ, तिमीलाई अंगालेर जिउन पहिलो माया |
भूल न त मेरो हो, न भूल मेरो तिमीलाई देख्ने नजरको
साथ बसौ न भन्छु, गरिबी बिचमा आम्छ पहिलो माया |
कोरेर तिम्रो कपाल आफ्नै हातले, म शृगार भर्न चाहन्छु
कुरेर बस है माया ! मुग्लानबाट फर्की सिउँदो भर्न चाहन्छु|
पिर नगर, मेरो दुखमा छु कि भनी, तिमीनै मेरो खुशी
म तिमीलाई भेट्न, मायाको प्यास मेट्न आउंदैछु पहिलो माया |
यी हातमा तिम्रै स्पर्शको आभास छ, मनमा तिम्रै रुपको बास छ
सोचे छैन, बाच्न सक्छु सक्दिन तिमीबिना जिन्दगी अतास छ
म जे देख्छु, तिमी मात्र हुन्छौ, मेरो हररात सपनीमा तिमी आउँछौ
साँझमा तारा गन्दानी , छेउमै आए झैँ आभास दिन्छौ, पहिलो माया |
संगै स्कुल कलेजका क्लासमा रमेको, मेलामा हातसमाई हिंडेको
याद आम्छ नी प्यारी ! तिमी लजाएर मेरो छातीमा लुकेको
नसके नी हुन म तिम्रो साथ यतिबेला, दुख मनाउ नगर तिमीले
फर्की आउनेछु! चुरा पोते ल्याउनेछु, भित्राउला घर पहिलो माया |
तिमी मेरो पहिलो माया
तिमी मेरो पहिलो माया |
@प्रेममोती (प्रल्हाद दाहाल )

No comments:
Post a Comment
"Thank you" For your time.