Tuesday, July 7, 2015

july-7 गजल

नसकिने रैछ कोहीसंग देखेरै म आजित भए
बोल्नु मुर्खता हुन्छ क्षुद्र शब्दले म आजित भए |

को हुन्छ र सुखी आफन्त छोडी टाढिनुपर्दा
सुख मोज गर्दैछस साथी सुनेर म लजित भए |

सात समुन्द्र तरेपनि यो माया मर्दैन हाम्रो
भन्थिन, दुईदिनमै नाता तोडेर म पिडित भए |

कसम बाचा नखानु ठिक थ्यो, संधै साथ् हुन्छु
 मैले भुले रे कसम, उन्ले रटेको सुन्दा थकित भए |

तारा झर्दाको चाहना पुग्छ भन्ने धेरै भेटे
नछुट्ने प्रेम नहुने रैछ भोगेरै त सावित भए |


साहित्यकार @प्रेममोती​ 

No comments:

Post a Comment

"Thank you" For your time.